लिचीबारी घुस प्रकरणमा पूर्वमन्त्री गुप्ताको निवेदनमाथि सर्वोच्चमा सुनुवाइ हुँदै

जस नेपाल

३ चैत २०८२

लिचीबारी घुस प्रकरणमा पूर्वमन्त्री गुप्ताको निवेदनमाथि सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौँ । कास्कीस्थित पोखराको लिचीबारी घुस प्रकरणमा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशविरुद्ध पूर्वमन्त्री राजकुमार गुप्ताले दिएको निवेदनमाथि सर्वोच्च अदालतमा आज (मङ्गलबार) सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा गुप्ताको निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको छ । यसअघि उक्त प्रकरणमा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशद्वय डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्तालाई थुनामा पठाउन आदेश दिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा पूर्वमन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोकेर भूमि आयोगमा सदस्य बनाइदिने भनी घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको प्रमाण नै फेला परेको उल्लेख गरेको थियो ।

यही घुस प्रकरणमा पूर्वमन्त्री रञ्जिता श्रेष्ठसमेतको मिलेमतो रहेको पुष्टि भएपनि विशेष अदालतले उनलाई धरौटीमा राख्न रिहा गर्न आदेश गरेको थियो । त्यसपछि उनी धरौटी बुझाएर थुनामुक्त भएकी थिइन्‌ ।

यस प्रकरणमा अख्तियारले श्रेष्ठलाई धरौटीमा छाड्ने विशेष अदालतको आदेश बदर हुनुपर्ने माग गर्दै गत फागुन १७ गते सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ ।

सम्बन्धित खवर

नेपालले पायो आफ्नै एआई नीति : राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.) नीति, २०८२ स्वीकृत

नेपालले पायो आफ्नै एआई नीति : राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.) नीति, २०८२ स्वीकृत

काठमाडौँ । धेरै नेपालीलाई अझै थाहा नहुन सक्छ, तर सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.)...

पाथीभरा केबलकार : योजनावद्ध फर्जी निर्णयको दस्तावेजी प्रमाण

पाथीभरा केबलकार : योजनावद्ध फर्जी निर्णयको दस्तावेजी प्रमाण

प्रतिनिधिसभा निर्वाचन २०८२ ले नेपाली राजनीतिमा उल्लेखनीय मोड ल्याउँदै नयाँ पुस्ताको उदय र सुशासनप्रतिको...

कानूनका विद्यार्थीलाई खुशीको खबर ! एलएल.बी.मा ३८०० कोटा थपियो

कानूनका विद्यार्थीलाई खुशीको खबर ! एलएल.बी.मा ३८०० कोटा थपियो

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा कोटा कम भएका कारण कानून पढ्न चाहनेहरुले पढाइबाट बञ्चित रहँदै...

शरणार्थी नीतिमा नेपालको अन्योल : ६ दशकसम्म कानूनबिनै पाहुना पाल्दै

शरणार्थी नीतिमा नेपालको अन्योल : ६ दशकसम्म कानूनबिनै पाहुना पाल्दै

काठमाडौँ । नेपालले तिब्बतीदेखि भूटानीसम्मका हजारौँ शरणार्थीलाई दशकौँदेखि आश्रय दिँदै अन्तर्राष्ट्रिय स्तरमा मानवीय छवि...