कांग्रेसका अर्जुननरसिंह केसी संसद्‌का ज्येष्ठ सदस्य, पहिलो बैठक पनि उनकै अध्यक्षतामा

जस नेपाल

४ चैत २०८२

कांग्रेसका अर्जुननरसिंह केसी संसद्‌का ज्येष्ठ सदस्य, पहिलो बैठक पनि उनकै अध्यक्षतामा

काठमाडौँ । नयाँ प्रतिनिधि सभाका जेष्ठ सदस्यका हैसियतले नेपाली कांग्रेसका समानुपातिक सांसद अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसद्‌हरूलाई शपथ खुवाउने र पहिलो बैठकको अध्यक्षता गर्ने भएका छन्‌ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका २७५ सदस्यमा केसी उमेरले सबैभन्दा जेष्ठ हुन्‌ । उनी नेपाली कांग्रेसबाट खस आर्य समूहअन्तर्गत समानुपातिक सूचीमार्फत निर्वाचित भएका हुन्‌ ।

केसी कांग्रेस सभापति गगनकुमार थापाका ससुरा पनि हुन्‌ । अब नवगठित प्रतिनिधिसभामा सबैभन्दा ज्येष्ठ सदस्यका (उमेरका आधारमा वरिष्ठ सांसद) रूपमा उनले पहिलो बैठकको अध्यक्षता गर्ने संवैधानिक जिम्मेवारी पाउनेछन् ।

संविधानको धारा ९१(५) अनुसार सभामुख चयन नभएसम्म प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने अधिकार ज्येष्ठ सदस्यलाई प्रदान गरिएको छ । सोही व्यवस्थाअनुसार केसीले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि संसद् सचिवालयमा आयोजना हुने कार्यक्रममा अन्य निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई शपथ गराउनेछन् ।

प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीबाट निर्वाचित सदस्यहरूको अन्तिम सूची राष्ट्रपतिसमक्ष पेश भइसकेको छ । संविधानको धारा ९३(१) बमोजिम अबको ३० दिनभित्र प्रतिनिधिसभाको पहिलो अधिवेशन आह्वान हुनेछ ।

संसद्को पहिलो बैठकअगाडि हुने ज्येष्ठ सदस्यको शपथ तथा त्यसपछिको सांसदहरूको शपथ ग्रहणले नयाँ संसद्को औपचारिक सुरुवात संकेत गर्छ । यही प्रक्रियाबाट संसदीय दल गठन, प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनको संवैधानिक चरण क्रमशः अघि बढ्नेछ ।

यस सन्दर्भमा केसीको भूमिका प्रारम्भिक संसदीय प्रक्रिया सञ्चालनमा मात्र सीमित नभई नयाँ सरकार गठनतर्फको संवैधानिक मार्गलाई संस्थागत रूपमा अघि बढाउने प्रमुख कडीका रूपमा रहने देखिएको छ ।

सम्बन्धित खवर

सर्वोच्च अदालतले दियो गगन थापा समूहलाई बैधानिकता, देउवाको रिट खारेज

सर्वोच्च अदालतले दियो गगन थापा समूहलाई बैधानिकता, देउवाको रिट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति गगन कुमार थापा समूहलाई बैधानिकता दिएको छ...

सम्पत्ति छानबिनको सूचीमा पूर्वराजादेखि रवि लामिछानेसम्म (नामावलीसहित)

सम्पत्ति छानबिनको सूचीमा पूर्वराजादेखि रवि लामिछानेसम्म (नामावलीसहित)

काठमाडौँ । बालेन नेतृत्वको सरकारले २०६२/०६३ पछिका उच्चपदस्थ राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरुको सम्पत्ति छानविन...

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन् । गत चैत...

मन्त्रीको सम्पत्ति :  कृषिमन्त्रीसँग २ बाख्रा र १० कुखुरा, महिला मन्त्रीसँग एउटा कुकुर !

मन्त्रीको सम्पत्ति : कृषिमन्त्रीसँग २ बाख्रा र १० कुखुरा, महिला मन्त्रीसँग एउटा कुकुर !

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र सबै मन्त्रीहरुको सम्पत्ति विवरण आइतबार सार्वजनिक भएको छ...