समानुपातिक सांसदलाई प्रमाणपत्र भोलि

जस नेपाल

४ चैत २०८२

समानुपातिक सांसदलाई प्रमाणपत्र भोलि

काठमाडौँ । पछिल्लो निर्वाचनबाट चुनिएका समानुपातिक सांसदहरूले भोलि (बिहीबार) बिहान प्रमाणपत्र पाउने भएका छन्‌ । निर्वाचन आयोगले बिहीबार बिहान ११ बजे समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने भएको हो ।

आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले समानुपातिक सांसदहरूलाई बिहान प्रमाणपत्र दिइने र अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई ‘प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन’ पेश गर्ने तय भएको जानकारी दिएका छन्‌ ।

फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनबाट समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६, नेपाली कम्युनिस्ट पार्टीले नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समान ४/४ सिटमा जित हासिल गरेका छन्‌ ।

निर्वाचनसम्बन्धी विस्तृत जानकारी दिन आयोगले बिहीबार साँझ ५ बजे पत्रकार सम्मेलन बोलाएको छ ।

सम्बन्धित खवर

सर्वोच्च अदालतले दियो गगन थापा समूहलाई बैधानिकता, देउवाको रिट खारेज

सर्वोच्च अदालतले दियो गगन थापा समूहलाई बैधानिकता, देउवाको रिट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति गगन कुमार थापा समूहलाई बैधानिकता दिएको छ...

सम्पत्ति छानबिनको सूचीमा पूर्वराजादेखि रवि लामिछानेसम्म (नामावलीसहित)

सम्पत्ति छानबिनको सूचीमा पूर्वराजादेखि रवि लामिछानेसम्म (नामावलीसहित)

काठमाडौँ । बालेन नेतृत्वको सरकारले २०६२/०६३ पछिका उच्चपदस्थ राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरुको सम्पत्ति छानविन...

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन् । गत चैत...

मन्त्रीको सम्पत्ति :  कृषिमन्त्रीसँग २ बाख्रा र १० कुखुरा, महिला मन्त्रीसँग एउटा कुकुर !

मन्त्रीको सम्पत्ति : कृषिमन्त्रीसँग २ बाख्रा र १० कुखुरा, महिला मन्त्रीसँग एउटा कुकुर !

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र सबै मन्त्रीहरुको सम्पत्ति विवरण आइतबार सार्वजनिक भएको छ...