विवादमा परेका मन्त्रीको मर्यादाक्रम घट्यो, सुदनलाई पाँचौँ, दीपकलाई पन्ध्रौँ

जस नेपाल

२४ चैत २०८२

विवादमा परेका मन्त्रीको मर्यादाक्रम घट्यो, सुदनलाई पाँचौँ, दीपकलाई पन्ध्रौँ

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले क्याबिनेटका विवादित मन्त्रीहरूको मर्यादाक्रम घटाइदिएका छन्‌ । प्रतिनिधि सभा निर्वाचनपछि नवगठित सरकारका मन्त्रीहरूको मर्यादाक्रम प्रधानमन्त्री शाहले ११ दिनमै फेरबदल गरिदिएका हुन्‌ ।

चैत १३ मा मन्त्रिपरिषद्‌ गठन हुँदा तेस्रो वरीयतामा रहेका गृहमन्त्री सुधन गुरुङको मर्यादाक्रम फेरेर पाँचौँ स्थानमा कायम गरिएको छ । यसैगरी, यसअघि मर्यादाक्रमको १४औँ स्थानमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार शाह अन्तिममा पुगेका छन्‌ । यसैगरी सातौँ मर्यादाक्रममा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री खडकराज पौडेल पनि १२औँ नम्बरमा पुगेका छन्‌ ।

नयाँ मर्यादाक्रम अनुसार तेस्रो मर्यादाक्रममा परराष्ट्रमन्त्री शिशिर खनाललाई राखिएको छ । १२‍औँ नम्बरमा रहेकी कानूनमन्त्री सोबिता गौतम सातौँ नम्बरमा उक्लिएकी छिन्‌ । श्रममन्त्री शाहको यसअघिको मर्यादाक्रम कृषिमन्त्री गीता चौधरीलाई दिइएको छ ।

यसैगरी मर्यादाक्रमको पाँचौँ स्थानमा रहेका भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साललाई छैठौँ स्थानमा झारेर ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई चौथो नम्बरमा राखिएको छ । यसअघि १५ नम्बरमा रहेकी सीता बादीलाई आठौँ नम्बरमा ल्याइएको छ ।

यसअघि आठौँ नम्बरमा रहेका शिक्षामन्त्री सस्मित पोखरेललाई ११ नम्बरमा पुर्‍याइएको छ । संघीय मामिलामन्त्री प्रतिभा रावललाई आठौँ नम्बरमा ल्याइएको छ ।

सम्बन्धित खवर

कम्पनी सेवा अब स्थानीय तहबाटै, CAMIS प्रणालीमार्फत सनाखत सुविधा विस्तार

कम्पनी सेवा अब स्थानीय तहबाटै, CAMIS प्रणालीमार्फत सनाखत सुविधा विस्तार

काठमाडौँ । कम्पनी स्थापना, सञ्चालन र खारेजी सम्बन्धी सेवाहरूलाई थप सहज बनाउने उद्देश्यले अब...

मन्त्रीको सम्पत्ति :  कृषिमन्त्रीसँग २ बाख्रा र १० कुखुरा, महिला मन्त्रीसँग एउटा कुकुर !

मन्त्रीको सम्पत्ति : कृषिमन्त्रीसँग २ बाख्रा र १० कुखुरा, महिला मन्त्रीसँग एउटा कुकुर !

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र सबै मन्त्रीहरुको सम्पत्ति विवरण आइतबार सार्वजनिक भएको छ...

प्रधानन्यायाधीश नियुक्तिलाई ‘रुजु’ गर्ने सुनुवाई समितिमा १२ सांसद छानिए

प्रधानन्यायाधीश नियुक्तिलाई ‘रुजु’ गर्ने सुनुवाई समितिमा १२ सांसद छानिए

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशका साथै संवैधानिक अंगका पदाधिकारीको नियुक्तिलाई अनुमोदन गर्नका लागि गठन...

सर्वोच्चको सर्कुलर : पक्राउ गरिएको व्यक्तिलाई आइतबार पनि अदालतमा ल्याउन मिल्ने

सर्वोच्चको सर्कुलर : पक्राउ गरिएको व्यक्तिलाई आइतबार पनि अदालतमा ल्याउन मिल्ने

काठमाडौँ । सरकारले शनिबार र आइतबार दुई दिन कार्यालय विदाको समय तोकेका कारण प्रहरीद्वारा...