गङ्गामा चिकेन बिर्यानी फालेको आरोप लागेपछि…

जस नेपाल

२३ असार २०८३

भारत । चिकेन बिर्यानी (कुखुराको मासु राखेर बफाइएको भात) गङ्गा नदीमा फालेको आरोपमा निम्तिएको विवादले भारतका १४ युवालाई न्यायिक हिरासतसम्म पुर्‍याएको छ । मुस्लिम युवाहरूले उत्तर प्रदेशस्थित वाराणासी पञ्चगङ्गा घाटनजिक गङ्गा नदीमा चिकेन बिर्यानी फालेको आरोप लागेको हो ।

गङ्गा नदीमा डुङ्गा सवार भएर १४ मुसलमान युवाहरूले इफ्तार (रोजापछिको खाना) मा चिकेन बिर्यानी खाएको तथा बाँकी खाना नदीमा फालेको भनिएको भिडियो सार्वजनिक भएको थियो । गङ्गा नदीलाई हिन्दूहरूले पवित्र नदी मान्छन् ।

त्यस्तो भिडियो सार्वजनिक भएपछि सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को आधिकारिक युवा सङ्गठन भारतीय जनता युवा मोर्चाले प्रहरीमा जोहरी (एफआइआर) दर्ता गराएको थियो । मोर्चाको वाराणासी इकाई अध्यक्ष रजत जयसवालले दिएको जाहेरीमा ती युवाहरूले धार्मिक भावनामा ठेस पुर्‍याएको आरोप लगाइएको थियो ।

सुरुमा ती युवाहरूविरुद्ध भारतीय न्याय संहिताको धारा २९८ विपरीत पूजास्थल अपवित्र पारेको, २९९ विपरीत धार्मिक भावनामा आघात पुर्‍याउने नियतले गरेको दुर्भावनापूर्ण कृत्य, १९६(१)(बी) विपरीत दुश्मनीलाई बढावा दिएको, २७० विपरीत सार्वजनिक उपद्रव, २९७ विपरीत सार्वजनिक जलस्रोत या जलाशयको पानी दूषित गरेको, २२३(बी) विपरीत लोकसेवकले जारी गरेको आदेश अवज्ञा गरेको तथा जल (प्रदूषण निवरण र नियन्त्रण) अधिनियम, १९७४ को धारा २४ बमोजिम मुद्दा दर्ता गरिएको थियो ।

पछि प्रहरीले उनीहरूविरुद्ध गम्भीर उजुरी पनि जोडिदियो । उनीहरूले जबरजस्ती असुली गरेको आरोप थपिएको हो । किन कि उक्त डुङ्गाका मालिकले ती युवाहरूले आफ्नो डुङ्गा जबरजस्ती लगेको बयान दिएका थिए । वाराणासीस्थित सेसन कोर्टले ती युवाहरूलाई छाड्न अस्वीकार गरिसकेको छ ।

हिन्दूबाहुल्य भारतमा बढ्दो साम्प्रदायिक द्वेषबीच सार्वजनिक भएको यो मामिलालाई अदालतले अन्तिम किनार लगाउन बाँकी छ ।

सम्बन्धित खवर

अदालतमा आज – मधेसका पूर्वमन्त्रीविरुद्ध मुद्दा, अभियन्ता केसी हिरासतमा, कर अधिकृत पक्राउ

अदालतमा आज – मधेसका पूर्वमन्त्रीविरुद्ध मुद्दा, अभियन्ता केसी हिरासतमा, कर अधिकृत पक्राउ

काठमाडौँ । पछिल्लो समय विभिन्न तहका न्यायालयहरु मुद्दामामिलाको छिनोफानोमा सक्रिय बनेका छन् । अर्कोतर्फ...

प्रहरीले अनुसन्धान रोक्दा रुबीले सरकारलाई झुकाइन्‌, पाँचबुँदे सहमति

काठमाडौँ । अपहरणपछि हत्या भएको भनिएको बाँकेकी निर्मला कुर्मी प्रकरणमा न्याय माग्दै अनसन बसेकी...

संविधान नै उल्लङ्घन हुनेगरी प्रधानमन्त्री बालेनले दिएका त्यो अभिव्यक्ति

संविधान नै उल्लङ्घन हुनेगरी प्रधानमन्त्री बालेनले दिएका त्यो अभिव्यक्ति

काठमाडौँ । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा नेपाल-भारत सीमा मामिलामा दिएको अभिव्यक्तिले ठूलो...

उपाधि नै नलिई डा. लेख्नेविरुद्ध मु्द्दा चलाउँदै काउन्सिल

उपाधि नै नलिई डा. लेख्नेविरुद्ध मु्द्दा चलाउँदै काउन्सिल

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले नक्कली डाक्टरमाथि कानून कारबाही हुने चेतावनी दिएको छ । शून्य...