सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण

जस नेपाल

३० वैशाख २०८३

सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण

काठमाडौँ । केही दिनदेखि सर्वोच्च अदालत प्रशासनले रिट निवेदन दर्ता वा दरपिठ नगरेकोमा नेपाल बार एसोसिएसनले ध्यानाकर्षण गराएको छ ।

महासचिव केदारप्रसाद कोइरालाद्वारा बुधबार जारी विज्ञप्तिमा विगत केही दिनदेखि सर्वोच्च अदालतमा रिट निवेदन दर्ताका लागि पेस भएका निवेदन प्रशासनले दर्ता नगरेकामा ध्यानाकर्षण गराएको उल्लेख छ ।

 

“कानूनअनुसार इजलाससमक्ष सम्बन्धित शाखामा निवेदनसहितको फाइल पेस गरेकामा सम्मानित सर्वोच्च अदालत प्रशासनले दर्ता वा दरपिठ दुवै नगरी मौनता साधी आएको भनी यस एसोसिएसनमा निवेदन दर्ता हुन आएको हुँदा यसका सम्बन्धमा सर्वोच्च अदालत प्रशासनको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ”, विज्ञप्तिमा भनिएको छ ।

बारले जस्तोसुकै अवस्थामा पनि अदालत सदैव खुला र निष्पक्ष रहनुपर्नेमा निवेदन दर्तामै आलटाल गरिएमा अन्यत्रको अवस्था कस्तो होला भनी प्रश्न खडा भएको जनाएको छ ।

“संविधान प्रदत्त अधिकार र न्यायमा अवरोध नहोस् भनी अविलम्ब दरपिठ निवेदनउपर निकास दिन एवं न्याय प्रशासन निष्पक्ष छ भन्ने जनभावना स्थापित गर्न तथा न्यायको प्रवाह निरन्तर रहोस् भनी यस एसोसिएसन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छ”, विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित खवर

मानसिक अस्पतालमा बिरामीको हत्या भए सरकार दोषी !

मानसिक अस्पतालमा बिरामीको हत्या भए सरकार दोषी !

भारत । मानसिक स्वास्थ्य समस्या भोगिरहेका या मानसिक सन्तुलन ठीक नभएका बिरामीलाई सामान्यतयाः उपचारार्थ...

अर्काकी छोरीलाई आफ्नै बनाएर नागरिकता : वीरगञ्जका मेयर सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अर्काकी छोरीलाई आफ्नै बनाएर नागरिकता : वीरगञ्जका मेयर सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार...

विशेष अदालतद्वारा दीपक भट्ट र शुलभ अग्रवाललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

विशेष अदालतद्वारा दीपक भट्ट र शुलभ अग्रवाललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा पक्राउ परेका प्रतिवादी दीपक भट्ट...

सर्वोच्चको नयाँ नजिर : राजधानीका खोला किनारमा २० मिटरकै मापदण्ड कायम

सर्वोच्चको नयाँ नजिर : राजधानीका खोला किनारमा २० मिटरकै मापदण्ड कायम

काठमाडौँ । सर्वोच्च अदालतले बागमती, विष्णुमती र मनोहरा नदी किनारमा भौतिक संरचना निर्माणका लागि...