आपराधिक विश्वासघात कसुरमा मेगा बैंकका सिइओ पक्राउ

जस नेपाल

३० वैशाख २०८३

आपराधिक विश्वासघात कसुरमा मेगा बैंकका सिइओ पक्राउ

काठमाडौँ । दुरसञ्चारसम्बन्धी ठगी तथा आपराधिक विश्वासघातको कसुरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

काठमाडौँको रक्तकाली घर भई हाल ललितपुर–५ मानभवन बस्ने ६३ वर्षीय पाण्डेलाई मोबाइल फोन स्विच अफ गरी भाग्दै गरेको अवस्थामा सिन्धुलीको कमलामाई नगरपालिका–६ बसपार्कस्थित मदनभण्डारी राजमार्गबाट मङ्गलबार राति पक्राउ गरिएको सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार नेपाल दूरसञ्चार प्राधिकरण जमल काठमाडौँबाट २०७० वैशाख २ गते दूरसञ्चार सेवा सञ्चालन गर्नका लागि आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र लिइ सञ्चालन भएको ‘स्मार्ट टेलिकम प्राली’ नियमानुसार अनुमतिपत्र नवीकरण नगरेको कारणबाट दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम २०८० वैशाख ३ गतेदेखि अनुमतिपत्र स्वतः रद्द भएको थियो ।

पाण्डे दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ बमोजिम सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएकामा नेपाल सरकारको सम्पत्ति बेइमानीपूर्वक नेपाल सरकारको हक टुटाउने उद्देश्यका साथ कार्य गरी/गराई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघात कसुरमा लोन रिकभरी कमिटीको अध्यक्षसमेतको हैसियतमा उक्त लिलामी प्रक्रियामा संलग्न रहेको प्रहरीले जनाएको छ ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिले २०८२ असोज ३ गते लिलामीको सूचना निकाल्ने क्रममा बुँदा नं २ मा “लिलाम बिक्री गरिने दूरसञ्चार सेवासँग सम्बन्धित विभिन्न उपकरणलगायत सामग्री जडान भएका घर जग्गा धनीहरुलाई स्मार्टस् सेलले बुझाउनुपर्ने बाँकी घरबाहल र विद्युत् महशुल रकमसमेत रु ४० करोड (उल्लेखित उपकरणका लागि कबुल गरिने रकममा थपगरी एकमुष्ठ रकम कबुल गरी बोलपत्र पेस गर्नुपर्ने”, भनी उल्लेख रहेको छ ।

सिआइबीले भनेको छ, “सो बोलपत्र पेस गर्न सूचना प्रकाशित भएकामा सो रकम बैंकले लिइ हालसम्म घर धनीलाई घरबहालको साथै विद्युत् महशुलसमेत नदिइ÷नतिरी मुलुकी अपराधसंहिता, २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघात गरेको कसुरमा अनुसन्धान भइरहेको छ ।”

सोही कसुरमा पाण्डेमाथि अनुसन्धान जारी रहेको प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित खवर

भ्रष्टाचार मुद्दा लागेपछि वीरगञ्जका मेयर पदबाट स्वतः निलम्बन

भ्रष्टाचार मुद्दा लागेपछि वीरगञ्जका मेयर पदबाट स्वतः निलम्बन

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह मेयर पदबाट स्वतः निलम्बनमा परेका छन् ।...

साइबर अपराधको चपेटामा नेपाल : एक वर्षमै १९ हजारभन्दा बढी उजुरी

साइबर अपराधको चपेटामा नेपाल : एक वर्षमै १९ हजारभन्दा बढी उजुरी

काठमाडौँ । नेपालमा इन्टरनेट र सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या तीव्र रूपमा बढिरहेका बेला साइबर...

लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका ७ गोलचोकस्थितबाट लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले आइतबार पक्राउ...

ट्राफिक चेकिङबाट चार लाख ९१ हजार राजस्व सङ्कलन, मापसे गरेका १५१ सवारी चालक कारबाहीमा

ट्राफिक चेकिङबाट चार लाख ९१ हजार राजस्व सङ्कलन, मापसे गरेका १५१ सवारी चालक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २५६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका...