७ वर्षपछि ट्रम्पको चीन भ्रमण : विश्व राजनीतिमा नयाँ शक्ति समीकरणको संकेत !

जस नेपाल

३१ वैशाख २०८३

७ वर्षपछि ट्रम्पको चीन भ्रमण : विश्व राजनीतिमा नयाँ शक्ति समीकरणको संकेत !

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच बिहीबार देखि बीजिङमा दुईदिने उच्चस्तरीय भ्रमण र वार्ता सुरु भएको छ । सन् २०१७ पछि ट्रम्पको यो पहिलो चीन भ्रमण हो, जसलाई विश्व राजनीतिमा दुई महाशक्तिबीचको सम्बन्ध पुनःपरिभाषित गर्ने महत्वपूर्ण कूटनीतिक घटनाका रूपमा हेरिएको छ । 

अल जजिराका अनुसार वार्ताको पहिलो दिन राष्ट्रपति सी जिनपिङले ट्रम्पलाई “ग्रेट हल अफ द पिपल” मा पूर्ण सैनिक सम्मानसहित औपचारिक स्वागत गरे। त्यसपछि दुई नेताबीच करिब दुई घण्टा लामो द्विपक्षीय बैठक भयो, जहाँ ताइवान, इरान युद्ध, व्यापार, ऊर्जा सुरक्षा तथा प्रविधि प्रतिस्पर्धाजस्ता संवेदनशील विषयमा विस्तृत छलफल भएको बताइएको छ ।

विश्वव्यापी व्यापारिक प्रतिस्पर्धा, ताइवानमाथि बढ्दो भू-राजनीतिक तनाव तथा इरान युद्धका कारण उत्पन्न ऊर्जा संकटको पृष्ठभूमिमा आयोजना गरिएको यो वार्तालाई हालको अन्तर्राष्ट्रिय राजनीतिक अवस्थाको निर्णायक संवादका रूपमा विश्लेषण गरिएको छ । 

ताइवानको विषयमा सी जिनपिङले स्पष्ट र कडा सन्देश दिँदै भने, “ताइवान चीन-अमेरिका सम्बन्धको सबैभन्दा संवेदनशील र महत्वपूर्ण मुद्दा हो। यसलाई गलत ढंगले व्यवस्थापन गरियो भने अत्यन्त खतरनाक परिणाम निम्तिन सक्छ ।” 

यस अभिव्यक्तिलाई चीनले ताइवानप्रति आफ्नो “एक चीन नीति” मा कुनै सम्झौता नगर्ने संकेतका रूपमा हेरिएको छ ।

इरान युद्ध र त्यसले निम्त्याएको विश्वव्यापी ऊर्जा संकट पनि बैठकको प्रमुख एजेन्डामध्ये एक रह्यो । विशेषगरी हर्मुज जलमार्गमा देखिएको असुरक्षाले विश्व ऊर्जा आपूर्ति प्रभावित हुन सक्ने चिन्ताका बीच दुवै नेताले उक्त समुद्री मार्ग खुला र सुरक्षित राख्नुपर्ने विषयमा सहमति जनाएका छन् ।

व्यापार र आर्थिक सहकार्यका सन्दर्भमा नयाँ लगानी, कृषि निर्यात, विमान सम्झौता तथा बजार पहुँच विस्तारबारे पनि छलफल भएको बताइएको छ। ट्रम्पले चीनसँग “ठूला व्यापारिक सम्झौता” हुने अपेक्षा व्यक्त गरेका छन्।

ट्रम्पले ठूलो संख्यामा अमेरिकी व्यवसायीहरूलाई साथमा लिए आएका छन्। एपलका टिम कुक, टेस्लाका एलन मस्क, एनभिडियाका जेन्सेन हुआङलगायत सीईओहरूसँग सी जिनपिङले छुट्टै भेट गरे ।

ट्रम्पले उक्त भेटलाई उल्लेख गर्दै भने, “यी व्यवसायीहरू चीनसँग सम्मानजनक सम्बन्ध र व्यापार विस्तारका लागि यहाँ आएका हुन् ।” 

राजनीतिक वार्तापछि दुवै नेता बीजिङस्थित १५ औँ शताब्दीको ऐतिहासिक “टेम्पल अफ हेभन” भ्रमणमा समेत सहभागी भए। बिहीबार साँझ औपचारिक राजकीय भोज आयोजना गरिएको छ भने भोलि थप वार्ता र सम्भावित संयुक्त निष्कर्ष सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि चीनलाई इरान युद्ध नियन्त्रण तथा क्षेत्रीय तनाव कम गर्न “सक्रिय कूटनीतिक भूमिका” खेल्न आग्रह गरेका छन् ।

विश्वभरका कूटनीतिक विश्लेषकहरूले यो शिखर वार्तालाई केवल अमेरिका-चीन सम्बन्धको विषय मात्र नभई, आगामी विश्व शक्ति सन्तुलन, व्यापारिक संरचना र अन्तर्राष्ट्रिय सुरक्षाको दिशासँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण घटनाका रूपमा हेरिरहेका छन् ।

सम्बन्धित खवर

करका दरमा चलखेल गर्दा अर्थमन्त्री वाग्लेमाथि राजीनामा गर्न दबाब बढ्दो

करका दरमा चलखेल गर्दा अर्थमन्त्री वाग्लेमाथि राजीनामा गर्न दबाब बढ्दो

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेटसँगै ल्याइएको आर्थिक विधेयकमा राखिएको करका दरमा...

स्वतन्त्र सांसद्‌ महावीर पुन पनि मन्त्री बन्दै

स्वतन्त्र सांसद्‌ महावीर पुन पनि मन्त्री बन्दै

काठमाडौँ । स्वतन्त्र उम्मेदवारी दिएर म्याग्दीबाट निर्वाचित भएका प्रतिनिधि सभा सदस्य (सांसद्‌) महावीर पुन...

कानूनको अभ्यासमा एआईको प्रयोग

कानूनको अभ्यासमा एआईको प्रयोग

झापा । झापाको भद्रपुरमा कानून व्यवसायी र कानूनका विद्यार्थीबीच ‘कानूनको अभ्यासमा एआईको प्रयोग’ विषयक...

भारतको औपचारिक भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल

भारतको औपचारिक भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल

काठमाडाैँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।...