केपी ओली र रमेश लेखक पक्राउ, ज्यानमुद्दा चलाइने

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखक पक्राउ परेका छन् । गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले ज्यान मुद्दा चलाउन सिफारिस गरेको आधारमा प्रहरीले शनिबार बिहान उनीहरुलाई गिरफ्तार गरेको हो । प्रर्वप्रधानमन्त्री ओलीलाई भक्तपुरको गुण्डुबाट पक्राउ गरिएको हो भने लेखकलाई भक्तपुरको कटुञ्जेस्थित निवासबाट समातिएको हो ।