काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका सन्दर्भमा जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सरकारले लुकाएर राखे पनि अनौपचारिक रुपमा बाहिरिएको छ ।
आयोगको ८९८ पृष्ठको प्रतिवेदनको पूर्णपाठ मिडियामार्फत् बाहिरिएको हो । यो प्रतिवेदन जनआस्थाले ब्रेकिङ गरेर बाहिर ल्याएको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसमेतलाई मुलुकी अपराध संहिता अनुसार ज्यान मुद्दा चलाउन आयोगले सिफारिस गरेको छ ।

भदौ २३ गतेको घटनामा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र गृह प्रशासनका अधिकारीहरुमाथि ज्यान मुद्दाको सिफारिस गरेको आयोगले भदौ २४ मा सिंहदरबार र अदालत जलाउनेहरुलाई चाहिँ दोषी किटान नगरी तिनलाई खोजी गर्नुपर्ने भनेको छ ।
यो पनि-
गौरीबहादुरको निष्पक्षतामाथि सर्वोच्चको शंका, जाँचबुझ प्रतिवेदन ‘शून्य’ हुने जोखिम
हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ-

