काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित भएका सांसदहरूको सपथ कार्यक्रम सुरु भएको छ ।
नवनिर्वाचित सांसदहरूलाई संघीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको सपथ खुवाइँदै छ । सपथ ग्रहण कार्यक्रम अनुसार सबैभन्दा जेष्ठ सदस्यले अन्य सांसदहरूलाई सपथ गराउने व्यवस्था रहेको छ ।
सांसदहरूले नेपाली भाषासहित संविधानले मान्यता दिएका अन्य मातृभाषामा समेत सपथ लिन सक्ने प्रावधान रहेको छ । सपथ ग्रहणसँगै उनीहरूले औपचारिक रूपमा आफ्नो कार्यकाल सुरु गर्नेछन् ।

