यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ

जस नेपाल

१७ चैत २०८२

यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका छन् ।
उक्त कार्यालयबाट सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिन्छु भनी सार्वजनिक सेवा प्रवाहमा अवरोध गरेको अभियोगमा प्रहरी वृत्त स्वयम्भूबाट परिचालन भएको प्रहरी टोलीले आज अपराह्न उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले रौतहटका ३६ वर्षीय बलबहादुर सुनार, रामेछापका ३९ वर्षीय विज्ञान राई, काठमाडौँका ३१ वर्षीय सञ्जय राजवाहक र ३६ वर्षीय विमल तामाङ, रामेछापका ३५ वर्षीय रमेश कार्की, धादिङका ३६ वर्षीया कल्पना लम्साल र नुवाकोटका ३९ वर्षीय उद्धव खनाललाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूबाट रु एक लाख २२ हजार नगद र ५३ थान बिलबुकसमेत बरामद भएको छ ।

सम्बन्धित खवर

‘भ्रष्टाचार नियन्त्रणतर्फ सरकारको पहल प्रशंसनीय’ : ट्रान्सपरेन्सी इन्टरनेसनल

‘भ्रष्टाचार नियन्त्रणतर्फ सरकारको पहल प्रशंसनीय’ : ट्रान्सपरेन्सी इन्टरनेसनल

काठमाडौँ । सरकारले सार्वजनिक गरेको शासकीय सुधार कार्यसूची भ्रष्टाचार नियन्त्रणको प्रशंसनीय सुरुआत भएको विश्वास...

बालेन सरकारको शासकीय सुधारका कार्यसूची : एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली

बालेन सरकारको शासकीय सुधारका कार्यसूची : एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली

काठमाडौँ । सरकारको कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारसम्बन्धी...

चैत १९ मा संसद अधिवेशन : पल्टिनियाँ आइसके, खाना छैन !

चैत १९ मा संसद अधिवेशन : पल्टिनियाँ आइसके, खाना छैन !

काठमाडौँ । सुरक्षा क्षेत्रसँग सम्बन्धित एउटा चल्तीको आहान छ– पल्टिनियाँ आइसके तर खाना–दाना तयार...

नेपालमा सम्पत्ति शुद्धीकरणको जोखिम बढ्दो

नेपालमा सम्पत्ति शुद्धीकरणको जोखिम बढ्दो

काठमाडौँ । नेपालमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) को जोखिम निरन्तर बढिरहेको छ । वित्तीय...