सभामुखमा रास्वपाका अर्याल निर्विरोध

जस नेपाल

२० चैत २०८२

सभामुखमा रास्वपाका अर्याल निर्विरोध

काठमाडौँ । प्रतिनिधिसभा, सभामुखको निर्वाचन कार्यक्रमअन्तर्गत तोकिएको समयभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालको मात्र उम्मेदवारी परेको छ ।

सङ्घीय संसद् सचिवालयले तर्जुमा गरेको कार्यतालिकाअनुसार शुक्रबार बिहान ११ः०० बजेदेखि २ः०० बजेसम्म संसद् सचिवालय, सिंहदरबारमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेकामा उक्त अवधिमा अर्यालको मात्रै सूचना दर्ता भएको हो ।

अर्यालको प्रस्तावकमा रास्वपाका सभापति रवि लामिछाने र समर्थकमा सोही दलका सांसदहरू सोबिता गौतम, डा स्वर्णिम वाग्ले र सुनील लम्साल रहका छन् ।

कार्यतालिकाबमोजिम सचिवालयले तोकिएको समयमा दर्ता भएका एकमात्र उम्मेदवारको सूचना प्रकाशन गरेको छ । दर्ता भएका प्रस्तावका सूचनालाई चैत २२ गते हुने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ । एकमात्र उम्मेदवारी परेकाले अर्याल निर्विरोध निर्वाचित हुने निश्चित भएको छ ।

सम्बन्धित खवर

बालेन सरकारको १०० बुँदे कार्यसूची : संविधान संशोधनदेखि कानून फेरबदलसम्म

बालेन सरकारको १०० बुँदे कार्यसूची : संविधान संशोधनदेखि कानून फेरबदलसम्म

काठमाडौँ । शासकीय सुधारलाई तीव्रता दिने दाबी गर्दै नवगठित सरकारले चैत १३ गते ‘शासकीय...

फिल्म बनाउने मान्छेलाई संविधान फेर्ने जिम्मा !

फिल्म बनाउने मान्छेलाई संविधान फेर्ने जिम्मा !

काठमाडौँ । नवगठित सरकारले संविधान संशोधनको गृहकार्य थालेको छ । यसका लागि सोमबार बसेको...

बालेन सरकारले गर्ने १०० काम (पूर्णपाठ)

बालेन सरकारले गर्ने १०० काम (पूर्णपाठ)

काठमाडौँ । बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको भोलिपल्ट शासकीय सुधारसम्बन्धी सय बुँदे कार्यसूची सार्वजनिक...

क्याबिनेटमा जेनेरेसन शिफ्ट : बालेन टिममा युवा हाबी

क्याबिनेटमा जेनेरेसन शिफ्ट : बालेन टिममा युवा हाबी

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा युवाको वर्चस्व देखिएको छ । शुक्रवार विस्तार गरिएको...