काठमाडौं । ‘बले’ उर्फ सागर लम्साल क्षेत्री जबजजस्ती करणीको आरोपमा काठमाडौँको बूढानीलकण्ठबाट शनिबार पक्राउ परे । अमेरिकामा बस्दै आएकी एक किशोरीले लम्साल गत वर्ष अमेरिका गएका बेला आफू बलात्कृत भएको भन्दै फेसबुकमा लामो स्टाटस लेखेपछि प्रहरीले बलेलाई अनुसन्धानका लागि पक्राउ गरेको हो ।
यता, बले पक्राउ परेसँगै कतिपय पुरुषहरुले सामाजिक सञ्जालमा पीडित भनिएकी किशोरीमाथि नै अनेकन गालीको वर्षा गर्न थालेका छन् । हाम्रो नेपाली समाज कति धेरै ‘महिलाद्वेषी’ बनेको छ भन्ने यसबाट स्पष्ट हुन्छ ।
सामाजिक सञ्जालमा बले निर्दोष रहेको र किशोरीले गलत आरोप लगाएको भन्दै स्वघोषित ‘न्यायाधीश’ बन्ने स्वनामधन्य पुरुषहरुको संख्या बाक्लै देखिएको छ । कतिपयले विगतमा आफू सन्दीप लामिछाने र पल साहको पक्षमा यसै गरी लागेको भन्दै बलेको पक्षमा घटनालाई सामान्यीकरण गर्दै युट्युवबाटै वकालत गर्न थालेका छन् ।
बले दोषी छन् कि निर्दोष ? यो प्रहरीको अनुसन्धानबाट पत्ता लाग्ने नै छ । प्रहरीपछि अदालतले पनि छिनोफानो गर्ने नै छ । उनी दोषी नै रहेछन् भने जेल जानैपर्छ । निर्दोष रहेछन् भने पनि अनुसन्धानपछि मात्र थाहा हुनेछ ।
जबसम्म अदालतले बलेलाई ‘बलात्कारी’ ठहर गर्दैन, त्यतिबेलासम्म उनलाई अपराधी मानिहाल्न जरुरी छैन । प्रहरीले कसैलाई समाउँदैमा कोही पनि अपराधी हुँदैन, छानविनपछि निर्दोष ठहरिन पनि सक्छ, दोषी सावित हुन पनि सक्छ ।
तर, कुनै महिलाले आफू बलात्कृत भएँ भनिरहँदा त्यो सामान्य विषय होइन, त्यसलाई गम्भीररुपमा लिइनुपर्छ र निष्पक्ष ढंगबाट अनुसन्धान–तहकिकात गरिनुपर्छ । जुन समाजमा नारीहरु न्याय नपाएर रुन्छन्, त्यो समाज कहिल्यै सुखी र सभ्य हुन सक्दैन ।
हाम्रो समाजमा शक्तिशाली व्यक्तिहरुबाट यौन हिंसामा परेर न्याय पाउन नसकिरहेका कैयौं महिला अहिलेसम्म आँशु पिएर बाँचिरहेका कैयौं घटनाहरु छन् । त्यसैले, कोही महिलाले आफू बलात्कृत भएँ भनेर समाजसँग न्याय मागिरहँदा समाजले पीडकमैत्री होइन, पीडितमैत्री दृष्टिकोण अपनाउन आवश्यक छ ।
राज्यले पीडितको कुरा चाँडै सुन्नुपर्छ र घटनाको सत्यतथ्य जाँच गर्नैपर्छ । बलेको सन्दर्भमा पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेका बेला पक्ष वा विपक्षमा उभिएर सामाजिक सञ्जालमा चर्काचर्की गर्नु उपयुक्त होइन ।

‘बले’ उर्फ सागर लम्साल क्षेत्री
अहिलेका लागि अमेरिकामा रहेकी किशोरीले आफू बलात्कृत भएको घटनाबारे फेसबुकमा के भनेकी थिइन्, जस्ताको त्यस्तै पढौं–
सरी बाबा, म बलात्कृत भएँ !
एक वर्ष अगाडिको कुरा हो । म अमेरिका आएको केही समय भएको थियो । एकदमै सानोदेखि डिप्रेसन र एनजाइटीसँग सफर गरिरहेको म घरबाट पर हुनु, एक्लै एउटा अन्जन ठाउँमा । यो सबै कुराले मलाई निकै नै डार्क फेजमा पुर्यायो । मेरो मेन्टल हेल्थको कारणले म हस्पिटलाइज्ड भएँ । शायद वर्षौँदेखि आफैँसँग फाइट गर्दा गर्दा मेरो दिमाग र मनले हार मान्यो। हस्पिटलबाट डिस्चार्ज भएँ । यो आशाले कि अलि फाइट गरेँ भने राम्रो दिन आउँछ भनेर ।
यही क्रममा नेपालबाट केही अंकलहरु अमेरिका आउनुभएको थियो । सबैजना हम्रो फेमिलीसँग बर्षौँदेखि कनेक्टेड हुनुन्थ्यो । कसैलाई मैले दाइ भन्थेँ, कसैलाई अंकल ।
यति गाह्रो टाइममा आफ्नो कोही नभएको ठाउँमा आफ्नो परिवारजस्तो मन्छे भेटी भने छोरीलाई अलि राम्रो होला कि भन्ने सोचेर मेरो बाबाले भेट न त एकचोटि भन्नु भयो । इनर्जी थिएन मसँग । मेडिकेसनमा थिएँ र एक्दमै एक्लो । त्यही पनि सायद यो अन्जान सहरमा कोही आफ्नो मन्छेलाई भेटेँ भने चर्को घाम म छायाँको शीतल मिल्छ कि भनेर हुन्छ भनेँ ।
भेट्न जाँदा एकना अंकललाई भेट्न पाइनँ । तर जसलाई मैले दाइ भन्थें, वहासँग भेट भयो । कुरै कुरामा ‘तिमी बसेको ठाउँ हेरौँ न त’ भन्नु भयो ।
आफ्नो दाइ मानेको मान्छे, जसलाई मैले १० बर्ष भन्दा धेरै अगाडिदेखि चिन्थेँ, वहाँलाई विश्वास गरेर मैले आफ्नो अपार्टमेन्ट देखाउन लगेँ ।
मेरो अपार्टमेन्टमा बसेर हामी कुरा गर्दा मेरो हेल्थको कुरा निस्कियो । मैले आफ्नो संघर्ष सबै शेयर गरेँ । रुँदै भन्दै थिएँ कति गाह्रो भइरहेको छ भनेर । मलाई थाहा थिएन, जसलाई मैले दाइ मान्थेँ र मेरो पूरै परिवारले आफ्नो परिवार, त्यो मान्छे त एउटा राक्षस रहेछ भनेर ।
म बलात्कृत भएँ । जति आशा रहेको थियो, जति पनि शक्ति बाँकी थियो, ममा त्यो सबै हरायो । मेरो आवाज निस्किएन । म चिच्याउन चाहन्थेँ । भन्न चाहन्थेँ मेरो फेमिलीलाई । तर, त्यस्तो अवस्थामा पनि मैले केही भनेँ भने मेरो पूरै परिवार नष्ट होला भन्ने डर भयो ।
सरी बाबा, अहिले यसरी भन्दैछु । हजुरलाई भन्न हिम्मत नै आएन । सायद हजुर सँगै भएको भए हजुरको अङ्गालोमा रुन्थेँ होला । त्यतिखेरै फाइट गर्थेँ होला । तर, धेरै पर थिएँ हजुरबाट । त्यतिखेर एक सास त फेर्न गाह्रो हुने, म आफ्नो लागि कसरी लड्थेँ होला ? भन्न सकिनँ । कसैलाई भन्न सकिनँ । आफैँदेखि घीन लगेर आयो । वर्षौँदेखिको संघर्षको कारणले मेरो आत्मा, शरीर, दिमाग र मन सबैले हार मान्यो ।
जीवन त्याग्न पनि सकिनँ आफ्नो परिवारका बारेमा सोचेर तर यो कुराले मलाई हरेक दिन खाइरहेको छ । राम्ररी सास फेर्न सक्दिनँ । खान सक्दिनँ । लाग्छ एउटा जिउँदो लास भएकी छु । त्यो राक्षस आफ्नो घरमा फिर्ता गयो र खुलेर बाँचिरहेको छ ।
आज अलि हिम्मत आयो र लेखेँ । थाहा छ मलाई जस्टिस पाउँदिनँ भनेर र अब फाइट गर्न हिम्मत पनि छैन । तर, जो मान्छेले मलाई यति गलत गर्यो, त्यो मfन्छेले परिणामहरु भोग्नु पर्छ । पछि गएर कसै अरुलाई गलत गर्न पाउनु हुँदैन ।
मेरो पुरै फेमिलीलाई सरी भन्न चाहन्छु । यसपछि मसँग बेखुशी हुनुहुन्छ होला । तर, सधैँ बेखुश गरिरहने म एउटा फेलियर त हो ।
अन्तिममा एउटा प्रश्न छ । कसैको जीवन बर्बाद गरेर बाँच्दा कस्तो महसुस हुन्छ सागर लम्साल क्षेत्री ?
OOO
यो मलाई नखरमाउली, छोरा मान्छेको जिन्दगी बर्वाद गर्ने, सुत्नेबेला आँखा नदेख्ने, मन मिले चमत्कार, नमिले बलात्कार भन्ने हजुरहरुलाई-
धेरै ‘एक युवती युवती’ भनेर पढ्न मन लागेन । त्यसैले मेरो परिचय दिँदै छु है ।
नमस्कार म …. द्ई बर्षको उमेरदेखि डान्समा लागेको र ५ बर्षको उमेरदेखि फिल्म इन्डष्ट्रिजमा लागेको एउटा कलाकार, जसले आफ्नो पूरा बालापन सेटको खान खाँदै एउटा हातमा स्क्रिप्ट र अर्को हामा स्कुलको किताब बोक्दै, लाइट क्यामेरा एक्शन सुनेर हुर्केको मान्छे ।
बर्षौँ आफ्नो मेहेनतले, काउन्टलेस, स्लिपलेस, नाइट इन सेट, फेमिलीको अमूल्य सपोर्ट र स्कुलको टुरिस्ट भएर १३ बर्षको उमेरमा (Best Actress) बिधामा राष्ट्रपति रामवरण यादवको हातबाट (National Award) र साथै विभिन्न बिधामा अवार्ड पाउने कलाकार । जसका काका नेपालका एकजना टप कोरियोग्राफर, बाबा एउटा कलाकार र भाइ विश्वकै कम उमेरको फिल्म डाइरेक्टर ।दु:खको कुरा हो, आज मैले बजारमा सामान बेचेको जस्तै आफ्नो मुल्य भन्नु परिरहेको छ ता कि मेरो आवाजको केही भर होस् ।
लाग्थ्यो, जसोतसो गरेर यो रfक्षससँग लड्छु भनेर । अज एकै दिनमा हाम्रो समाजमा कतिधेरै राक्षस रहेछन् भनेर थाहा पाएँ । मेरा काकाले फ्यालेको म्युजिक भिडियो कुकुरजस्तै टिप्दै अगाडि बढेको त्यो भुस्याहा कुकुरलाई मैले फिल्म इन्डष्ट्रीमा आउन फसाएँ भनेर पढ्दा हाँस उठ्यो । जसले आफ्नो टाउकोको कपाल सबै गइसकेर विग लाउनु पर्छ, त्योसँग म प्रेम सम्बन्धमा हुने त्यस्तो खत्तम दिन पनि आएको थिएन र कहिल्यै आउनु पनि नपरोस् ।
देख्न पाएँ हाम्रो समाजको सोच कति घटिया छ भनेर । सायद जीवन त्यागेको भए मेरो शब्दको आज अर्थ हुन्थ्यो जस्तो लाग्यो । त्यसपछि आयो माया, अफ्नो मान्छे, सबल सबै जनाबाट धेरै मया, आशा, सपोर्ट र विश्वास । र, थाहा पाएँ मेरो कथा त म भन्दा ठूलो भइसकेछ । मेरो कथामा कति मजस्तै दिदी बहिनीको कथा मिसिन पुगेछ, जसले अहिलेसम्म आवाज उठाउन पाउनु भएको छैन । किनकि, हाम्रो समाजमा राक्षसको मूल्य धेरै छ ।
थाहा पाएँ मेरो आवाज अब मेरो मात्र नभएर सबै दिदीबहिनीहरुको दबिएको आजाव बनेछ । र, परिवार र सबै जनाको सपोर्टले महसुस गरेँ, मैले अब यो लडाइँ मेरा लागि मात्र हैन, सबैका लागि जित्नुपर्छ भनेर । कथक् डान्स गर्ने म, अब गर्छु तान्डव ।
पैसाको लागि गरेँ, जीवन बर्बाद गर्न गरेँ, ब्रेकअप भएर गरेँ, इन्डष्ट्रिजमा म पस्नका लागि गरेँ भन्ने सबै हाम्रा महान् नेपाली जनताहरुलाई भन्न चाहन्छु- हैन हजुर्, त्यसको सास छातीबाट च्यातेर भुइँमा झार्नको लागि गरेको हो । ती सबै दिदी बहिनीहरुलाई एउटा आशा बन्नका लागि गरेको हो । धेरै केही भनिनँ यति भन्छु ।
कि त त्यो जेल जान्छ । कि त त्यसको ..…।
हामीले एक नारीको सहनशीलता, बुद्धि, न्यानोपन र निस्वार्थ माया देखेको छौँ । अब एउटा नारीको क्रोध हेरौँ है त । म एउटा हातमा आफ्नो स्वाभिमन्, इज्जत्, संघर्ष, आत्मविश्वास र कथा बोकेर लडिरहेकी छु भने अर्को हातमा त्रिशुल लिएर। न्याय पाए ठिकै छ, नत्र योपालि दुर्गा पूजा चाँडो मनाइन्छ जस्तो छ ।
मा दुर्गाले सबैको रक्षा गरुन् ।
जय नारी ।
(पीडितको फेसबुकबाट)
ताजा अपडेट
सरी बाबा, म बलात्कृत भएँ !
२२ चैत २०८२एकै पटक २ हजार ८९८ जना सहायक हवल्दारको सरुवा
२० चैत २०८२
