जस नेपालको प्रधान सम्पादकमा अरुण बराल नियुक्त

१ मंसिर २०८२

जस नेपालको प्रधान सम्पादकमा अरुण बराल नियुक्त

काठमाडौं । जस नेपाल प्रा. लिद्वारा सञ्चालित जस नेपाल डटकमको प्रधान सम्पादकमा पत्रकार अरुण बराल नियुक्त भएका छन्।

जस नेपाल प्रालिको सञ्चालक समिति बैठकले पत्रकार बराललाई मंसिर १ गतेदेखि प्रधान सम्पादकमा नियुक्ति गरेको हो। जस नेपालको प्रधान कार्यालय बुद्धनगरमा सोमबार आयोजित स्वागत कार्यक्रममा बराललाई जस नेपालका प्रबन्ध निर्देशक अधिवक्ता हरिप्रसाद मैनालीले स्वागत गरे।

प्रधान सम्पादक बराललाई स्वागत गर्दै जस नेपालका प्रबन्ध निर्देशक मैनालीले बरालको नेतृत्वमा जस नेपाल थप उचाइमा जाने विश्वास व्यक्त गरे। निर्देशक मैनालीले भने, ‘हामीले कानून बिटको अनलाइन जर्नल जस नेपाल डटकम शूरु गरेका छौं । कानून र न्याय क्षेत्रको चौथो अंगका रुपमा शुरु गरिएको डिजिटल लिगल जर्नलले न्याय क्षेत्रका समस्या र विकृतिको चिरफार गर्दै लोकतन्त्र र कानूनी शासन स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।’

प्रबन्ध निर्देशक मैनालीले अगाडि भने, ‘अनलाइन पत्रकारितामा स्थापित पत्रकार अधिवक्ता अरुण बराललाई यस पत्रिकाको संस्थापक प्रधान सम्पादकको जिम्मेवारी प्रदान गर्न पाउँदा न्यायिक सुशासन र कानूनको शासन स्थापित गर्ने उद्देश्य प्राप्तिमा जसनेपाल डटकम प्रभावकारी हुनेमा विश्वस्त छु, सफल कार्यकालको शुभकामना ।’

प्रधान सम्पादक बरालले नेपालको पत्रकारितामा कानूनी रिपोर्टिङको पाटो कमजोर रहेकाले उक्त आवश्यकता परिपूर्ति गर्न जस नेपाल कोशेढुंगा बन्ने विश्वास व्यक्त गरे । समाजमा न्याय स्थापित गर्न र लोकतन्त्रलाई बलियो बनाउन अदालतको भूमिका महत्वपूर्ण हुने भएता पनि न्यायिक स्वतन्त्रता र अदालतप्रतिको जनविश्वास अभिवृद्धिका लागि मिडिया र नागरिक समाजको पनि भूमिका आवश्यक पर्ने बताए ।

उनले भने, ‘मैले अहिलेसम्म राजनीतिक पत्रकारितालाई नै मुख्य बिट बनाएर काम गरेँ । अब विधिशास्त्र, न्याय र कानूनको क्षेत्रबाट पत्रकारिताको सेवा गर्ने छु ।

नवनियुक्त प्रधान सम्पादक बरालले यसअघि अनलाइनखबर, रातोपाटी, नेपालखबर, कान्तिपुर टेलिभिजन र खबरहबमा सम्पादकीय भूमिकामा काम गरिसकेका छन् । उनीसँग नयाँ पत्रिका दैनिक र जनआस्था साप्ताहिकमा पनि सम्पादकीय टिममा रहेर काम गरेको अनुभव छ । बरालले धरानस्थित ब्लास्ट टाइम्स राष्ट्रिय दैनिकबाट पत्रकारिता थालेका हुन्।

कानून, राजनीतिशास्त्र र पत्रकारिता पढेका प्रधानसम्पादक बराल अधिवक्तासमेत हुन् ।

सम्बन्धित खवर

निर्वाचन : डिजिटल युगमा लोकतन्त्रको परीक्षण

निर्वाचन : डिजिटल युगमा लोकतन्त्रको परीक्षण

काठमाडौँ । कुनै ठूलै बिघ्नबाधा उत्पन्न नभए नेपाली मतदातताले प्रतिनिधिसभा सदस्यको चुनाव गर्न आजको...

पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा…

पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा…

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पाङ्गे्रका मतदातालाई १० किलोमिटर हिँडेर मतदानस्थल पुग्नुपर्ने बाध्यता...

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

काठमाडौँ । नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरूद्ध ‘शून्य सहनशीलता’को नीतिलाई राष्ट्रिय सहकारी नियमन...

उम्मेदवारलाई प्रचारप्रसारमा अवरोध गरे ३ वर्ष कैद, २ लाख जरिवाना

उम्मेदवारलाई प्रचारप्रसारमा अवरोध गरे ३ वर्ष कैद, २ लाख जरिवाना

काठमाडौँ । फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए  दुई...