काठमाडाैं । मधेश प्रदेशमा मुख्यमन्त्री सरोज यादवको नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै दायर गरिएको रिटमा आज सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी तोकिएको हो।
संविधानको धारा १६८(३) अनुसार गठन भएको वर्तमान सरकारले संवैधानिक मापदण्ड पूरा नगरेको भन्दै मधेश प्रदेशका ७४ जना सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्। उनीहरूले अंतरिम आदेश जारी गरी विवादित नियुक्तिलाई रोक्न माग गरेका छन्।
उक्त रिट गत मंगलबार सर्वोच्चमा दर्ता भएको थियो। यसअघि नै अदालतले मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ। आजको सुनुवाइले प्रदेश सरकारको वैधानिकता र आगामी राजनीतिक दिशाबारे महत्वपूर्ण संकेत दिने अपेक्षा गरिएको छ।
ताजा अपडेट
विश्व शक्ति धुरीहरूको टकरावमा मध्यपूर्व
२० फागुन २०८२फागुन २१ को संघार : नयाँ संसदको संवैधानिक परीक्षा
२० फागुन २०८२निर्वाचन : डिजिटल युगमा लोकतन्त्रको परीक्षण
१७ फागुन २०८२
