दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्चको पेसीमा

४ मंसिर २०८२

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्चको पेसीमा

काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्च अदालतको सुनुवाइ सूचिमा परेको छ। न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले पेसी तय भएकाे सर्वाेच्चले जनाएकाे छ। पेसी ताेकिएसँगै मुद्दाकाे सुनुवाइ समेत सकिएकाे छ भने आदेश आउन बाँकी रहेकाे छ ।प्रसाईंलाई सार्वजनिक शान्ति र सुरक्षामा असर पुग्ने व्यवहार गर्दै आएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो। आन्दोलनको घोषणा गर्दै उत्तेजनापूर्ण अभिव्यक्ति दिएको र त्यसले हिंसात्मक स्थिति निम्त्याउन सक्ने निष्कर्षपछि गत मंसिर १ गते उनी भक्तपुरको ठिमीस्थित नीजि निवासबाट पक्राउ परेका थिए।

प्रसाईंले मंसिर आगामी मंसिर ७ गते देखि देशभरका सेवा–सुविधा ठप्प पार्नेगरी आन्दोलन चलाउने वक्तव्य सार्वजनिक गर्दै आएका थिए। सोसँगै देशको प्रतिष्ठा जोडिएको एनपीएल रोकिने गरी क्यानका अधिकारीसमक्ष चेतावनीपूर्ण सन्देश दिएकाे अडियोसमेत बाहिरिएको थियो।

सम्बन्धित खवर

बझाङको सुनकुडा माविमा अनियमितता : पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बझाङको सुनकुडा माविमा अनियमितता : पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । बझाङको बित्थडचिर गाउँपालिका-९ स्थित श्री सुनकुडा माध्यमिक विद्यालयको भवन निर्माण लगायत काममा...

सरकार र जेनजीबिचकाे १० बुँदे सम्झौताविरुद्धको रिटमा सुनुवाइ हुँदै

सरकार र जेनजीबिचकाे १० बुँदे सम्झौताविरुद्धको रिटमा सुनुवाइ हुँदै

काडमाडाैँ । सरकार र जेनजी प्रतिनिधिबिच भएको १० बुँदे सम्झौताविरुद्ध दायर रिट निवेदनमा आज...

सरकार र जेनजीको १० बुँदे सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’मा

सरकार र जेनजीको १० बुँदे सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’मा

काठमाडाैँ । सरकार र जेनजी प्रतिनिधिबिच भएको १० बुँदे सम्झौता विरुद्ध दायर रिट निवेदनको...

नेकपा जाजरकोटका उम्मेदवार शक्ति बस्नेतसँग आयोगले सोध्यो स्पष्टीकरण

नेकपा जाजरकोटका उम्मेदवार शक्ति बस्नेतसँग आयोगले सोध्यो स्पष्टीकरण

काठमाडाैँ ।  निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा नेकपाका तर्फबाट जाजरकोटका उम्मेदवार बनेका...