दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्चको पेसीमा

४ मंसिर २०८२

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्चको पेसीमा

काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्च अदालतको सुनुवाइ सूचिमा परेको छ। न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले पेसी तय भएकाे सर्वाेच्चले जनाएकाे छ। पेसी ताेकिएसँगै मुद्दाकाे सुनुवाइ समेत सकिएकाे छ भने आदेश आउन बाँकी रहेकाे छ ।प्रसाईंलाई सार्वजनिक शान्ति र सुरक्षामा असर पुग्ने व्यवहार गर्दै आएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो। आन्दोलनको घोषणा गर्दै उत्तेजनापूर्ण अभिव्यक्ति दिएको र त्यसले हिंसात्मक स्थिति निम्त्याउन सक्ने निष्कर्षपछि गत मंसिर १ गते उनी भक्तपुरको ठिमीस्थित नीजि निवासबाट पक्राउ परेका थिए।

प्रसाईंले मंसिर आगामी मंसिर ७ गते देखि देशभरका सेवा–सुविधा ठप्प पार्नेगरी आन्दोलन चलाउने वक्तव्य सार्वजनिक गर्दै आएका थिए। सोसँगै देशको प्रतिष्ठा जोडिएको एनपीएल रोकिने गरी क्यानका अधिकारीसमक्ष चेतावनीपूर्ण सन्देश दिएकाे अडियोसमेत बाहिरिएको थियो।

सम्बन्धित खवर

निषाद जातिलाई आरक्षण कोटा मागिएको रिटमा सर्वोच्चद्वारा लिखित जवाफ माग

निषाद जातिलाई आरक्षण कोटा मागिएको रिटमा सर्वोच्चद्वारा लिखित जवाफ माग

काठमाडौँ । सर्वोच्च अदालतले निषाद जातिलाई आरक्षण कोटा निर्धारण गर्न आदेश माग गर्दै दायर...

अदालतमा बयान फेरेका सरकारी साक्षीविरुद्ध कैद र बिगो माग्दै मुद्दा

अदालतमा बयान फेरेका सरकारी साक्षीविरुद्ध कैद र बिगो माग्दै मुद्दा

काठमाडौँ । भ्रष्टाचार मुद्दा तहकीकात क्रममा सरकारी साक्षी बनेर बयान दिएकाहरूले नै अदालतमा प्रतिकूल...

मद्रास हाइकोर्टको फैसला : भगवद गीता पढाउँदैमा कुनै ट्रष्ट धार्मिक हुँदैन

मद्रास हाइकोर्टको फैसला : भगवद गीता पढाउँदैमा कुनै ट्रष्ट धार्मिक हुँदैन

मद्रास । भारतको मद्रास हाइकोर्ट (उच्च अदालत) ले भगवद गीता पठाउँदैमा कुनै ट्रष्ट धार्मिक...

न्याय सम्पादन छिटोछरितो बनाउन झापामा कार्यालय प्रमुख बैठक

न्याय सम्पादन छिटोछरितो बनाउन झापामा कार्यालय प्रमुख बैठक

झापा । झापा जिल्ला अदालतमा जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठक सम्पन्न भएको छ...