काठमाडाैं । राजदूत फिर्ता बोलाउने सरकारी निर्णयमा सर्वोच्च अदालतको अन्तरिम आदेश अवज्ञा भएको आरोपमा प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध दायर अवहेलना मुद्दा आइतबार सुनुवाइ सूचीमा परेको छ। अधिवक्ता प्रतिभा उप्रेती र प्रेम सिलवालले दायर गरेको निवेदनमाथि सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ हुने भएको हो।
वर्तमान सरकारले गत असोज ३० मा अघिल्लो सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चका न्यायाधीश सारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले कात्तिक १६ मा ‘यथास्थिति कायम राख्न’ अन्तरिम आदेश जारी गरेको थियो।
अदालतको आदेश जारी भइरहे पनि सरकारले परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएपछि सम्बन्धित राजदूतहरू मन्त्रालयमै उपस्थित भएका छन्। यही कार्यलाई अदालतको आदेश उल्लंघन मान्दै प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएको हो।
प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतकाे अवहेलनाको रिट दर्ता, सुनुवाइ मंसिर ७ मा हुने
ताजा अपडेट
निर्वाचन : डिजिटल युगमा लोकतन्त्रको परीक्षण
१७ फागुन २०८२पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा…
१७ फागुन २०८२
