प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चमा सुनुवाइ हुँदै

७ मंसिर २०८२

प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडाैं ।  राजदूत फिर्ता बोलाउने सरकारी निर्णयमा सर्वोच्च अदालतको अन्तरिम आदेश अवज्ञा भएको आरोपमा प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध दायर अवहेलना मुद्दा आइतबार सुनुवाइ सूचीमा परेको छ। अधिवक्ता प्रतिभा उप्रेती र प्रेम सिलवालले दायर गरेको निवेदनमाथि सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ हुने भएको हो।

वर्तमान सरकारले गत असोज ३० मा अघिल्लो सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चका न्यायाधीश सारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले कात्तिक १६ मा ‘यथास्थिति कायम राख्न’ अन्तरिम आदेश जारी गरेको थियो।

अदालतको आदेश जारी भइरहे पनि सरकारले परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएपछि सम्बन्धित राजदूतहरू मन्त्रालयमै उपस्थित भएका छन्। यही कार्यलाई अदालतको आदेश उल्लंघन मान्दै प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएको हो।

प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतकाे अवहेलनाको रिट दर्ता, सुनुवाइ मंसिर ७ मा हुने

सम्बन्धित खवर

निषाद जातिलाई आरक्षण कोटा मागिएको रिटमा सर्वोच्चद्वारा लिखित जवाफ माग

निषाद जातिलाई आरक्षण कोटा मागिएको रिटमा सर्वोच्चद्वारा लिखित जवाफ माग

काठमाडौँ । सर्वोच्च अदालतले निषाद जातिलाई आरक्षण कोटा निर्धारण गर्न आदेश माग गर्दै दायर...

अदालतमा बयान फेरेका सरकारी साक्षीविरुद्ध कैद र बिगो माग्दै मुद्दा

अदालतमा बयान फेरेका सरकारी साक्षीविरुद्ध कैद र बिगो माग्दै मुद्दा

काठमाडौँ । भ्रष्टाचार मुद्दा तहकीकात क्रममा सरकारी साक्षी बनेर बयान दिएकाहरूले नै अदालतमा प्रतिकूल...

मद्रास हाइकोर्टको फैसला : भगवद गीता पढाउँदैमा कुनै ट्रष्ट धार्मिक हुँदैन

मद्रास हाइकोर्टको फैसला : भगवद गीता पढाउँदैमा कुनै ट्रष्ट धार्मिक हुँदैन

मद्रास । भारतको मद्रास हाइकोर्ट (उच्च अदालत) ले भगवद गीता पठाउँदैमा कुनै ट्रष्ट धार्मिक...

न्याय सम्पादन छिटोछरितो बनाउन झापामा कार्यालय प्रमुख बैठक

न्याय सम्पादन छिटोछरितो बनाउन झापामा कार्यालय प्रमुख बैठक

झापा । झापा जिल्ला अदालतमा जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठक सम्पन्न भएको छ...