प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

२ पुष २०८२

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेसहित आठ जनाले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ ।

कांग्रेसका निवर्तमान प्रमुख सचेतक घिमिरेसहितले मंसिर २३ गते दायर गरेको उक्त रिटमा बुधवार सर्वोच्चको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।

रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र सभामुख देवराज घिमिरेलगायतलाई प्रतिवादी बनाइएको छ ।

उक्त रिटको सुनुवाइ प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. नहकुल सुवेदीको इजलासमा भएको थियो ।

रिट निवेदकहरूले संविधान विपरीत प्रधानमन्त्री नियुक्त गरिएको र असंवैधानिक व्यक्तिकै सिफारिसमा संसद् विघटन गरिएको भन्दै तत्काल संसद् पुनःस्थापना गर्नुपर्ने माग गरेका छन्‌ । साथै; ‘प्रथम दृष्टिमै असंवैधानिक देखिने प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति बदर गरी ठूलो दलको हैसियतमा नेपाली कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने’ माग राखेका छन् ।

रिटमा निर्वाचनका सबै गतिविधि रोक्नसमेत माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

निर्वाचन कार्यक्रम शुरु भइसक्यो, दलको तयारी खै ?

निर्वाचन कार्यक्रम शुरु भइसक्यो, दलको तयारी खै ?

काठमाडौं । आगामी फाुगन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको चुनावका लागि निर्वाचन आयोगले तोकेको...

कृषिउपज ढुवानीमा पालिकैपिच्छे कर : नउठाउन अर्थ मन्त्रालयको परिपत्र

कृषिउपज ढुवानीमा पालिकैपिच्छे कर : नउठाउन अर्थ मन्त्रालयको परिपत्र

काठमाडौं । अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा कुनै पनि कर...

भिजिट भिसामा हजुर ! भिजिट भिसामा !

भिजिट भिसामा हजुर ! भिजिट भिसामा !

काठमाडौं । पूर्ववर्ती सरकारका पालामा भएको ‘भिजिट भिसा प्रकरण’ एउटा चर्चित ‘स्क्यान्डल’ हो ।...

कांग्रेस सांसद चालिसेविरुद्ध भ्रष्टाचारको मुद्दा

कांग्रेस सांसद चालिसेविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष...