बार र बेञ्च मिल्दा न्यायालयप्रति जनआस्था कायम हुन्छ : प्रधानन्यायाधीश राउत

८ पुष २०८२

बार र बेञ्च मिल्दा न्यायालयप्रति जनआस्था कायम हुन्छ : प्रधानन्यायाधीश राउत

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बार र बेञ्च मिलेर न्याय सम्पादनमा अथक प्रयास गर्दा न्यायालयप्रति जनआस्था कायम हुने बताएका छन् ।

‘सामाजिक रूपान्तरण र समृद्धिः न्यायपालिका र बारको जनआस्थामा अभिवृद्धि’ नाराका साथ ‘बार दिवस–२०८२’ को उपलक्ष्यमा काठमाडौँ उपत्यकाका बार एशोसिएशनद्वारा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले यस्तो बताएका हुन्‌ ।

यथार्थ कुरा नबुझी सार्वजनिक स्थलमा अदालतका विषयमा कानून व्यवसायीले गलत टिप्पणी गरेर जनमानसमा भ्रम फैलाउन नहुने भन्दै राउतले गरिमा कायम गर्न ध्यान दिन पनि आग्रह गरे ।

‘पदमा रहेका व्यक्तिले जिम्मेवारपूर्वक धारणा राख्नुपर्छ, कानुन व्यवसायीले गलत धारणाका आधारमा प्रभावित पार्ने कार्य गर्नु उचित हुँदैन, न्यायपरिषद् र संवैधानिक इजलासको संरचना प्रधानन्यायाधीशले मात्रै केही गर्न सक्दैन, अदालतको जनआस्था भनेको अदालतको प्राण हो, यसका लागि विश्वास आर्जन गर्नुपर्छ’, उनले भने ।

प्रधानन्यायाधीश राउतले प्रतिबद्ध भएर मात्रै परिणाम दिन सकिने भन्दै विश्वास जन्माउन परिणाम दिनैपर्नेमा जोड दिए । उनले थपे, ‘जनआस्था भनेको विश्वास हो, अहिले देशमा विश्वास धर्मराएको छ, बार र बेञ्च मिलेर विस्वास र जनआस्था कायम राख्नुपर्छ, निष्ठापूर्वक काम गर्दा मात्रै विश्वास जन्मिन्छ ।’

सामाजिक सञ्जालमा अदालतप्रति पचाउनै नसक्ने अभिव्यक्ति सार्वजनिक भएको भन्दै प्रधानन्यायाधीश राउतले सबै मिलेर नेपाली समाजभित्रको विकृति-विसङ्गति  समाधान गुर्नपर्ने बताए ।

‘जिम्मेवारीमा रहेको व्यक्तिले संयमता र बुद्धिपूर्ण निर्णय गर्नुपर्छ, एआइ, सूचना प्रविधिको दुरुपयोग अदालतका लागि अत्यन्तै चुनौतीपूर्ण छ । सरकारमा बसेकालाई एआइको दुरुपयोगले पनि समस्या छ, अरूलाई पीडा दिएर रमाउने समाज छ, यसमा ध्यान दिनु आवश्यक छ, कानून व्यवसायी पेसालाई मर्यादित बनाउने कुरामा बारले ध्यान दिनुपर्छ, अदालत र प्रधानन्यायाधीशले के गर्नुपर्छ भन्नुस्, निष्ठा डगमगाउँदा प्रतिष्ठाले कुनै काम गर्दैन, असल अभ्यास र सुकर्मले निष्ठा कायम हुन्छ, धनदौलतले निष्ठा किन्न पाइँदैन’, प्रधानन्यायाधीश राउतले भने ।

सम्बन्धित खवर

निर्वाचनको मुखमा कांग्रेस फुट्दा कानूनी सकस, फागुन २१ को चुनाव नसरे एउटा पक्षले स्वतन्त्र उम्मेदवार उठाउनुपर्ने

निर्वाचनको मुखमा कांग्रेस फुट्दा कानूनी सकस, फागुन २१ को चुनाव नसरे एउटा पक्षले स्वतन्त्र उम्मेदवार उठाउनुपर्ने

काठमाडौँ । अन्तिम घडीमा आएर कुनै जादुमय सहमति जुटेन भने अब नेपाली कांग्रेस लगभग...

रविलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने गृहकार्य

रविलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने गृहकार्य

काठमाडौँ । रवि लामिछानेविरुद्ध विभिन्न अदालतमा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाहरु फिर्ता...

संस्थापनले गगन र विश्वप्रकाशलाई निष्काशन गरेपछि काङ्ग्रेस विभाजित

संस्थापनले गगन र विश्वप्रकाशलाई निष्काशन गरेपछि काङ्ग्रेस विभाजित

काठमाडौँ । विशेष महाधिवेशन आयोजना गरेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई संस्थापन पक्षले निष्काशन...

आधार र मतदाता परिचयपत्र जन्म मितिको ठोस प्रमाण होइन : मध्य प्रदेश उच्च अदालत

आधार र मतदाता परिचयपत्र जन्म मितिको ठोस प्रमाण होइन : मध्य प्रदेश उच्च अदालत

भारत । भारतको मध्यप्रदेश उच्च अदालतले एउटा महत्त्वपूर्ण फैसला सुनाउँदै सेवासम्बन्धी मामिलाहरूमा आधार कार्ड...