टेकुमा अपहरण : पीडितको सकुशल उद्धार, तीन जना पक्राउ

जस नेपाल

१३ फागुन २०८२

टेकुमा अपहरण : पीडितको सकुशल उद्धार, तीन जना पक्राउ

काठमाडौँ । अपहरण गरी काठमाडौँको टेकुस्थित रोडलाइन खाल्से होटलमा राखिएका एक व्यक्तिलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले विशेष सूचनाको आधारमा सोमबार राति करिब ९ बजे अपहरणमा परेका पूर्णबहादुर बोहरालाई उद्धार गरेको हो ।

बोहराको अपहरण गरेको आरोपमा सोही होटलबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ का फपेन्द्र न्यौपाने, जुम्लाको तिला गाउँपालिका–८ का धनराज बस्नेत र कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ का शिवबहादुर घर्ती रहेका छन् ।

प्रहरीले घटनास्थलबाट विभिन्न तीन थान मोबाइल, एक राउण्ड गोली र एक थान चेकसमेत बरामद गरेको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

याे पनि – बाटोमा भेटिएको नागरिकता बोकेर यत्रो ठगी !

सम्बन्धित खवर

युद्धमा एआईको ताण्डव : अन्तरराष्ट्रिय मानवीय कानूनको भविष्य कता ?

युद्धमा एआईको ताण्डव : अन्तरराष्ट्रिय मानवीय कानूनको भविष्य कता ?

काठमाडौँ । अमेरिका–इजरायल गठबन्धनले इरानको परमाणु कार्यक्रम रोक्न भन्दै फेब्रुअरी अन्तिम सातादेखि युद्ध छेडेको...

राजस्व अनुसन्धानका पूर्वडीजी अधिकारीले लिएको ७० लाख घुसमा १० व्यक्ति र बैंकसमेत जोडिए

राजस्व अनुसन्धानका पूर्वडीजी अधिकारीले लिएको ७० लाख घुसमा १० व्यक्ति र बैंकसमेत जोडिए

काठमाडौँ । राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीले लिएको ७० लाख रुपैयाँ घुस...

कांग्रेसको आधिकारिकता विवाद पेसी हेर्न नभ्याइनेमा

कांग्रेसको आधिकारिकता विवाद पेसी हेर्न नभ्याइनेमा

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादको मुद्दा पेशी हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च...

डीएसपी उमाशंकर यादवको नियति : असारमा सम्मान, फागुनमा छानबिन

डीएसपी उमाशंकर यादवको नियति : असारमा सम्मान, फागुनमा छानबिन

काठमाडौँ । आफ्नो नाता पर्नेहरूलाई निर्वाचन प्रहरीका रूपमा भर्ना गराएर तालिम नदिई ड्युटीमा पनि...