बयानका लागि शुक्रबार उपस्थित हुन पूर्वगृहमन्त्री लेखकलाई आयोगको पत्र

८ पुष २०८२

बयानका लागि शुक्रबार उपस्थित हुन पूर्वगृहमन्त्री लेखकलाई आयोगको पत्र
काठमाडौ‌ं । भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सञ्चार माध्यमलाई दिएकाे जानकारीअनुसार लेखकलाई शुक्रवार बयान दिन उपस्थित हुन पत्र पठाइएको हो । आयोगले सो घटनासँग सम्बन्धित अधिकांश व्यक्तिहरूको बयान लिइसकेको र अन्तिम चरणमा लेखकसहित पूर्व धानमन्त्री केपी शर्मा ओलीको पनि बयान लिने तयारी गरिरहेको छ ।
अध्यक्ष कार्कीका अनुसार पूर्वप्रधानमन्त्री ओलीलाई पनि औपचारिक पत्रमार्फत बयानका लागि बोलाउने आयोगको तयारी छ ।
आयोगले भदौ २३ र २४ गते भएका घटनाको सम्पूर्ण तथ्य संकलन गरी निष्कर्षमा पुग्ने तयारी गरिरहेको सेतोपाटीले लेखेको छ ।

सम्बन्धित खवर

निर्वाचनको मुखमा कांग्रेस फुट्दा कानूनी सकस, फागुन २१ को चुनाव नसरे एउटा पक्षले स्वतन्त्र उम्मेदवार उठाउनुपर्ने

निर्वाचनको मुखमा कांग्रेस फुट्दा कानूनी सकस, फागुन २१ को चुनाव नसरे एउटा पक्षले स्वतन्त्र उम्मेदवार उठाउनुपर्ने

काठमाडौँ । अन्तिम घडीमा आएर कुनै जादुमय सहमति जुटेन भने अब नेपाली कांग्रेस लगभग...

रविलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने गृहकार्य

रविलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने गृहकार्य

काठमाडौँ । रवि लामिछानेविरुद्ध विभिन्न अदालतमा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाहरु फिर्ता...

संस्थापनले गगन र विश्वप्रकाशलाई निष्काशन गरेपछि काङ्ग्रेस विभाजित

संस्थापनले गगन र विश्वप्रकाशलाई निष्काशन गरेपछि काङ्ग्रेस विभाजित

काठमाडौँ । विशेष महाधिवेशन आयोजना गरेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई संस्थापन पक्षले निष्काशन...

आधार र मतदाता परिचयपत्र जन्म मितिको ठोस प्रमाण होइन : मध्य प्रदेश उच्च अदालत

आधार र मतदाता परिचयपत्र जन्म मितिको ठोस प्रमाण होइन : मध्य प्रदेश उच्च अदालत

भारत । भारतको मध्यप्रदेश उच्च अदालतले एउटा महत्त्वपूर्ण फैसला सुनाउँदै सेवासम्बन्धी मामिलाहरूमा आधार कार्ड...