काठमाडौं शहरको भवन निर्माण मापदण्ड परिवर्तन, सहकारी र नगर प्रहरी ऐन पनि संशोधन

११ पुष २०८२

काठमाडौं शहरको भवन निर्माण मापदण्ड परिवर्तन, सहकारी र नगर प्रहरी ऐन पनि संशोधन

काठमाडौं । मेयर बालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार काठमाडौं महानगरपालिकाको नगरसभा सम्पन्न भएको छ । करिब एक घण्टा बसेको नगरसभाले सर्वसम्मत रुपमा केही कानून र मापदण्डहरु परिवर्तन गरेको छ ।

महानगरपालिकाले नेपाल प्रहरीको संघीय ऐनलाई आधार मानेर २०८० सालमा बनाएको नगर प्रहरी ऐनलाई संशोधन गरेको छ । यसअघि प्रदेश लोकसेवाबाट नगर प्रहरीको पदपूर्ति हुने गरेकोमा अब यसलाई एकल अधिकारका रुपमा व्यवस्थापन गर्ने गरी १२ वटा बुँदाहरु संशोधन गरिएको महानगरपालिकाले जनाएको छ ।

महानगर प्रहरी बलमा विभिन्न तहहरुको व्यवस्थापन गरिएको छ । सहायक स्तर पहिलोदेखि बरिष्ठ उपरक्षक (अधिकृतस्तर १० औं तह) सम्म तहगत व्यवस्था गरिएको छ ।

विगतमा प्रदेश लोकसेवा आयोगबाट हुने गरेको पदपूर्तिको काम अब महानगरबाट गठित पदपूर्ति समितिले गर्ने संशोधित कानूनमा उल्लेख छ । संघीय लोकसेवा आयोग वा वागमती प्रदेश लोकसेवा आयोगले तोकेको प्रचलित मापदण्डका आधारमा पदपूर्ति समितिको सिफारिसका आधारमा तह वृद्धि गरिने भएको छ ।

नगर प्रहरी बल प्रमुखको हकमा सुशासन समितिको सिफारिसमा नगर कार्यपालिकाले नियुक्त गर्ने जनाइको छ ।

नगर प्रहरी बल स्थानीय तहको एकल अधिकार अन्तर्गत आइसकेको हुनाले महानगर प्रहरी बललाई अझ सक्षम बनाइने र हिजो प्रदेश लोकसेवाले गरिरहेको काम अब महानगरपालिकाको पदपूर्ति समितिबाट गर्ने महानगरले जनाएको छ ।

महानगर प्रहरी बलमा काठमाडौंका बासिन्दाले ४० प्रतिशत आरक्षण पाउने भएका छन् । सेना र प्रहरीको जस्तै भर्ना प्रक्रियाबाट नगर प्रहरीको पदपूर्ति गरिने र काठमाडौं महानगरबासीलाई ४० प्रतिशत आरक्षण दिइने महानगर स्रोतले बतायो ।

संशोधित नगर प्रहरी ऐनमा ‘लोक सेवा आयोगमा लेखी पठाउने र प्रदेश लोक सेवाले तोकेबनोजिम हुने’ भन्ने व्यवस्था हटेको छ ।

भवन निर्माणको मापदण्ड फेरियो

नेपाल सरकार भवन विभागले केही नीतिहरु परिमार्जन गरेको हुनाले त्यसैका आधारमा महानगरपालिकाले भवन मापदण्डमा पहिलो संशोधन गरेको छ ।

साविकको मापदण्डमा सिंगल र डबल बेसमेन्टको व्यवस्था गरिए पनि सिंगल बेसमेन्टको उचाई कति हुने र डबल बेसमेन्टको कति हुने भन्ने व्यवस्था थिएन । जसले गर्दा महानगरलाई नक्सा पास दस्तुर अथवा राजस्व संकलनमा कठिनाइ पर्दै आएको थियो ।

महानगरपालिकाले बनाएको नयाँ मापदण्डअनुसार अब होटल सञ्चालनका लागि कम्तिमा ६ मिटर चौडाइको बाटो हुनुपर्ने छ । त्यस्तै विद्यालय र अस्पतालका लागि ८ मिटर चौडाइको बाटो हुनैपर्ने मापदण्ड बनाइएको छ ।

त्यसैगरी अहिले अग्ला भवनहरुले जति तल्ला भए पनि वरिपरि ५ मिटर सेटब्याक छोड्नुपर्ने पुरानो मापदण्ड पनि परिवर्तन भएको छ । महानगरभित्र धेरै अग्ला अग्ला भवनहरु नक्सा पासका लागि निवेदन आइराखेको अवस्थामा अब भवनको हाइट अनुसारको सेटब्याक छाड्नुपर्ने नयाँ मापदण्ड बनेको छ ।

त्यसैगरी वातावरणीय अध्ययन नभइकन नक्सा पासका लागि दबावहरु आइरहेको भन्दै महानगरपालिकाले अब वातावरण अध्ययन स्वीकृत भएपछि मात्रै नक्सा पास गर्ने नीति पारित गरेको छ ।

यसैबीच नगरसभाले २०७४ सालमा संघीय सहकारी ऐनमा टेकेर बनाएको सहकारी ऐन पनि संशोधन गरेको छ ।

पुरानो ऐनमा टेकेर १९४४ वटा सहकारी संसाहरु महानगरलाई हस्तान्तरण भएकोमा ती सहकारीलाई नियमन र निगरानी गर्न ऐन संशोधन गरिएको हो ।

सम्बन्धित खवर

निर्वाचनको मुखमा कांग्रेस फुट्दा कानूनी सकस, फागुन २१ को चुनाव नसरे एउटा पक्षले स्वतन्त्र उम्मेदवार उठाउनुपर्ने

निर्वाचनको मुखमा कांग्रेस फुट्दा कानूनी सकस, फागुन २१ को चुनाव नसरे एउटा पक्षले स्वतन्त्र उम्मेदवार उठाउनुपर्ने

काठमाडौँ । अन्तिम घडीमा आएर कुनै जादुमय सहमति जुटेन भने अब नेपाली कांग्रेस लगभग...

रविलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने गृहकार्य

रविलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने गृहकार्य

काठमाडौँ । रवि लामिछानेविरुद्ध विभिन्न अदालतमा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाहरु फिर्ता...

संस्थापनले गगन र विश्वप्रकाशलाई निष्काशन गरेपछि काङ्ग्रेस विभाजित

संस्थापनले गगन र विश्वप्रकाशलाई निष्काशन गरेपछि काङ्ग्रेस विभाजित

काठमाडौँ । विशेष महाधिवेशन आयोजना गरेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई संस्थापन पक्षले निष्काशन...

आधार र मतदाता परिचयपत्र जन्म मितिको ठोस प्रमाण होइन : मध्य प्रदेश उच्च अदालत

आधार र मतदाता परिचयपत्र जन्म मितिको ठोस प्रमाण होइन : मध्य प्रदेश उच्च अदालत

भारत । भारतको मध्यप्रदेश उच्च अदालतले एउटा महत्त्वपूर्ण फैसला सुनाउँदै सेवासम्बन्धी मामिलाहरूमा आधार कार्ड...