जाँचबुझ आयोगले वैधता पायो, सर्वोच्चद्वारा रिट खारेज

११ पुष २०८२

जाँचबुझ आयोगले वैधता पायो, सर्वोच्चद्वारा रिट खारेज

काठमाडौं । भदौ २३ र २४ का घटनाहरुको जाँचबुझका लागि सरकारले गौरबहादुर कार्कीको अध्यक्षमा गठन गरेको जाँचबुझ आयोगले सर्वोच्च अदालतबाट समेत वैधता पाएको छ ।

आयोगको वैधानिकतामाथि प्रश्न उठाउँदै विपीन ढकालले गत कात्तिक १८ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । आयोगको खारेजीका लागि उत्प्रेषणको आदेश माग गर्दै परेको रिट शुक्रबार अदालतले खारेज गरिदिएको छ ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले उक्त रिट खारेज गरिदिएको हो । रिट खारेज भएसँगै अब आयोगको बैधानिकतामाथिको प्रश्न समाधान भएको छ ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा बनेको सरकारले जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको छानविनका लागि पूर्वन्यायायाधीश गौरीबहादुरको अध्यक्षतामा विज्ञानराज शर्मा र विश्वेश्वर प्रसाद भण्डारीको सदस्य रहेको समिति बनाएको थियो । समितिले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकबाहेक अन्यसँग लगभग वयान लिइसकेको छ ।

सर्वोच्च अदालतले शुत्रबार रिट खारेज गरेता पनि केही निर्देशनात्मक आदेशसमेत जारी गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौं । सर्वोच्च अदालतमा सरकार र जेनजी पुस्ताबीच भएको १० बुँदे सम्झौता असंवैधानिक भएको...

टेरामक्स प्रकरण : अख्तियारका टेलिकम्युनिकेसन विज्ञलाई बकपत्र गराउने विशेष अदालतको आदेश

टेरामक्स प्रकरण : अख्तियारका टेलिकम्युनिकेसन विज्ञलाई बकपत्र गराउने विशेष अदालतको आदेश

काठमाडौं । नेपाल टेलिकमको टेरामक्स (TERAMOCs) प्रविधि खरीदका सन्दर्भमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसमेत विरुद्ध परेको...

९ लाख मतदाता थपिए, फागुन २० गते १८ वर्ष पुग्‍ने मतदाताले भोट हाल्न पाउने

९ लाख मतदाता थपिए, फागुन २० गते १८ वर्ष पुग्‍ने मतदाताले भोट हाल्न पाउने

काठमाडौं । देशभर ९ लाख नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते...

चुनाव लाग्यो ! आजदेखि समानुपातिकको बन्दसूची पेस हुँदै

चुनाव लाग्यो ! आजदेखि समानुपातिकको बन्दसूची पेस हुँदै

काठमाडौं । फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका आइतबारदेखि औपचारिकरुपमा कार्यान्वयनमा आएको...