टेरामक्स प्रकरण : अख्तियारका टेलिकम्युनिकेसन विज्ञलाई बकपत्र गराउने विशेष अदालतको आदेश

१३ पुष २०८२

टेरामक्स प्रकरण : अख्तियारका टेलिकम्युनिकेसन विज्ञलाई बकपत्र गराउने विशेष अदालतको आदेश

काठमाडौं । नेपाल टेलिकमको टेरामक्स (TERAMOCs) प्रविधि खरीदका सन्दर्भमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसमेत विरुद्ध परेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टेलिकम्युनिकेशन विज्ञलाई बकपत्रका लागि झिकाउने आदेश दिएको छ ।

‘यसमा मिसिल संलग्न कागज प्रमाणहरु अध्ययन गरी हेरियो’ विशेष अदालतको आइतबारको आदेशमा भनिएको छ, ‘प्रस्तुत प्रणाली खरिद प्रक्रियासँग सम्बन्धित विषयको अनुसन्धानको क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट नियुक्त टेलिकम्युनिकेसन विज्ञ श्री केशव ज्ञवालीलाई बुझ्नुपर्ने देखिएकाले भौतिक रुपमा वा श्रव्यदृश्य माध्यम मार्फत उपस्थित गराई बकपत्रका लागि इजलास समक्ष पेस गर्नू ।’

यसअघि टेरामक्स प्रणाली खरिद प्रक्रिया रद्द गर्ने गरी नेपाल दुरसञ्चार प्राधिकरणबाट ०७६ बैशाख २० गते भएको निर्णय विरुद्ध पनि ठेकेदार कम्पनीका तर्फबाट मुद्दा परेको परेको थियो । अदालतमा परेको यससम्बन्धी मुद्दामा प्रतिवादी मध्येका Vanrise solutions SAL (Offshore) ले सर्वोच्च अदालतमा ०७६ जेठ २० मा दायर गरेको उत्प्रेषण रिट निवेदन (०७५-wo-१२३५ ) माथि सर्वोच्च अदालतबाट ०७८ बैशाख १४ गते भएको आदेशको प्रमाणितप्रति समेत विशेष अदालतले झिकाउने आदेश दिएको छ ।

विशेषको आदेशमा भनिएको छ, ‘प्रस्तुत विषयसँगै सम्बन्धित देखिएको ०६९-wo-२६८ नम्बरको रिट निवेदनमा भएको आदेशको प्रमाणित प्रतिलिपि सर्वोच्च अदालतबाट मगाउनू ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौं । सर्वोच्च अदालतमा सरकार र जेनजी पुस्ताबीच भएको १० बुँदे सम्झौता असंवैधानिक भएको...

९ लाख मतदाता थपिए, फागुन २० गते १८ वर्ष पुग्‍ने मतदाताले भोट हाल्न पाउने

९ लाख मतदाता थपिए, फागुन २० गते १८ वर्ष पुग्‍ने मतदाताले भोट हाल्न पाउने

काठमाडौं । देशभर ९ लाख नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते...

चुनाव लाग्यो ! आजदेखि समानुपातिकको बन्दसूची पेस हुँदै

चुनाव लाग्यो ! आजदेखि समानुपातिकको बन्दसूची पेस हुँदै

काठमाडौं । फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका आइतबारदेखि औपचारिकरुपमा कार्यान्वयनमा आएको...

भारतका प्रधान न्यायाधीशलाई प्रश्न- मेलमिलाप असफल भएको मुद्दा अदालतमै फर्कन्छ ?

भारतका प्रधान न्यायाधीशलाई प्रश्न- मेलमिलाप असफल भएको मुद्दा अदालतमै फर्कन्छ ?

काठमाडौं । नेपालमा अदालतद्वारा मध्यस्थता (Arbitration) को प्रयोग मुख्यत: मध्यस्थता ऐन २०५५, स्थानीय तहका...