राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

१४ पुष २०८२

राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु तीन लाख ५० हजार बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ ।

आयोगले मतदाता नामावली खरिदका लागि रु एक हजार, सवारी साधनमा रु ७० हजार, सवारी इन्धन रु १० हजार, प्रचारप्रसार सामग्रीमा रु १४ हजार ५०० खर्च गर्न पाउने गरी खर्चको सीमा निर्धारण गरेको छ ।

यसैगरी ढुवानी रु १० हजार, गोष्ठी अन्तरक्रियाका लागि रु एक लाख, अन्य प्रचारप्रसार, छापा एवम् विद्युतीय माध्यममा खर्च रु १४ हजार ५०० खर्च गर्न पाइनेछ । त्यस्तै कार्यालय सञ्चालन रु ७० हजार, प्रतिनिधि परिचालन रु ३० हजार र विविध शीर्षकमा रु ३० हजार खर्च गर्न पाउनेछन् । आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुँदैछ ।

उम्मेद्वारले खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी गर्नुपर्ने आयोगले जनाएको छ ।

निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार, आयोगमा पेस गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

निर्वाचन आचारसंहिता : मतदानदेखि मतगणनासम्म

निर्वाचन आचारसंहिता : मतदानदेखि मतगणनासम्म

काठमाडौं । फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीसँगै निर्वाचन आयोगले निर्वाचन...

आगामी निर्वाचनमा एआईले गर्न सक्ने धाँधली !

आगामी निर्वाचनमा एआईले गर्न सक्ने धाँधली !

काठमाडौं । निर्वाचन आयोग र सरकार आगामी निर्वाचनको तयारीमा जुट्दै गर्दा सामाजिक सञ्जालमा देखिन थालेका...

संसद विघटन र अदालतका फैसलामाथि प्रश्न

संसद विघटन र अदालतका फैसलामाथि प्रश्न

रमनकुमार श्रेष्ठ, बरिष्ठ अधिवक्ता  तथा पूर्वमहान्यायाधिवक्ता  हामी बार डे मनाउँदैछौं । यहाँहरुले शीर्षक याद...

निर्वाचन : यस्तो अवस्थामा हुनेछन् समानुपातिकका उम्मेदवार अयोग्य

निर्वाचन : यस्तो अवस्थामा हुनेछन् समानुपातिकका उम्मेदवार अयोग्य

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तय...