काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सौर्य ऊर्जालाई प्राथमिकता दिएर नयाँ मापदण्ड र कार्यविधि तयार गरिएको जानकारी दिएका छन् ।
मंगलबार काठमाडौंमा नेपाल सौर्य विधुत उत्पादक संघको २५ औं साधारणसभा उद्घाटन गर्दै मन्त्री घिसिङले सिंचाइका नहरहरुमा पनि सौर्य ऊर्जा राख्न सकिने गरि नयाँ मापदण्ड र कार्यविधि तयार गरेको र स्वीकृतिको चरणमा रहेको बताएका हुन् । मन्त्रीपरिषद्बाट स्वीकृत भइसकेपछि निजी क्षेत्रलाई सहभागी गराएर सिंचाइका नहरहरुमा सौर्य विद्युत उत्पादन गर्ने गरेर प्रक्रिया अगाडी बढाउने उनको भनाइ छ ।

त्यस्तै मन्त्री घिसिङले भारतसँग भएको विधुत खरिद सम्झौताका बारेमा भएका टिकाटिप्पणीप्रति असन्तुष्टि जनाएका छन् । विधुत ट्रेडिङलाई नबुझ्ने तर आफुहरुलाई विज्ञ सम्झने केहि नेता र पत्रकारहरुले विधुत सस्तोमा बेच्यो, महंगोमा किन्यो भन्दै आरोप लगाउने गरेको उनले बताए ।
विधुत खरिदका बिषयमा गलत तवरले चर्चा चल्ने गरेको उल्लेख गर्दै घिसिङले यसले नेपालको विद्युत व्यापारलाई सपोर्ट नगर्ने बताए ।

