राष्ट्रिय सभाका ४४ उम्मेदवारको जाँचबुझ सुरु

२४ पुष २०८२

राष्ट्रिय सभाका ४४ उम्मेदवारको जाँचबुझ सुरु

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिएका ४४ उम्मेदवारको जाँचबुझ सुरु गरेको छ ।

माघ ११ हुने निर्वाचनमा विभिन्न दलबाट र स्वतन्त्र गरी ४४ उम्मेदवारले मनोनयनपत्र दर्ता गरिसकेका छन्‌ । आयोगले आज (पुस २४) देखि पर्सीसम्म ती उम्मेदवारको जाँचबुझ गर्नेछ ।

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार आज दिनभर उम्मेदवारको विरुद्धमा उजुरी दिने समय हो । भोलि र पर्सी आयोगले मनोनयनपत्र र त्यसमा परेका उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित गर्नेछ ।

उम्मेदवारहरूले पुस २७ गते नाम फिर्ता लिन सक्नेछन्‌ । उक्त प्रकृया पूरा गरी आयोगले त्यही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।

अन्तिम नामावली प्रकाशन भएको भोलिपल्ट पुस २८ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने जानकारी आयोगले दिएको छ ।

उम्मेदवारको मनोनयनपत्रको विवरण :

सम्बन्धित खवर

राष्ट्रिय सभा अधिवेशन माघ ४ मा बोलाउन मन्त्रिपरिषद्‌को सिफारिस

राष्ट्रिय सभा अधिवेशन माघ ४ मा बोलाउन मन्त्रिपरिषद्‌को सिफारिस

काठमाडौँ । सरकारले राष्ट्रिय सभाको अधिवेशन माघ ४ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएको...

हर्क, बालेन र रेनुले राजीनामा नदिई चुनाव लडे के हुन्छ ?

हर्क, बालेन र रेनुले राजीनामा नदिई चुनाव लडे के हुन्छ ?

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते प्रत्यक्षतर्फ...

संविधानमा बाल हक, कानूनमा विदेशीलाई दान !

संविधानमा बाल हक, कानूनमा विदेशीलाई दान !

काठमाडौँ । हाम्रो राज्यसत्ता बालबालिकाप्रति कति अनुदार छ भन्ने तथ्य हेर्ने हो भने पुरानो...

बाँकेमा पहिलोपटक आमाको नामबाट वंशजको नागरिकता जारी

बाँकेमा पहिलोपटक आमाको नामबाट वंशजको नागरिकता जारी

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक नागरिकता प्रदान गरेको छ...