राष्ट्रिय सभाका ४४ उम्मेदवारको जाँचबुझ सुरु

२४ पुष २०८२

राष्ट्रिय सभाका ४४ उम्मेदवारको जाँचबुझ सुरु

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिएका ४४ उम्मेदवारको जाँचबुझ सुरु गरेको छ ।

माघ ११ हुने निर्वाचनमा विभिन्न दलबाट र स्वतन्त्र गरी ४४ उम्मेदवारले मनोनयनपत्र दर्ता गरिसकेका छन्‌ । आयोगले आज (पुस २४) देखि पर्सीसम्म ती उम्मेदवारको जाँचबुझ गर्नेछ ।

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार आज दिनभर उम्मेदवारको विरुद्धमा उजुरी दिने समय हो । भोलि र पर्सी आयोगले मनोनयनपत्र र त्यसमा परेका उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित गर्नेछ ।

उम्मेदवारहरूले पुस २७ गते नाम फिर्ता लिन सक्नेछन्‌ । उक्त प्रकृया पूरा गरी आयोगले त्यही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।

अन्तिम नामावली प्रकाशन भएको भोलिपल्ट पुस २८ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने जानकारी आयोगले दिएको छ ।

उम्मेदवारको मनोनयनपत्रको विवरण :

सम्बन्धित खवर

निर्वाचन : आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ प्राप्त

निर्वाचन : आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ प्राप्त

काठमाडौँ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८७ उजुरीका सम्बन्धमा राजनीतिक दल तथा...

निर्वाचनमा निषेधित कार्य गरे कारबाही गृहलाई आयोगको अनुरोध

निर्वाचनमा निषेधित कार्य गरे कारबाही गृहलाई आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँ कतै...

नेपालको संविधान र संवैधानिक अर्थशास्त्र

नेपालको संविधान र संवैधानिक अर्थशास्त्र

काठमाडौँ । सामान्यतः संविधानलाई देशको मूल राजनीतिक दस्तावेज मानिन्छ । तर, संविधानले राजनीतिक प्रणाली...

व्यक्तिको शासन कि कानूनको ? यसो भन्छन्‌ भारतीय न्यायाधीश

व्यक्तिको शासन कि कानूनको ? यसो भन्छन्‌ भारतीय न्यायाधीश

काठमाडौँ । परिवर्तनको हुटहुटीमा रहेका तर अपेक्षित प्रगति गर्न नसकेका, चुनावी लोकतन्त्रमा अभ्यस्त अधिकांश...