राष्ट्रियसभाको चुनावमा कांग्रेस–एमाले गठबन्धन, नेकपालाई शून्य !

११ माघ २०८२

राष्ट्रियसभाको चुनावमा कांग्रेस–एमाले गठबन्धन, नेकपालाई शून्य !

काठमाडौँ । विगतमा तत्कालीन नेकपा माओवादीले कहिले एमालेसँग त कहिले नेपाली कांग्रेससँग गठबन्धन गरेर राष्ट्रियसभामा आफूलाई सबैभन्दा ठूलो दल बनाएको थियो । तर, आइतबार सम्पन्न राष्ट्रियसभा चुनावमा एमाले र नेपाली कांग्रेसले गठबन्धन गर्दा प्रचण्ड र माधव नेपालको पार्टीले शून्य सिटमा चित्त बुझाउनुपरेको छ ।

नेपाली कांग्रेसले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्छ भनेका कांग्रेस सभापति गगन थापाले माघ ११ राष्ट्रियसभा चुनावमा नेकपा एमालेसँग गठबन्धन गरे, जसबाट कांग्रेसले माथ्लो सदनमा ८ जना सांसद थप्न सफल भएको छ ।

आगामी फागुन २१ देखि राष्ट्रियसभामा १९ सांसद रिक्त हुँदैछन् । यीमध्ये १८ सांसदका लागि आइतबार प्रदेशगत रुपमा चुनाव भएको थियो । जसमा, नेपाली कांग्रेसले ९ सांसद जितेको छ भने एमालेले ८ र जसपाले एक सीट जितेको छ ।

रिक्त हुने सांसदहरुमध्ये प्रचण्ड र माधव नेपाल नेतृत्वका नेकपाका ९ जना थिए । तर, आइतबारको चुनावबाट नेकपाले एकजना पनि जितेन ।

अर्को रोचक घटना के छ भने फागुन २१ मा पदावधि सकिन लागेका बेदुराम भुसाललाई नेकपा संयोजक प्रचण्डले आइतबार संसदीय दलको नेता चयन गरेका छन् ।

नेकपा एमालेको साथ पाएको कांग्रेसले राष्ट्रियसभामा ९ सांसद थप्यो । जबकि, यो चुनावमा कांग्रेसले एकजना पनि सांसद गुमाउनु परेको थिएन ।एमालेले फागुन २१ देखि ८ जना सांसद गुमाउन लागेको थियो । तर, आइतबारको चुनावमा उसले ८ जनालाई जिताएर सापो-नापो बराबर पारेको छ ।

जसपा र लोसपाले एक/एक सांसद गुमाउन लागेकोमा महन्थ ठाकुर जसपामा प्रवेश गरेर गठबन्धनबाट राष्ट्रियसभा सदस्य बन्न सफल भएका छन् । अर्थात् लोसपाले एक सांसद गुमाए पनि जसपाले आफ्नो सीट महन्थमार्फत् पूर्ति गरेको छ ।

नयाँ निर्वाचनपछि अब राष्ट्रियसभामा नेपाली कांग्रेस ठूलो दल बन्न सफल भएको छ । हाल १६ सांसद रहेको कांग्रेससँग अब राष्ट्रियसभामा २५ सांसद पुग्ने भएको छ ।

हाल पहिलो दलका रुपमा रहेको नेकपासँग राष्ट्रियसभामा २६ सिट रहेकोमा अब १७ सिटमात्र रहने छ । एमालेसँग अब राष्ट्रियसभामा पुराना २ र नयाँ ८ गरी १० सांसद रहने छन् ।

आइतबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत विभिन्न प्रदेशका नतिजा सार्वजनिक भएकाे छ । फागुन २१ देखि रिक्त हुने कुल १९ सिट मध्ये आइतबार १८ वटा सिटका लागि निर्वाचन भएकाे थियाे । निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेश सभा सद्स्यहरुले मतदान गरेका थिए । एक सीटमा धनकुटाका सुनील बहादुर थापा निर्विरोध निर्वाचित भएका थिए ।

निर्वाचनका लागि स्थानीय तहका प्रमुख र उप प्रमुखकाे मतभार १९ तोकिएकाे थियाे भने प्रदेश सभा सदस्यकाे मदभार ५३ थियाे । आइतबार बिहान ९ बजे  सुरु भएको मतदान ३ बजे सम्पन्न भएकाे थियाे  आयाेगका अनुसार कुल ९५.६८ प्रतिशत मत खसेकाे छ ।

राष्ट्रिय सभाको चुनावमा नेकपा एमाले र कांग्रेसले गठबन्धन गरेका थिए ।

कोशी प्रदेश

राष्ट्रिय सभामा कोशी प्रदेशबाट महिलातर्फ एमाले उम्मेदवार रोशनी मेचे र सोम पोर्तेल विजयी

कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनीलबहादुर थापा (निर्विरोध) भएका छन् भने एमालेका सोम पोर्तेल र रोशनी मेचे निर्वाचित भएका छन् । थापा प्रतिस्पर्धी उम्मेदवार मैदानबाट बाहिरिएपछि निर्विरोध निर्वाचित भएका हुन् भने बाँकी दुई सिटमा कांग्रेस–एमाले–जसपा गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

दलित समूहअन्तर्गत एमालेका पोर्तेल ७ हजार ४२३ मतभार पाउँदा महिलातर्फ एमालेकै रोशनी मेचे ७ हजार १७३ मतभार पाएकी हुन् । अन्य समूहतर्फ नेपाली कांग्रेसका नेपाली कांग्रेसका सुनील थापा यसअघि नै निर्विरोध निर्वाचित भएका हुन् ।

मधेश प्रदेश

मधेश प्रदेशमा महिलातर्फ एमालेकी रेखा झा र अल्पसंखयकतर्फ कांग्रेसका रञ्जित कर्ण, दलिततर्फ धर्मेन्द्र पासवान र अन्य कलष्टरतर्फ जसपाका महन्थ ठाकुर विजयी भएका छन् ।

महिलातर्फकी उम्मेदवार झाले ७ हजार २२२, अल्पसंखयक र दलिततर्फ कांग्रेसका कर्ण र पासवाले क्रमश ८ हजार ९३ र ७ हजार ९०४ मतभार प्राप्त गरेका हुन् । यता अन्य कलष्टरतर्फ जसपाका ठाकुरले ७ हजार ७२५ मतभार प्राप्त गरेकाे निर्वाचन आयाेगले जानकारी दिएकाे छ ।

बागमती प्रदेश

बागमतीबाट गीता देवकोटा (कांग्रेस) र डा. प्रेमप्रसाद दंगाल (एमाले) विजयी भएका छन् । महिला क्लस्टरमा देवकोटाले फराकिलो मतान्तरसहित जित हासिल गरिन् भने दंगालले अन्य समूहबाट विजय प्राप्त गरे । दुवै गठबन्धनका साझा उम्मेदवार हुन् ।

महिला क्लस्टरमा कांग्रेसकी देवकोटाले ६ हजार २३९ मतसहित निर्वाचन जितेकी हुन् । उनले प्रदेश सभा सदस्य तर्फ ६० र स्थानीय तहतर्फ १६१ मत पाइन् ।

अन्य क्लस्टरमा उम्मेदवार बनेका डा. दंगालले ६ हजार २०५ मत सहित निर्वाचन जितेका हुन् । उनले प्रदेश सभातर्फ ५९ मत र स्थानीय तहतर्फ १६२ मत पाए ।

गण्डकी प्रदेश

May be an image of one or more people

गण्डकीमा पनि दुवै सिटमा गठबन्धन उम्मेदवार विजयी भएका छन्। अन्य समूहबाट कांग्रेसका जगत तिमिल्सिना र महिला समूहबाट एमालेकी सम्झना देवकोटा निर्वाचित भएका हुन् । दुवै सिटमा नेकपाका उम्मेदवार पराजित भएका छन् । कांग्रेसका तिमिल्सिनाले प्रदेश सभातर्फ ४८ मत (२ हजार ५ सय ४४ मतभार) र स्थानीय तहतर्फ १ सय ३१ मत (२ हजार ४ सय ८९ मतभार) गरि जम्मा ५ हजार ३३ मतभार प्राप्त गरे भने एमालेकी देवकाेटाले ५ हजार १४ मतभार पाएकी छन् ।

लुम्बिनी प्रदेश

1140x725

लुम्बिनीका तीनै सिटमा कांग्रेस–एमाले–जसपा गठबन्धनका उम्मेदवारले विजय हासिल गरेका छन् । जित निकाल्नेमा महिला समूहमा एमालेकी रामकुमारी झाँक्री, अपांगता समूहमा कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’, र अन्य समूहमा कांग्रेसका चन्द्रबहादुर केसी विजयी भएका छन् ।

अपांगता समूहमा घिमिरेले ६ हजार ३२२ मत  प्राप्त गर्दा  खुलाबाट निर्वाचित केसीले ५ हजार ९७७ मत भार प्राप्त गरे भने महिला तर्फ रामकुमारी झाँक्रीले ६ हजार ३०३  मत भार प्राप्त गरी विजयी भएकी हुन् ।

लुम्बिनी प्रदेशमा कुल २८६ मत खसेको थियो ।

कर्णाली प्रदेश

कर्णालीबाट कांग्रेसका ललितजंग शाही र एमालेकी मिनासिंह रखाल निर्वाचित भएका छन् । अन्य क्लस्टर र महिला क्लस्टर दुवैमा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

कांग्रेसका शाहीले प्रदेशतर्फ २५ र स्थानीयतर्फ १०० मत गरि जम्मा ३ हजार २२५ भतभार  पाएका छन् भने एमालेकी रखालले प्रदेशसभातर्फ २६ र स्थानीय तह तर्फ ९३ मत गरी जम्मा ३ हजार १४५  पाएकी छिन् ।

कर्णालीमा कुल १९८ मतदाता सङ्ख्यामध्ये १९१ मत खसेको छ ।

सुदुरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेकी लीलाकुमारी भण्डारी र नेपाली कांग्रेसका खम्मबहादुर खाती विजयी भएका छन् । खातीले ३ हजार ९६९ मतभारत प्राप्त गरेका छन् भने भण्डारीले ३ हजार ९८४ मतभार प्राप्त गरिन् ।

सुदूरका २२४ मध्ये २२० मतदाता मतदानमा सहभागी भएका थिए । राप्रपाकी खेमादेवी बिष्ट,धनगढीका मेयर गाेपाल हमाल, कांग्रेसका प्रकाश देउवा र जाेशीपुर गाउँपालिकाकी उपाध्यक्ष रेखादेवी कठरीया मतदानमा सहभागी भएनन् ।

यो पनि–

सम्बन्धित खवर

निर्वाचन : आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ प्राप्त

निर्वाचन : आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ प्राप्त

काठमाडौँ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८७ उजुरीका सम्बन्धमा राजनीतिक दल तथा...

निर्वाचनमा निषेधित कार्य गरे कारबाही गृहलाई आयोगको अनुरोध

निर्वाचनमा निषेधित कार्य गरे कारबाही गृहलाई आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँ कतै...

नेपालको संविधान र संवैधानिक अर्थशास्त्र

नेपालको संविधान र संवैधानिक अर्थशास्त्र

काठमाडौँ । सामान्यतः संविधानलाई देशको मूल राजनीतिक दस्तावेज मानिन्छ । तर, संविधानले राजनीतिक प्रणाली...

व्यक्तिको शासन कि कानूनको ? यसो भन्छन्‌ भारतीय न्यायाधीश

व्यक्तिको शासन कि कानूनको ? यसो भन्छन्‌ भारतीय न्यायाधीश

काठमाडौँ । परिवर्तनको हुटहुटीमा रहेका तर अपेक्षित प्रगति गर्न नसकेका, चुनावी लोकतन्त्रमा अभ्यस्त अधिकांश...