काठमाडाैँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा नेकपाका तर्फबाट जाजरकोटका उम्मेदवार बनेका शक्ति बस्नेतसँग स्पष्टीकरण माग गरेको छ ।
आयोगका अनुसार माघ ६ गते प्राप्त उजुरीमाथि गरिएको छानबिनका क्रममा बाजागाजा बजाउँदै प्रचारप्रसार गरेको गतिविधि आचारसंहिता विपरीत देखिएपछि बस्नेतलाई स्पष्टिकरण सोधिएको हो । आयोगले जारी गरेको पत्रमा निर्वाचन कानूनअनुसार कारबाही किन नगर्ने भन्ने विषयमा कारण खुलाउन आग्रह गरिएको छ ।
आयोगले पत्र प्राप्त भएको मितिले तीन दिनभित्र स्वयं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालय जाजरकोट वा निर्वाचन आयोगमा स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।


