एपस्टीन फाइल : अदालतको शक्तिसामु हार्दैछन्‌ बलशाली

एपस्टीन फाइलमा नेपालको नाम ११८ पटक उधृत भएको छ । २०७२ को भूकम्पपछि चेक गणतन्त्रकी मोडेल Petra Nemcova ले एपस्टीनलाई इमेल गरेर नेपालका भूकम्प पीडित बालबालिकालाई सहयोग गर्न आग्रह गरेको रेकर्ड भेटिएको छ । एपस्टीनले कुनै अनाथालयलाई २ हजार डलर दान गरेको उल्लेख छ । पछि ५० हजार डलरको थप अनुरोध पनि आएको देखिन्छ । अर्को इमेलमा इजरायली मेडिकल न्यूजलेटरले एपस्टीनले नेपाल आएर १५ सयजनालाई उपचार गरेको दाबी गरेको छ । तथापि यो दाबी अप्रमाणित देखिन्छ ।

२८ माघ २०८२

एपस्टीन फाइल : अदालतको शक्तिसामु हार्दैछन्‌ बलशाली

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२५ नोभेम्बरमा ‘एपस्टीन फाइल ट्रान्सपरेन्सी एक्ट’ मा हस्ताक्षर गरे । त्यसैका आधारमा एपस्टीन फाइलहरु सार्वजनिक भए । अहिले यो विषयले संसारभरिका मिडियामा चर्चा पाएको छ । कतिपय देशमा यसको राजनीतिक प्रभावसमेत देखिन थालेको छ ।

एपस्टीन फाइलहरु अमेरिकाको ‘युएस डिपार्टमेन्ट अफ जस्टिस'(DOJ) को वेबसाइट justice.gov मा हेर्न सकिन्छ ।

भिडियो-

के हो एपस्टीन फाइल ?

एपस्टीन फाइल भनेको अमेरिकी अर्बपति तथा बाल यौन अपराधी जेफ्री एपस्टीन (Jeffrey Epstein) सँग सम्बन्धित लाखौं–करोडौं पृष्ठका सरकारी दस्तावेजहरु हुन् । जसमा इमेल, फोटो, भिडियो, अदालती रेकर्ड, फ्लाइट लग, साक्षीका वयानहरु र अनुसन्धान सामग्रीको विशाल संग्रह छ ।

यी फाइलहरू मुख्य रूपमा जेफ्री एपस्टीनको बाल यौन शोषण, नाबालिग बालिकाहरूको तस्करी र उच्चपदस्थ व्यक्तिहरूसँगको सम्बन्धबारे अमेरिकाको FBI, न्याय विभाग र विभिन्न अदालतहरूले संकलन गरेका हुन् ।

एपस्टीन फाइलमा विभिन्न देशका उच्च व्यक्तित्वहरूसँगको सम्बन्धका प्रमाणहरु उल्लेख छन् । जसले गर्दा संसारभर हलचल मच्चिएको छ । फाइलमा डोनाल्ड ट्रम्प, बिल क्लिन्टन, एलोन मस्क, बिल गेट्स, प्रिन्स एन्ड्र्यू र अन्य धेरै विश्व प्रसिद्ध व्यक्तिहरु, व्यापारी र सेलिब्रेटीहरूको नाम आएको छ ।

House Oversight Committee US President Donald Trump is pictured with a group of women in a photo released from the House Oversight Committee from the Epstein estate
एपस्टीन टापुमा किशोरी र युवतीहरूसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ।

सन् २०२४ को चुनावका बेला ट्रम्पले यी फाइलहरु सार्वजनिक गर्ने वाचा गरेका थिए। यसै अनुसार उनले २०२५ नोभेम्बरमा एपस्टीन फाइल्स ट्रान्परेन्सी एक्ट ( Epstein Files Transparency Act) मा हस्ताक्षर गरे र ऐन पारित भयो । त्यस लगत्तै २०२५ डिसेम्बरदेखि २०२६ जनवरी ३०सम्म ३० लाख भन्दा बढी पृष्ठहरु, २ हजार बढी भिडियो र १ लाख ८० हजार भन्दा बढी तस्बिरहरु अमेरिकी न्याय विभागको वेबसाइटबाट सार्वजनिक गरियो।

यी फाइलहरूले विश्वभरि राजनीतिक हलचल मच्चाएका छन् । केही देशमा शासकहरुको राजीनामाको मागका साथै अनुसन्धान र विवादहरू बाहिर आएका छन्। भारतीय मिडियामा समेत यसले तरंग ल्याएको छ । एपस्टीन फाइलमा नेपालको नाम ११८ पटक उधृत भएको छ ।

को थिए जेफ्री एपस्टीन ?

जेफ्री एपस्टीन अमेरिकी धनाढ्य थिए । सन् २००८ मा नाबालिगसँग यौन सम्बन्ध राखेको अभियोगमा उनी दोषी ठहरिएका थिए। तर, बीचैमा थुनामुक्त बनेका थिए ।

सन् २०१९ मा फेरि गिरफ्तार भएको केही समयपछि जेफ्री एपस्टीनको जेलमै मृत्यु भयो । उनले आत्महत्या गरेको भनिए पनि कतिपयले मारिएको हुन सक्ने आशंका गर्दै आएका छन् । जेफ्री एपस्टीनकी साथी घिसलेन म्याक्सवेल पनि दोषी ठहरिएकी छिन् । बेलायतकी पूर्वसमाजसेवी म्याक्सवेलले एपस्टीनको मतियारका रुपमा २० वर्षको जेल सजाय भोगिरहेकी छिन् ।

House Oversight Committee Trump pictured standing next to Epstein while talking to model Ingrid Seynhaeve at a party in 1997.
जेफ्री एपस्टीन; अमेरिकी राष्ट्रपति ट्रम्प र मोडल इन्ग्रीड सेइनहेभको बीचमा ।

अमेरिकी न्याय विभागले सार्वजनिक गरेको एपस्टीन फाइलमा बाल यौन अपराधी एपस्टीनको विभिन्न व्यक्तिहरुसँगको सम्पर्क सूची, उनको निजी विमान Lolita Expressको यात्रा रेकर्ड,पीडितहरूको बयान, इमेल,टेक्स्ट मेसेज र हजारौं फोटो अनि भिडियोहरुका साथै (केही आपत्तिजनक सामग्री पनि छन् ।)

नेपालबारे एपस्टीन फाइलमा के छ ?

एपस्टीन फाइलहरूमा नेपालको पनि चर्चा छ । तर, यो कुनै अपराध, यौन शोषण, तस्करी वा पीडितसँग जोडिएको छैन।

अमेरिकी न्याय विभागको एपस्टीन लाइब्रेरीमा रहेका फाइलहरु हेर्दा नेपालको नाम ११८ पटक उल्लेख भएको देखिन्छ । जसमा मुस्ताङको राजाको चर्चा छ ।

हयात होटल चेनका पूर्वअध्यक्ष थोमस प्रिट्जकर (Thomas Pritzker) ले एपस्टीनलाई इमेलमा “King of Mustang” लाई आफ्नो “personal friend” भनेका छन्। यद्यपि यो विषय कुनै अपराधसँग जोडिएको छैन।

त्यसैगरी कार्पेट व्यापारको सन्दर्भ पनि नेपालसँग जोडिएको छ । एपस्टीनले ५१ हजार डलरको हातले बुनेको नेपाली कार्पेट किन्न खोजेको विषय फाइलमा उल्लेख छ। न्यूयोर्कको Stark Carpet कम्पनीका Tenzing Nepali ले एपस्टीनसँग भेटेर कार्पेट बेच्ने प्रयास गरेको इमेल/रेकर्डमा देखिन्छ ।

त्यस्तै २०७२ को भूकम्पपछि चेक गणतन्त्रकी मोडेल Petra Nemcova ले एपस्टीनलाई इमेल गरेर नेपालका भूकम्प पीडित बालबालिकालाई सहयोग गर्न आग्रह गरेको रेकर्ड भेटिएको छ । एपस्टीनले कुनै अनाथालयलाई २ हजार डलर दान गरेको उल्लेख छ । पछि ५० हजार डलरको थप अनुरोध पनि आएको देखिन्छ ।

On 3 February 2024 in Sani Bheri Rural Municipality in Rukum West District, students of the Shree Saraswati Higher Secondary School observing a Transitional Learning Centre being constructed on the premises with UNICEF support.

अर्को इमेलमा इजरायली मेडिकल न्यूजलेटरले एपस्टीनले नेपाल आएर १५ सयजनालाई उपचार गरेको दाबी गरेको छ । तथापि यो दाबी अप्रमाणित देखिन्छ ।

एपस्टीनका एसोसिएटहरूले नेपाल र तिब्बतका नवजात शिशुहरूको आन्द्राको ब्याक्टेरिया (gut microbiome) अध्ययन गरेर “longevity” (लामो आयु) को रहस्य खोज्ने “Project Endobiotica” जस्तो योजना बनाएको पनि इमेलमा भेटिएको छ ।

त्यस्तै, नेपाली मूलका केही व्यक्तिहरूको सीभी वा जागिर आवेदनसमेत एपस्टीन फाइलमा भेटिएका छन् ।

सारमा भन्नुपर्दा- एपस्टीन फाइलमा भेटिएका कुनै पनि डकुमेन्टहरु नेपालको राजनीतिक नेतृत्व, राजपरिवारका सदस्य, उद्योगपति, सेलिब्रेटी वा नेपाली बालिकाहरूसँग यौन शोषण वा तस्करीसँग जोडिएको पाइँदैन । यसबाट सामाजिक सञ्जालमा भाइरल भएका ‘नेपालबाट केटी सप्लाई’ जस्ता दाबीहरू अतिरञ्जित र फेक प्रमाणित हुन्छन् ।

एपस्टीन फाइलमा भारतका को-को जोडिए ?

एपस्टीन फाइलहरूमा “India”, “Indian”, “Modi”, “Ambani” जस्ता शब्दहरू बारम्बार आएका छन् । मुख्य रूपमा व्यवसायिक सल्लाह, राजनीतिक कनेक्सन, इमेल/मेसेज का सन्दर्भमा यी नामहरु आएका हुन्। तर कुनै पनि भारतीय व्यक्तिलाई यौन शोषण, तस्करी वा अपराधमा प्रत्यक्ष जोडिएको प्रमाण छैन । यो मुख्य रूपमा एपस्टीनको ग्लोबल एलिट नेटवर्क मात्र हो।

सन् २०२५–२०२६ को रिलिज अनुसार भारतका अनिल अम्बानीले २०१७–२०१९ सम्म एपस्टीनसँग इमेल/आईमेसेज आदान-प्रदान गरेको देखिन्छ । जसमा अम्बानीले एपस्टीनलाई ट्रम्प प्रशासनका जारेड कुश्नर, स्टिभ ब्यानन जस्ता व्यक्तिसँग जोड्न आग्रह गरेका थिए।

मोदी सरकार वा निकट व्यक्ति ले ट्रम्प सर्कलसँग कनेक्सन मागेको र मोदीको २०१७ को इजरायल भ्रमणबारे छलफल भएको जस्ता म्यासेजहरु फाइलमा समावेश छन् । एपस्टीनले अम्बानीलाई “tall Swedish blonde” व्यवस्था गर्ने प्रस्ताव गरेको पनि उल्लेख छ ।

त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि फाइलहरुमा नाम आएको छ, तर कुनै अपराधसँग जोडिएको छैन। एपस्टीनले एक इमेलमा लेखेका थिए- मोदीले इजरायल भ्रमणमा “his advice” लिएर “danced and sang” गरे ट्रम्पको फाइदाका लागि। यो एपस्टीनको आफ्नै दाबी हो तर प्रमाणित छैन।

मोदीको नाम अम्बानीका म्यासेजहरुमा पनि अप्रत्यक्ष रूपमा आएको छ। भारतीय विदेश मन्त्रालयले यसलाई खारेज गरेको छ। मोदी सरकारले एपस्टीन फाइलहरूमा कुनै प्रत्यक्ष सम्बन्ध अस्वीकार गरेका छन् ।

भारतका पूर्वकूटनीतिज्ञ एवं अहिलेका बीजेपी नेता हर्दिप सिंह पुरीको पनि एपस्टीनसँग केही सन्दर्भ र इमेल उल्लेख छ । तर, यसबारे विस्तृत विवरण दिइएको छैन ।

त्यस्तै, भारतीय-अमेरिकी लेखक एवं वेलनेस गुरु दीपक चोपराको नाम पनि एपस्टीन फाइलमा उल्लेख छ ।

चोपराले एपस्टीनसँग इमेलबाट सम्पर्क गर्नुका साथै इजरायलका विषयमा पनि छलफल चलेको तर कुनै अपराधसँग नजोडिएको देखाइएको छ ।

भारतीय-अमेरिकी फिल्ममेकर Zohran Mamdani की आमा मीरा नायर सन् २००९ मा घिस्लेन म्याक्सवेलको पार्टीमा गएको फाइलहरुमा उल्लेख छ । बलिउड निर्देशक अनुराग कश्यपको पनि एपस्टीन फाइलमा नाम छ ।

डोनाल्ड ट्रम्प र एपस्टीन बीचको सम्बन्ध के हो ?

एपस्टीन फाइलहरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम करिब तीन हजार पटकसम्म उल्लेख भएको छ । सन् १९९० देखि २००० को सुरुमा ट्रम्प र एकस्टाइनबीच सामाजिक र व्यवसायिक सम्बन्धसँग जोडिएको देखिन्छ । तर कुनै पनि प्रमाणित आपराधिक आरोपहरु भने ट्रम्पमाथि लगाउनुपर्ने आधार देखिँदैन ।

सन् २०२६ जनवरी ३० मा जारी गरिएको साढे तीन सय मिलियन पृष्ठहरूको एपस्टीन फाइलले ट्रम्पको सम्बन्धलाई कुन रुपमा देखाएको छ ? आउनोस् यसको चर्चा गरौँ-

१. उडान रेकर्ड : ट्रम्पले एपस्टीनको निजी विमान Lolita Express मा सन् १९९० मा कम्तीमा ७ पटक यात्रा गरेका थिए । यसअघि ट्रम्पले ‘म कहिल्यै एपस्टीनको विमानमा चढिनँ’ भन्ने दाबी गर्दै आएका थिए ।

२. सामाजिक सम्बन्ध, भोज तथा इमेल : सन् २००२ मा ट्रम्पले New York Magazine को इन्टरभ्यूमा एपस्टीनलाई ‘ट्यारिफ गाई’ “terrific guy” का साथै ‘अ लट अफ फन टु बी विथ’ (A lot of fun to be with) भनेर प्रशंसा गरेको एपस्टीन फाइलमा देखिन्छ ।

फाइलहरूमा ट्रम्प, एपस्टीन, घिस्लेन म्याक्सवेल र मेलानिया ट्रम्प (तत्कालीन ट्रम्पकी प्रेमिका) सँगका सन् २००० तिरका तस्बिर पनि देखिएका छन् ।

मिडियामा एक पीडितको FBI बयानमा उल्लेख भए अनुसार म्याक्सवेलले एपस्टीनलाई ट्रम्पको पार्टीमा सहभागी गरेकी थिइन् र “He likes you” भनेकी थिइन् । FBI को National Threat Operations Center मा आएका टिपहरूमा ट्रम्पमाथि यौन दुराचारका आरोपहरू छन् तर ती आरोप प्रमाणित छैनन् ।

एपस्टीनले सन् २०२० मा इमेलमार्फत ट्रम्पलाई उनका गतिविधिबारे जानकारी भएको दाबी गरेको पनि फाइलहरुमा उल्लेख छ, तर ट्रम्पले त्यसलाई अस्वीकार गरेका छन्। फाइलहरूमा एपस्टीनका इमेलहरू छन् जसमा ट्रम्पको नीति, राजनीति वा परिवारबारे गसिप वा न्यूज आर्टिकलहरु सेयर गरिएका छन्। ट्रम्पका पूर्वसल्लाहकार स्टिभ ब्याननले एपस्टीनसँग ट्रम्पबारे इमेलहरु आदान-प्रदान गरेको उल्लेख छ।

त्यस्तै, २०११ मा एपस्टीन र म्याक्सवेलले ट्रम्पको Mar-a-Lago मा काम गर्ने एक महिलाको आरोपबारे योजना बनाएको पनि इमेल फेला परेको छ। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एपस्टीनसँगका सबै सम्बन्धहरु अस्वीकार गरेको र उनले एपस्टीनसँग दशकौँ अघि नै सम्बन्ध तोडेको दाबी पनि फाइलहरुमा पाइन्छ ।

तर, कागजातहरुले ट्रम्प र एपस्टीनको पुरानो मित्रता भने स्पष्टरुपमा देखाएको छ, जसमा सामाजिक पार्टीहरू, उडानहरू र सम्पर्कहरु समावेश छन् । यही सम्पर्कका आधारमा एपस्टीनका अपराधहरूमा ट्रम्पको संलग्नताको भने प्रमाणित हुँदैन । ट्रम्प र एपस्टीनबीचको सम्बन्ध पुरानै भएता पनि फाइलहरूका आधारमा भन्दा यो सम्बन्ध एलिट सर्कलबीचको सामान्य उठबस जस्तो मात्र देखिन्छ ।

House Oversight Committee An image of former US President Clinton, standing alongside several others including Epstein and Maxwell.
एपस्टीन लगायतसँग अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन ।

अब एपस्टीन फाइलमा अमेरिकाका क-कसको चर्चा गरिएको छ , त्यो हेरौँ –

एपस्टीन फाइलहरू मा अमेरिका धेरै व्यक्तिहरूको नाम उल्लेख छ । किनभने यो फाइल मुख्य रूपमा अमेरिकी अनुसन्धान (FBI, DOJ र अदालत)हरूबाट आएको हो ।

एपस्टीन फाइल ट्रान्सपरेन्सी एक्ट अन्तर्गत २०२५/२०२६ मा जारी गरिएका ३.५ मिलियन पृष्ठ, हजारौं इमेल, फोटो, भिडियो र रेकर्डहरूमा अमेरिकी राजनीतिज्ञ, अरबपति, सेलिब्रेटी, व्यवसायीहरूको नाम छ ।

तर, नाम आउनु नै दोषी हुनु होइन। धेरैजसो सम्बन्धहरु सामाजिक/व्यवसायिक सम्बन्ध, उडान रेकर्ड, पार्टी, इमेल वा अनावश्यक आरोपसँग सम्बन्धित देखिन्छन् । फाइलहरूबाट एपस्टीन र घिसलेन बाहेक कुनै पनि प्रमुख अमेरिकी व्यक्तिलाई नयाँ अपराधी प्रमाणित गरिएको छैन ।

फाइलमा देखिएका मुख्य अमेरिकी नामहरूमा डोनाल्ड ट्रम्प, बिल क्लिन्टन, बिल गेट्स, एलोन मस्क, स्टिभ ब्यानन, लरी समर्स जस्ता व्यक्तिहरुको नाम एपस्टीनसँग जोडिएको देखिन्छ ।

अपराध नै अपराध

जेफ्री एपिस्टिनको टापु (Little Saint James) र उनको अन्य सम्पत्तिहरूसँग सम्बन्धित अदालतका कागजातहरू र “एपिस्टिन फाइलहरू” का अनुसार, त्यहाँ मुख्यतया मानव बेचबिखन र यौन शोषणसँग सम्बन्धित गम्भीर अपराधहरू भएको उल्लेख छ।

ती फाइलहरूका अनुसार मुख्य अपराधहरूलाई यसरी वर्गीकरण गर्न सकिन्छ :

१. यौन बेचबिखन (Sex Trafficking) : यो एपिस्टिन विरुद्धको सबैभन्दा प्रमुख आरोप र अपराध थियो। उनले किशोरी र युवतीहरूलाई एक ठाउँबाट अर्को ठाउँमा (विशेष गरी आफ्नो निजी टापुमा) यौन शोषणका लागि ओसारपसार गर्ने गर्थे। यसमा ‘गिसलेन म्याक्सवेल’ जस्ता सहयोगीहरूले केटीहरूलाई लोभ्याउने र भर्ती गर्ने काम गर्थे।

२. नाबालिगमाथिको यौन दुर्व्यवहार (Sexual Abuse of Minors) : फाइलहरूमा १४ वर्षदेखि १८ वर्ष मुनिका धेरै किशोरीहरूलाई टापुमा ल्याई यौन शोषण गरिएको बयानहरू छन्। ती किशोरीहरूलाई “मसाज” गर्ने बहानामा बोलाइने र पछि जबरजस्ती यौन क्रियाकलापमा संलग्न गराइने गरिएको थियो।

३. जबरजस्ती र धम्की (Coercion and Intimidation) : धेरै पीडितहरूले आफूलाई टापुबाट बाहिर निस्कन नदिइएको वा डर र धम्कीका कारण त्यहाँ बस्न बाध्य पारिएको बताएका छन्। टापुको एकान्त वातावरणलाई पीडितहरूलाई मानसिक र शारीरिक रूपमा नियन्त्रणमा राख्न प्रयोग गरिएको थियो।

४. वेश्यावृत्तिमा संलग्न गराउने (Procuring for Prostitution) : २००८ को सुरुवाती फैसलामा पनि एपिस्टिनलाई “वेश्यावृत्तिका लागि नाबालिग उपलब्ध गराएको” र “वेश्यावृत्तिमा प्रोत्साहन गरेको” अभियोगमा दोषी ठहर गरिएको थियो।

५. षड्यन्त्र (Conspiracy) : उपलब्ध फाइलहरू केलाउँदा यो कुनै एक व्यक्तिको मात्र काम नभएर एउटा संगठित सञ्जाल रहेको देखाउँछ । जसमा विभिन्न प्रभावशाली व्यक्तिहरूलाई खुसी पार्न वा ब्ल्याकमेल गर्नका लागि युवतीहरूको प्रयोग गरिएको आरोपहरू पनि समावेश छन् ।

एपस्टीन फाइलहरू भित्र धेरै प्रभावशाली व्यक्तिहरूको नाम पनि उल्लेख छ, तर नाम हुनुको अर्थ ती सबै अपराधी नै हुन् भन्ने हुँदैन । ती फाइलहरूमा साक्षीहरूको बयान, उडानको विवरण र अनुसन्धानका रिपोर्टहरू समावेश छन् ।

This photo shows girls smiling for a photo taken on Jeffrey Epstein's Little St. James Island in 2006. (Photo: Southern District of New York)

आदरणीय पाठक वृन्द !

कतिपय विवादास्पद मानिसहरुसँग तपाईले उठबस गर्नुभएको छ ? उनीहरुसँग सार्वजनिक समारोहमा भेट गर्ने, फोटो खिच्ने वा इन्टरनेटको माध्यमबाट सम्पर्क गर्नसभएको छ भने विचार गर्नुहोला, अपराधीहरुको डिजिटल रेकर्ड कुनै पनि बेला एपस्टीन फाइल जसरी नै सार्वजनिक हुन सक्छ । यो एपस्टीन फाइल प्रकरणबाट सिक्नुपर्ने पहिलो पाठ हो ।

जेफ्री एपस्टीनको संसारका शक्तिशाली मान्छेसँग सम्पर्क सम्बन्ध थियो । आफ्नै निजी विमान थियो । तर, जति नै शक्तिशाली भए पनि अमेरिकी अदालतका सामु कसैको केही लागेन । यसले न्यायालयको शक्ति कति हुन्छ भन्ने देखाएको छ । यसबाट नेपालको अदालतले पनि सिक्न सक्छ, सिक्नु पर्छ । एपस्टीन फाइल प्रकरणबाट सिक्नुपर्ने यो दोस्रो पाठ हो ।

संसारमा कानून र न्याय भन्दा शक्तिशाली कोही छैन । अपराधिक व्यक्तिको अन्त्य एक दिन जेफ्री एपस्टीनकै जसरी हुन्छ ।

यो पनि-

जब ठगहरुले देशलाई दुःख दिन्छन्…

सम्बन्धित खवर

न्यायिक प्रतिष्ठान : न्यायाधीशलाई पढाउने घर

न्यायिक प्रतिष्ठान : न्यायाधीशलाई पढाउने घर

काठमाडौँको मनमैजुमा एउटा भव्य सरकारी भवन छ । यो भवनमा देशैभरिका न्यायाधीश, सरकारी वकील...