सुरक्षा नपुगेको भन्दै सर्लाही जिल्ला अदालत बारद्वारा कामकाज ठप्प

जस नेपाल

२२ माघ २०८२

सुरक्षा नपुगेको भन्दै सर्लाही जिल्ला अदालत बारद्वारा कामकाज ठप्प

सर्लाही । सर्लाही जिल्ला अदालतमा कार्यरत कानुन व्यवसायीको सुरक्षा नपुगेको भन्दै जिल्ला अदालत बार एसोसिएसन, सर्लाहीले असन्तुष्टी जनाएको छ । गत माघ १४ गते अदालत परिसरमै भएको भनिएको अभद्र व्यवहार र धम्कीप्रति आपत्ति जनाउँदै बारले सुरक्षा सुनिश्चित नभएसम्म अदालतमा उपस्थित भई कुनै पनि कामकारबाही नगर्ने निर्णय गरेको हो ।

बार एसोसिएसनका अनुसार मिटिङका क्रममा केही व्यक्तिहरूले कानुन व्यवसायीहरूमाथि शारीरिक तथा मानसिक दबाब सिर्जना गर्ने, अपमानजनक व्यवहार गर्ने र धम्की दिने कार्य गरेका थिए। यस घटनाले कानुन व्यवसायी, सहकर्मी र सेवाग्राहीको सुरक्षा जोखिममा परेको बारको भनाइ छ ।

बारले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै तत्काल सुरक्षा प्रत्याभूति नदिए कडा विरोधका कार्यक्रमसमेत गर्ने चेतावनी दिएको छ ।

विज्ञप्ति पनि हेर्नुहाेस् –

सम्बन्धित खवर

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार भन्छन्– सरकारी सञ्चार माध्यमले आजदेखि सरकारको गुणगान गाउनुपर्दैन

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार भन्छन्– सरकारी सञ्चार माध्यमले आजदेखि सरकारको गुणगान गाउनुपर्दैन

काठमाडौँ । सरकारी सञ्चार माध्यम भन्नाले गोरखापत्र, राइजिङ नेपाल, रेडियो नेपाल, नेपाल टेलिभिजन र...

संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ सुरक्षित राख्न सम्पादकहरूको साझा जोड (फोटो फिचर)

संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ सुरक्षित राख्न सम्पादकहरूको साझा जोड (फोटो फिचर)

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले मुलुकका प्रमुख सञ्चारमाध्यमका समाचार...

राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको...

‘मिडियालाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान बलियो हुन सक्दैन’

‘मिडियालाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान बलियो हुन सक्दैन’

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मिडिया क्षेत्रलाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान...