कानून व्यवसायी महिलाहरूको ३२औं राष्ट्रिय सम्मेलन चैत ६ र ७ मा, कार्यपत्र आह्वान

१ फागुन २०८२

कानून व्यवसायी महिलाहरूको ३२औं राष्ट्रिय सम्मेलन चैत ६ र ७ मा, कार्यपत्र आह्वान

फाइल फोटो ।

काठमाडौँ । नेपालका कानून व्यवसायी महिलाहरूको ३२ औं राष्ट्रिय सम्मेलन आउँदो चैत ६ र ७ गते आयोजना गर्न लागिएको छ । नेपाल बार एशोसिएशनले भक्तपुरमा सम्मेलन आयोजना गर्ने भएको हो ।

‘महिलाको समानुपातिक समावेशीता परिवर्तित र न्यायपूर्ण समाजको सुनिश्चितता’ मूल नारा रहने सम्मेलन निम्ति बारले सबै बार एशोसिएशन र कानून व्यवसायी महिला समितिहरूलाई पत्राचार गरेको छ ।

सम्मेलनमा संवैधानिक, देवानी, फौजदारी, वाणिज्य/कर्पोरेट, न्यायमा पहुँच, व्यवसायिक पेशागत हक हित र कार्यविधि कानून गरी विभिन्न सात विषयका कार्यपत्रमाथि छलफल गरिने बारले जानकारी दिएको छ । सम्मेलनमा छलफल हुने उल्लेखित विषयका कार्यपत्र लेखन निम्ति बारले आह्वान गरेको छ ।

सम्मलेन व्यवस्थापन गर्न बारले एशोसिएशनहरूलाई महिला कानून व्यवसायीहरूको संख्या तथा सम्पर्क नम्बर सहितको विवरण २०८२ फागुन मसान्तभित्र अनिवार्य रूपमा उपलब्ध गराउन भनेको छ ।

सम्मेलनमा सहभागी हुन पाँच वर्षसम्मका (नवोदित) कानून व्यवसायीहरूलाई एक हजार, १० वर्षसम्मका कानून व्यवसायीलाई १५ सय, २० वर्षसम्मकालाई दुई हजार र २० वर्षभन्दा माथिका कानून व्यवसायीलाई २५ सय रुपैयाँ सहभागिता रजिष्ट्रेशन शुल्क तोकिएको छ ।

वरिष्ठ अधिवक्ताहरूले तीन हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले जानकारी दिएका छन् ।

सम्मेलनबारे बारको पत्राचार :

सम्बन्धित खवर

प्रसूति बिदामा दुई सन्तानको सीमा हटाउन माग गर्दै सर्वोच्चमा परेको त्यो रिट

प्रसूति बिदामा दुई सन्तानको सीमा हटाउन माग गर्दै सर्वोच्चमा परेको त्यो रिट

काठमाडौँ । के, हामीलाई मन परेन भन्दैमा सगरमाथाको स्थान परिवर्तन गर्न कानून बनाउन सक्छौँ...

सर्वोच्चको व्याख्या : बिहेका लागि केटी भगाउँदा ‘मानव बेचबिखन’ ठहरिँदैन

सर्वोच्चको व्याख्या : बिहेका लागि केटी भगाउँदा ‘मानव बेचबिखन’ ठहरिँदैन

काठमाडौँ । समाजमा बिहेबारीसम्बन्धी अनेक खालका घटना सुनिन्छन् । कसैले प्रेमिकालाई भगाएर बिहे गर्‍यो...

जेनजी आन्दोलनमा पत्नी मारिएपछि एक भारतीयले गरे १०० करोड मागदाबी, दिल्ली हाईकोर्टले भन्यो– नेपालको घटनामा के गर्ने ?

जेनजी आन्दोलनमा पत्नी मारिएपछि एक भारतीयले गरे १०० करोड मागदाबी, दिल्ली हाईकोर्टले भन्यो– नेपालको घटनामा के गर्ने ?

काठमाडौँ। गत भदौमा पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका भारतीय नागरिक रणबीर सिंह गोलाले श्रीमतीको...

रेशमको उम्मेदवारी खारेजीविरुद्धको रिटमा सर्वोच्चले भन्यो – ‘अन्तरिम आदेश दिनुपर्ने देखिएन’

रेशमको उम्मेदवारी खारेजीविरुद्धको रिटमा सर्वोच्चले भन्यो – ‘अन्तरिम आदेश दिनुपर्ने देखिएन’

काठमाडौँ । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले दायर गरेको रिट निवेदनमा...