हर्मुजमा कानून तोडिँदा संसारका भुईँमान्छेले चुकाइरहेको मूल्य !

जस नेपाल

४ चैत २०८२

हर्मुजमा कानून तोडिँदा संसारका भुईँमान्छेले चुकाइरहेको मूल्य !

काठमाडौँ । काठमाडौँका साँघुरा गल्लीहरूमा अहिले एउटा असहज दृश्य दोहोरिँदैछ । मानिसहरू ग्यास सिलिन्डर समातेर लामो लाइनमा उभिएका छन् । धेरैजसो आधा ग्यास मात्र भरेर फर्किरहेका छन् । यही हप्ता पेट्रोलको मूल्य फेरि प्रतिलिटर १५ रुपैयाँले बढेको छ । डिजेल र मट्टितेल पनि महँगिएका छन् ।

नेपाल मात्र होइन, भारत र एसियाका धेरै ठाउँमा उही कथा छ – खाली पेट्रोल पम्प, हतारमा किनमेल र हरेक परिवारलाई चस्स दुखाउने आकस्मिक खर्च ! कारण हजारौं किलोमिटर टाढा छ – स्ट्रेट अफ हर्मुज नामको साँघुरो मार्ग, जहाँबाट दक्षिण एसियाली मुलुकमा इन्धन आउने गर्छ ।

स्ट्रेट अफ हर्मुज विश्व ऊर्जा आपूर्तिको प्रमुखमध्ये एक मार्ग हो । विश्वको करिब २० प्रतिशत तेल र ठूलो परिमाणमा एलएनजी (तरल प्राकृतिक ग्यास) यही समुद्री बाटोबाट ढुवानी हुने गरेको छ ।

फेब्रुअरी २०२६ को अन्त्यतिर अमेरिका–इजरायल गठबन्धनको आक्रमण झेलेपछि इरानले यही मार्गमा कडा नियन्त्रण सुरु गर्‍यो । रेडियो चेतावनी दिइयो, ‘थप सूचना नआएसम्म कुनै जहाज पास गर्न पाइँदैन ।’

केही दिनमै अवस्था झन् गम्भीर बन्यो । जहाज आवतजावत ७० देखि ९० प्रतिशतले घट्यो । ट्याङ्करहरू टाढै रोकिए र तेलको मूल्य आकस्मिक रूपमा १०० अमेरिकी डलर प्रतिब्यारेल नाघ्यो । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले आपतकालीन भण्डार खोल्नुपर्‍यो ।

के इरानलाई यस्तो गर्ने अधिकार छ ?

सरल भाषामा भन्नुपर्दा – छैन ।

हर्मुज जलडमरु बन्द गरे इरानी कदम धेरै अन्तर्राष्ट्रिय कानूनको उल्लंघन हो । इरानले कानूनी रूपमा स्ट्रेट अफ हर्मुजमा यसरी रोक लगाउन मिल्दैन ।

स्ट्रेट अफ हर्मुज ‘अन्तर्राष्ट्रिय समुद्री मार्ग’ हो । हरेक देशका जहाजहरूले प्रयोग गर्ने साँघुरो समुद्री मार्ग; जसले खुला महासागर (वा विशेष आर्थिक क्षेत्र) को एक भागलाई अर्कोसँग जोड्छ ।

यसका मुख्य नियमहरू सन् १९८२ को समुद्री कानूनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि जसलाई संयुक्त राष्ट्रसङ्घीय समुद्री कानून सन्धि (UNCLOS) भनिन्छ । यस विषय महासन्धिको भाग तीन (धारा ३७–४४) मा उल्लेख छ ।

धारा ३७ ले कुन समुद्री मार्ग अन्तर्राष्ट्रिय हुन्छ भनेर परिभाषित गर्छ । ती, जुन खुला समुद्र (वा विशेष आर्थिक क्षेत्र) का दुई भागबीच अन्तर्राष्ट्रिय आवतजावतका लागि प्रयोग हुन्छन् । स्ट्रेट अफ हर्मुज ठीक यस्तै मार्ग हो ।

उल्लेखित सन्धिको धारा ३८ ले ट्रान्जिट पासेजको अधिकार दिन्छ । यस धारा अनुसार सबै जहाज र विमानहरूलाई ट्रान्जिट पासेजको अधिकार छ, जसलाई रोक्न सकिँदैन ।

यस महासन्धिको धारा ४४ सबैभन्दा बलियो संरक्षण हो । यसमा स्पष्ट लेखिएको छ – तटीय राज्यहरूले “ट्रान्जिट पासेजलाई बाधा पुर्‍याउनुहुँदैन” र “ट्रान्जिट पासेजलाई निलम्बन गर्न सकिँदैन ।”

यसको अर्थ के हो भने इरान वा ओमानजस्ता तटीय राज्यहरूले युद्धको अवस्थामा समेत यो मार्ग बन्द गर्न पाउँदैनन् । तर इरान किन फरक दाबी गर्छ त ?

इरानले (UNCLOS) मा हस्ताक्षर गरेको भए पनि अनुमोदन गरेको छैन । त्यसैले उसले “ट्रान्जिट पासेज होइन, इनोसेंट पासेज मात्र लागू हुन्छ” भन्ने तर्क गर्छ । तर यो तर्क व्यापक रूपमा अस्वीकार गरिएको छ । किनभने ट्रान्जिट पासेज अहिले प्रचलित अन्तर्राष्ट्रिय कानून (customary law) बनिसकेको छ, जसले सबै देशलाई बाध्य बनाउँछ, चाहे उनीहरू सन्धिमा सहमत होउन्‌ या नहोउन्‌ ।

फेब्रुअरी यताको सकस

फेब्रुअरी २८, २०२६ : अमेरिका-इजरायल आक्रमण सुरु भएपछि केही घण्टामै इरानको क्ष्च्न्ऋ ले ख्ज्ँ रेडियोमा चेतावनी दियोस् “थप सूचना नआएसम्म कुनै पनि जहाज पास गर्न पाइँदैन ।”

मार्च २ मा इरानियन रिभोल्युस्नरी गार्ड कर्प्स (आइआरजीसी) का वरिष्ठ सल्लाहकारले जलडमरू “बन्द” घोषणा गरे र पास गर्ने जहाज “जलाउने” चेतावनी दिए । इरानले चाहिँ उक्त जलडमरु खुला रहेको, तर शत्रुहरूका लागि बन्द रहेको  तर हाम्रा शत्रुहरूका लागि बन्द रहेको आधिकारिक भनाइ सार्वजनिक गरेको छ ।

त्यसयता इरानले कम्तीमा १६-२० वटा तटस्थ नागरिक व्यापारी जहाजहरू (थाइल्याण्ड, जापान, मार्शल आइल्यान्ड्स आदि झन्डा भएका) मा मिसाइल, ड्रोन र प्रोजेक्टाइल प्रहार गरेको छ । उदाहरण : मार्च ११ मा थाई बल्क क्यारियर हिट भयो । मार्च १७ मा फुजैराह नजिक अर्को ट्याङ्कर हिट भयो ।

यी तटस्थ जहाज र चालक दल युद्धका पक्ष होइनन् । यी आक्रमणहरूले युद्धको समयमा नागरिक वस्तु लक्षित गर्न नपाइने नियम तोडेका छन् । १९०७ को हेग कन्भेन्सन र सान रेमो म्यानुअलले यस्तो कार्यलाई स्पष्ट रूपमा सीमित गरेका छन् । UKMTO ले स्पष्ट भनिसकेको छ – होर्मुज बन्द गर्ने रेडियो चेतावनीहरू कानूनी रूपमा वैध छैनन् ।

अन्तर्राष्ट्रिय न्यायालयको कोर्फु च्यानल केस (१९४९) ले पनि एउटा महत्वपूर्ण सिद्धान्त स्थापित गर्छ; संकटको अवस्थामा पनि अन्तर्राष्ट्रिय जलमार्ग एकतर्फी रूपमा बन्द गर्न पाइँदैन ।

युद्धमा पनि नियम हुन्छ

इरानले आफ्नो कदमलाई युद्धको प्रतिक्रिया (countermeasure) भनेर व्याख्या गरेको छ । तर अन्तर्राष्ट्रिय कानूनले त्यसमाथि पनि सीमा लगाएको छ ।

जस्तै; काउन्टरमेजरहरू हिंसात्मक हुन पाउँदैनन्, तिनीहरू समानुपातिक हुनुपर्छ र विश्वव्यापी दायित्व (जस्तै – पारवहन स्वतन्त्रता) उल्लंघन गर्न पाइँदैन । यही कारणले ट्रान्जिट पासेजलाई “lex specialis” मानिन्छ, अर्थात् यसलाई कुनै बहानामा रोक्न मिल्दैन ।

इरानले दिइरहेको रेडियो धम्की, तटस्थ जहाजमाथि आक्रमण र बारुदी सुरुङको धम्की प्रचलित कानून, युद्धकालीन नियम र राज्य उत्तरदायित्व सिद्धान्त सबैअन्तर्गत अवैध छन् । यो विश्व ऊर्जा आपूर्तिलाई बन्धक बनाउने कार्य हो ।

यसको मूल्य साधारण मानिसहरूले चुकाउनु परिरहेको छ । नेपालमा ग्यास कोटा प्रणालीमा बाँडिँदैछ । भारतमा होटलहरूमा ग्यास अभाव छ । एसियाभर उद्योग सुस्त छन्, ढुवानी महँगिएको छ ।

अन्तर्राष्ट्रिय कानूनले युद्ध रोक्न नसक्ला, तर युद्धलाई सीमित गर्न भने बनाइएको हो । कुनै देशले पनि विश्वको ऊर्जा आपूर्ति रोक्न, तटस्थ जहाजहरूमा आक्रमण गर्न, वा नागरिक जीवनलाई बन्धक बनाउन कानूनी अधिकार राख्दैन ।

जबसम्म होर्मुज खुल्दैन, त्यसको असर काठमाडौँदेखि टोकियोसम्म महसुस भइरहनेछ । त्यो मूल्य अन्ततः हामीजस्ता साधारण मानिसहरूले तिर्नेछौँ ।

यो पनि –

ग्यास नपाएका उपभोक्ताको अधिकार कहाँ छ ?

सम्बन्धित खवर

जोन अस्टिन : कानुनी दर्शनका पिता, आदेशात्मक सिद्धान्तका जनक

जोन अस्टिन : कानुनी दर्शनका पिता, आदेशात्मक सिद्धान्तका जनक

जबसम्म हामी “कानुन के हो ?” भन्ने प्रश्नको सामना गर्छौं, तबसम्म विधिशास्त्रलाई बेवास्ता गर्न...

कम्पनी सेवा अब स्थानीय तहबाटै, CAMIS प्रणालीमार्फत सनाखत सुविधा विस्तार

कम्पनी सेवा अब स्थानीय तहबाटै, CAMIS प्रणालीमार्फत सनाखत सुविधा विस्तार

काठमाडौँ । कम्पनी स्थापना, सञ्चालन र खारेजी सम्बन्धी सेवाहरूलाई थप सहज बनाउने उद्देश्यले अब...

सुकुमबासी नचिन्ने बालेन सरकारको १८ बुँदे ‘वर्गीय’ प्रतिवद्धता !

सुकुमबासी नचिन्ने बालेन सरकारको १८ बुँदे ‘वर्गीय’ प्रतिवद्धता !

काठमाडौँ । बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि सरकारले १०० बुँदे शासकीय सुधारसम्बन्धी कार्यसूची सार्वजनिक गरेको...

एआईलाई प्रश्न- बालेन सरकार ‘फासीवादी’ बन्न सक्छ ?

एआईलाई प्रश्न- बालेन सरकार ‘फासीवादी’ बन्न सक्छ ?

काठमाडौँ । पछिल्लो समय मान्छेभन्दा एआई बुद्धिमान छ भनेर कतिपयले दाबी गर्छन् । तर,...