नक्कली वकीलले २६ वटा मुद्दा जितेपछि…

जस नेपाल

२९ साउन २०८३

नक्कली वकीलले २६ वटा मुद्दा जितेपछि…

काठमाडौँ । वकील बन्न पक्कै पनि सजिलो छैन । वर्षौँसम्म कानूनका किताब पढेर, आवश्यक योग्यता पूरा गरेर र त्यसपछि पनि लाइसेन्स परीक्षा उत्तीर्ण गरेपछि मात्र कोही कानून व्यवसायी बन्न सक्छ ।

अदालतमा बहस गर्ने कुरा त झन् सामान्य होइन । त्यहाँ जो कोहीले गएर बहस गर्न पाउँदैन । त्यसका लागि निश्चित योग्यता र कानुनी लाइसेन्स आवश्यक पर्छ ।

किनकि कानून  व्यवसाय भनेको ज्ञान, तर्क र बौद्धिक क्षमताको बलमा मुद्दा लडिने पेशा हो । तर आज हामी एउटा यस्तो घटनाको चर्चा गर्दैछौँ, जसले तपाईंलाई अचम्मित बनाउन सक्छ ।

यो घटना हो-केन्याको ।

केन्यामा केही वर्षअघि एक व्यक्ति वकीलको लाइसेन्सबिनै अदालतमा मुद्दा लडिरहेको आरोपमा पक्राउ परे । उनको नाम थियो-ब्रायन मेवेन्डा ।

अझ रोचक कुरा के थियो भने, उनीमाथि आफू वास्तविक वकील भएको देखाउन अर्का वकील ब्रायन मेवेन्डा न्ट्विगाको पहिचान प्रयोग गरेको आरोप लागेको थियो ।

सन् २०२३ मा यो घटना सार्वजनिक भएपछि केन्यामा मात्रै होइन, सामाजिक सञ्जाल मार्फत विश्वभर व्यापक चर्चा भयो । कारण थियो-आरोपित व्यक्तिले लामो समयसम्म आफूलाई वकीलका रूपमा प्रस्तुत गरेको र अदालतमा विभिन्न मुद्दामा बहस गरेको विवरण ।

त्यसपछि उनी ‘फेक वकील’का रूपमा चर्चामा आए ।

तर घटनालाई अझै रोचक बनाउने अर्को दाबी थियो-उनले दर्जनौँ मुद्दा जितिसकेका थिए । अन्तराष्टिय सञ्चार माध्यमहरुका अनुसार उनले २६ वटा मुद्दा जितिसकेका थिए ।

अब प्रश्न उठ्यो-कानुनी योग्यता नै नभएको भनिएको व्यक्तिले अदालतमा पुगेर मुद्दा कसरी लडे ? उनले आफूलाई वकीलका रूपमा कसरी प्रस्तुत गरे ? अदालतले उनलाई कसरी वकीलका रूपमा स्वीकार गर्‍यो ? अनि, उनले वास्तवमै केही मुद्दामा सफलता पाएका थिए भने त्यो कसरी सम्भव भयो ?

घटना सार्वजनिक भएपछि केन्याको Law Society of Kenya ले मेवेन्डामाथि कानुनी पेशाको वैधानिकता उल्लंघन गरेको आरोप लगायो । सरकारी अभियोजन पक्षले पनि घटनाको अनुसन्धान अघि बढाउने बतायो । तर आरोप सार्वजनिक हुँदैमा सबै उनको विपक्षमा उभिएनन् ।  केन्याको Central Organisation of Trade Unions ले उनलाई ‘brilliant young mind’ भन्दै समर्थन गरेको थियो । नैरोबीका पूर्व गभर्नर माइक सोन्को पनि उनको पक्षमा उभिए ।

सोन्कोले सार्वजनिक गरेको एउटा भिडियोमा मेवेन्डा भनिएका व्यक्तिले आफूलाई समर्थन गर्नेहरूलाई धन्यवाद दिँदै आफू निर्दोष रहेको दाबी गरेका थिए । आफूविरुद्धको विषय अफवा भएको र समय आएपछि वास्तविकता स्पष्ट हुने उनको भनाइ थियो ।

सोन्कोले उनका आलोचकहरूलाई कटाक्ष गर्दै उनी न हत्यारा भएको र न आतंकवादी भएको समेत बताएका थिए । तर कानूनको नजरमा भने विषय त्यति सरल थिएन ।

केन्याका Director of Public Prosecutions ले प्रहरीलाई घटनाको विस्तृत अनुसन्धान गर्न निर्देशन दिएका थिए । कानुनी योग्यता नभएका व्यक्तिले आफूलाई अदालतमा वकीलका रूपमा प्रस्तुत गर्ने घटना बढ्दै गएको भन्दै त्यस्ता गतिविधिमाथि अनुसन्धान आवश्यक रहेको बताइएको थियो ।

त्यसैले ‘ब्रायन मेवेन्डा प्रकरण’ एउटा व्यक्तिले नक्कली पहिचान प्रयोग गरेको आरोपमा मात्र सीमित रहेन । यसले अदालतमा वकीलको पहिचान र योग्यता कसरी प्रमाणित गरिन्छ भन्ने गम्भीर प्रश्न उठायो ।

कानुनी पेशामा प्रवेश गर्ने व्यक्तिको योग्यता र लाइसेन्स कसरी जाँच हुन्छ ? अदालतमा बहस गर्न आउने व्यक्ति वास्तवमै वकील हो भन्ने सुनिश्चित कसरी गरिन्छ ? र सबैभन्दा महत्वपूर्ण कुरा-कुनै व्यक्ति वकील नै होइन भने ऊ लामो समयसम्म अदालतभित्र वकीलका रूपमा कसरी प्रस्तुत हुन सक्छ ?

सन् २०२३ मा सार्वजनिक भएको यो घटना त्यसैले कानुनी दुनियाँको एउटा रोचक प्रकरणका रूपमा चर्चामा आयो ।

किनकि अन्ततः यो कथा एउटा व्यक्तिले नक्कली परिचय प्रयोग गरेको आरोपको मात्रै कथा थिएन । यो अदालतको प्रणाली, कानून व्यवसायको नियमन र वकीलको पहिचानमाथि उठेको एउटा असाधारण प्रश्न पनि थियो । र यही घटनाको सबैभन्दा चाखलाग्दो पक्ष हो-यदि ब्रायन मेवेन्डा वास्तवमै ‘फेक वकील’ थिए भने, उनी यति लामो समयसम्म अदालतसम्म कसरी पुगे ?

स्राेत : बीबीसी

सम्बन्धित खवर

अदालतमा आज – मधेसका पूर्वमन्त्रीविरुद्ध मुद्दा, अभियन्ता केसी हिरासतमा, कर अधिकृत पक्राउ

अदालतमा आज – मधेसका पूर्वमन्त्रीविरुद्ध मुद्दा, अभियन्ता केसी हिरासतमा, कर अधिकृत पक्राउ

काठमाडौँ । पछिल्लो समय विभिन्न तहका न्यायालयहरु मुद्दामामिलाको छिनोफानोमा सक्रिय बनेका छन् । अर्कोतर्फ...

सरकारका सबै सेवा अपाङ्गमैत्री बनाउने घोषणा

सरकारका सबै सेवा अपाङ्गमैत्री बनाउने घोषणा

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारका सबै सेवा अपाङ्गमैत्री बनाउने घोषणा गरेका छन्‌...

बैङ्किङ क्षेत्रका दुई ऐन संशोधन गर्ने घोषणा

बैङ्किङ क्षेत्रका दुई ऐन संशोधन गर्ने घोषणा

काठमाडौँ । सरकारले बैङ्किङ क्षेत्रका दुई ऐन संशोधन गर्ने घोषणा गरेको छ । संघीय...

आगामी बजेट सवा २१ खर्बको, प्रदेश र स्थानीय तहलाई कति ? (पूर्णपाठ)

आगामी बजेट सवा २१ खर्बको, प्रदेश र स्थानीय तहलाई कति ? (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ...