मैनाबत्ती हत्या प्रकरण : ५४ दिनदेखि अनुसन्धान मात्रै, पत्ता लागेन दोषी

जस नेपाल

११ चैत २०८२

मैनाबत्ती हत्या प्रकरण : ५४ दिनदेखि अनुसन्धान मात्रै, पत्ता लागेन दोषी
सिरहा । गत माघ १६ गते सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती खोला किनारमा भएको एक हत्या घटनाका दोषी प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । खेत जोतिरहेका बेला सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेका थिए ।
मृतक यादवका दुई नाबालक छोरा छन् । घरको मुख्य सहाराकै हत्यापछि परिवार बिचल्लीमा परेको छ । कक्षा १० मा अध्ययनरत जेठो छोरो रामजनम यादवले आफ्नो र भाइको भविष्य अन्योलमा परेको बताए । “हाम्रो सहारा बुवा नै हुनुहुन्थ्यो, अब हाम्रो भविष्य अन्योलमा परेको छ”,  उनले भने ।
घटनाको ५४ दिन बितिसक्दा पनि मुख्य दोषीको पहिचान हुन नसक्दा पीडित परिवारमा निराशा र आक्रोश बढेको छ । मृतकका भाइ अभयनाथ यादवले प्रहरी अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै भने, “प्रहरीले अनुसन्धान भइरहेको छ मात्रै भन्छ, तर अहिलेसम्म दोषी पत्ता लागे नलागेका बारेमा कुनै जानकारी दिन सकेको छैन ।”
प्रहरीले सुरुमा घटनाका प्रत्यक्षदर्शी रामविलास यादव र रामप्रसाद महरालाई नियन्त्रणमा लिएर सोधपुछ गरे पनि २३ दिनपछि उनीहरूलाई रिहा गरेको थियो । पीडित पक्षले हत्यामा संलग्नलाई यथाशीघ्र कारबाही गरी न्यायको माग गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वासुदेव पाठकले घटनाको अनुसन्धान भइरहेको बताए। उनका अनुसार हालसम्म शङ्कास्पद १४ जनालाई अनुसन्धानको दायरामा ल्याएर सोधपुछ गरिएको छ ।
प्रहरीले यस घटनाको गम्भीरतालाई हेरेर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)सँगको समन्वयमा अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरी उपरीक्षक पाठकले भने, “अनुसन्धानका क्रममा केही महत्त्वपूर्ण सूचना प्राप्त भएका छन् । शङ्कास्पद व्यक्तिहरू प्रहरीको निगरानीमा छन् । दोषी चाँडै पक्राउ पर्नेमा हामी विश्वस्त छौँ ।”

सम्बन्धित खवर

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगञ्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । अनौपाचारिक क्षेत्र सेवा केन्द्र...

राजेश हमालले खेल्ने फिल्ममा पालिकाको १५ लाख खन्याएपछि…

राजेश हमालले खेल्ने फिल्ममा पालिकाको १५ लाख खन्याएपछि…

काठमाडौँ । नेपाली चलचित्रका महानायक मानिने राजेश हमाल अभिनित एक चलचित्र बनाउन १५ लाख...

कर्मचारीबाटै घुस लिएका चौरजहारीका मेयर वादीलाई भ्रष्टाचार मुद्दा

कर्मचारीबाटै घुस लिएका चौरजहारीका मेयर वादीलाई भ्रष्टाचार मुद्दा

काठमाडौँ । करार अवधि लम्ब्याउन कर्मचारीबाटै घुस लिएपछि रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका नगरप्रमुख (मेयर)...

ई-सेवाको क्यूआर प्रयोग गरेर घुस असुली, यातायातका कर्मचारीलाई एक वर्ष कैद र बिगो बराबर जरिवाना

ई-सेवाको क्यूआर प्रयोग गरेर घुस असुली, यातायातका कर्मचारीलाई एक वर्ष कैद र बिगो बराबर जरिवाना

काठमाडौँ । विशेष अदालतले यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनमा कार्यरत कर्मचारी इन्द्रजित गुरुङले सेवाग्राहीबाट...