ई-सेवाको क्यूआर प्रयोग गरेर घुस असुली, यातायातका कर्मचारीलाई एक वर्ष कैद र बिगो बराबर जरिवाना

जस नेपाल

१ चैत २०८२

ई-सेवाको क्यूआर प्रयोग गरेर घुस असुली, यातायातका कर्मचारीलाई एक वर्ष कैद र बिगो बराबर जरिवाना

काठमाडौँ । विशेष अदालतले यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनमा कार्यरत कर्मचारी इन्द्रजित गुरुङले सेवाग्राहीबाट ई–सेवाको क्यूआर कोड प्रयोग गरी घुस लिएको ठहर गर्दै एक वर्ष कैद र एक लाख ६१ हजार ३४० रुपैयाँ बराबर जरिवाना तथा क्षतिपूर्ति असुल गर्ने फैसला सुनाएको छ ।

नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइराला सम्मिलित इजलासले गरेको फैसलाअनुसार गुरुङले सेवा लिन आएका सेवाग्राहीलाई सुरज पाठकको नाममा रहेको ई-सेवा क्यूआर कोड प्रयोग गरी रकम तिर्न लगाएका थिए ।

अदालतका अनुसार सेवाग्राहीले उक्त क्यूआर कोडमार्फत तिरेको रकम पछि गुरुङले सुरज पाठकमार्फत आफ्नै नाममा रहेको सानिमा बैंकको खातामा जम्मा गराउन लगाएको खुलेको छ । गुरुङले सो रकमको वैध स्रोत पुष्टि गर्न नसकेको अदालतले जनाएको छ ।

अनुसन्धानका क्रममा सेवाग्राही गोविन्दप्रसाद तिवारी र चन्द्रबहादुर बोहोरा लगायतबाट गुरुङले एक लाख ६१ हजार ३४० रुपैयाँ घुस लिएको तथ्य पुष्टि भएको अदालतले उल्लेख गरेको छ ।

अदालतले उक्त कार्यलाई भ्रष्टाचार ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को (ग) अन्तर्गतको कसुर भएको ठहर गरेको हो ।

सजाय निर्धारण गर्दा अदालतले गुरुङलाई एक वर्ष कैद र बिगो बराबर जरिवाना गर्ने निर्णय गरेको छ । साथै भ्रष्टाचारबाट असुल गरिएको रकम पनि गुरुङबाटै असुल गरिने फैसला भएको छ ।

त्यसैगरी अदालतले अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४९ बमोजिम ६ हजार ४५३ रुपैयाँ ६० पैसा क्षतिपूर्ति शुल्क असुल गरी पीडित राहत कोषमा दाखिला गर्नसमेत आदेश दिएको छ ।

सम्बन्धित खवर

टिकटकर तुलसा अधिकारी पक्राउ, प्रहरीले थाइल्याण्डबाट नेपाल ल्यायो

टिकटकर तुलसा अधिकारी पक्राउ, प्रहरीले थाइल्याण्डबाट नेपाल ल्यायो

काठमाडौँ । सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दामा प्रहरी खोजी सूचीमा रहेकी फरार...

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित २६ जनालाई पक्राउ...

९७ लाख ठगी गरेको अभियोगमा छ जना पक्राउ

९७ लाख ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा ९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा छ जना...

‘Gen Z आन्दोलन’ भित्रै थियो हिंसात्मक योजना ? मानव अधिकार आयोगको प्रतिवेदनले खोल्यो चकित पार्ने तथ्य

‘Gen Z आन्दोलन’ भित्रै थियो हिंसात्मक योजना ? मानव अधिकार आयोगको प्रतिवेदनले खोल्यो चकित पार्ने तथ्य

काठमाडौं । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भ्रष्टाचारविरुद्ध सुशासन कायम लगायतका मागसहित जेनजी (Gen Z)...