सामाजिक सञ्जालमा मध्यपूर्व युद्धबारे अफवाह फैल्याउने ११ नेपाली पक्राउ

जस नेपाल

२० चैत २०८२

सामाजिक सञ्जालमा मध्यपूर्व युद्धबारे अफवाह फैल्याउने ११ नेपाली पक्राउ

काठमाडौँ । इजरायल–अमेरिका र इरानबीच चलेको युद्धबारे अफवाह फैलाउने श्रव्यदृश्य सामग्री, तस्बिरलगायत सामाजिक सञ्जालमा पोस्ट गरेका कारण पश्चिम एसियाका विभिन्न मुलुकमा ११ नेपाली पक्राउ परेका छन् । परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो ।

पक्राउ पर्नेमा साउदी अरेबियामा चार, युनाइटेड अरब इमिरेट्स (युएई) र कतारमा तीन/तीन तथा ओमानमा एक जना रहेका छन् । क्षेप्यास्त्र तथा ड्रोनमार्फत भइरहेको आक्रमणको तस्बिर तथा श्रव्यदृश्य सामग्री खिचेर कुनै पनि सामाजिक सञ्जालमा डर त्रास देखाउन पोस्ट गरे कानुनी सजाय भोग्नुपर्ने व्यवस्था छ । त्यही अनुरूप हालसम्म ११ नेपालीलाई सामाजिक सञ्जालमा त्यस्ता किसिमका सामग्री राखेर कानुन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।

“पक्राउ परेका नेपाली नागरिकको अवस्था र छुटाउन सकिने विषयमा सम्बन्धित देशका दूतावास र नियोगहरूसँग जानकारी दिने काम भइरहेको छ । पक्राउ परेका नेपाली नागरिक कुन कानुन उल्लङ्घनअन्तर्गत पक्राउ गरेका हुन् र कति जरिवाना लाग्छ भन्नेबारे जानकारी लिने काम भइरहेको छ”, प्रवक्ता क्षेत्रीले भने ।

मध्य पूर्वका मुलुकमा युद्धको प्रभावका कारण रोजगार गुमाउनुपर्ने जोखिम नरहेको प्रवक्ता क्षेत्रीले बताए । उनका अनुसार खास गरी होटल, रेस्टुरेन्ट र पर्यटन जस्ता क्षेत्रमा नेपाली कामदारले जागिर गुमाउने चिन्ता बढेको भए पनि ठुलो क्षेत्रमा त्यसको खतरा नरहेको सम्बन्धित नियोगहरूले जानकारी दिएका छन् । खाडी मुलुकमा युद्धबाट प्रभावित/असुरक्षित भई घर फर्किन चाहने नेपालीलाई उद्धार गर्ने काम निरन्तर भइरहेको उनले बताए ।

मन्त्रालयले जारी गरेको ‘कल सेन्टर’मा नेपाली नागरिकले उडानको अवस्था के छ रु घर फर्किन चाहने र श्रम स्वीकृतिबारे जिज्ञासा राख्ने गरेका प्रवक्ता क्षेत्रीले बताए । “अहिलेसम्म ८६ हजार ४२० जनाले नाम दर्ता गराएका छन् । असुरक्षित छु भन्नेको सङ्ख्या विस्तारै कम हुँदै गएको छ । असुरक्षित छु भन्नेहरूले पनि बिस्तारै सुरक्षित भएर यहीँ काम गर्ने भनिरहेका छन् । ट्रान्जिटमा परेकाहरूको उद्धार लगभग पूरा भइसकेको छ”, उनले भने ।

सम्बन्धित खवर

वैदेशिक रोजगारीका नाममा ७३ लाख बढी ठगी गर्ने चार पक्राउ

वैदेशिक रोजगारीका नाममा ७३ लाख बढी ठगी गर्ने चार पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाउने भन्दै अवैध रूपमा रकम सङ्कलन गरी...

सुर्खेतको मालपोत र यातायात कार्यालयमा प्रहरीको छापा, १६ बिचौलिया प्रक्राउ

सुर्खेतको मालपोत र यातायात कार्यालयमा प्रहरीको छापा, १६ बिचौलिया प्रक्राउ

विरेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय सुर्खेतले कामको प्रलोभन देखाइ पैसा माग्ने १६ जना बिचौलियालाई...

बिचौलिया आरोपित व्यवसायी दीपक भट्ट पक्राउ

बिचौलिया आरोपित व्यवसायी दीपक भट्ट पक्राउ

काठमाडौँ । देशका ठूला ठेक्का र वित्तीय प्रणालीमा बिचौलियाको काम गरेको आरोप खेपेका व्यवसायी...

ठूला विचौलियामाथि सुधन गुरुङको एक्सन ! विदेश भाग्ने सम्भावना देखिएको भन्दै दीपक भट्टलाई अध्यागमन विभागको कालोसूचीमा राखियो

ठूला विचौलियामाथि सुधन गुरुङको एक्सन ! विदेश भाग्ने सम्भावना देखिएको भन्दै दीपक भट्टलाई अध्यागमन विभागको कालोसूचीमा राखियो

काठमाडौँ । सम्पत्ति शुद्धीकरणको मुद्दा लागेर पनि शक्तिको आडमा विगतका सरकारहरुबाट जोगिँदै आएका दीपक...