बारामा पुनः कर्फ्यु, सिमरा विमानस्थल क्षेत्रमा बेलुका ८ बजेसम्म निषेधाज्ञा

४ मंसिर २०८२

बारामा पुनः कर्फ्यु, सिमरा विमानस्थल क्षेत्रमा बेलुका ८ बजेसम्म निषेधाज्ञा

बारा । जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल र आसपासका क्षेत्रमा आज पुनः कर्फ्यु लागू गरेको छ। जेनजी युवाहरूको आन्दोलन तीव्र बन्दै गएपछि दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।

विज्ञप्तिमा परिस्थितिलाई नियन्त्रणमा राख्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(क) र (ख) प्रयोग गरिएको उल्लेख छ। कर्फ्यु क्षेत्रका रूपमा पथलैया चोक दक्षिणदेखि जितपुर लल्का पुलसम्मको वीरगन्ज–पथलैया सडकखण्डको दायाँ–बायाँ ५०० मिटरभित्रको क्षेत्र र सिमरा विमानस्थल वरिपरि ५०० मिटर परिधि निर्धारण गरिएको छ।

बुधबार पनि जेनजी युवाहरूको आक्रोशित प्रदर्शनका कारण सो क्षेत्रमा कर्फ्यु लगाउनुपरेको थियो। त्यस क्रममा सिमरा विमानस्थलको उडानसमेत प्रभावित भएको थियो भने एमाले नेताहरूको बारा भ्रमण कार्यक्रम रद्द गरिएको थियो।

आज पनि प्रदर्शन जारी रहेपछि प्रशासनले फेरि कडा सुरक्षाकब्जा अपनाउँदै कर्फ्यु आदेश जारी गरेको हो।

सम्बन्धित खवर

पोखरीमा महिलाको शव फेला

पोखरीमा महिलाको शव फेला

सिरहा । सिरहाको औरही गाउँपालिका—५ स्थित एक पोखरीमा बुधवार एक महिलाको शव फेला परेको...

१३ वटा फर्ममा उपभोक्ता संरक्षण विभागको अनुगमन, २ वटालाई जरिवाना

१३ वटा फर्ममा उपभोक्ता संरक्षण विभागको अनुगमन, २ वटालाई जरिवाना

काठमाडौँ । नियमित रुपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले...

लागू औषधसहित ९ जना पक्राउ

लागू औषधसहित ९ जना पक्राउ

काठमाडौँ । देशका विभिन्न भागबाट लागू पदार्थसहित नौ जना पक्राउ गरेका छन् । केन्द्रीय...

‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ

‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ

काठमाडौँ । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ परेका छन्...