ताजा अपडेट
विश्व शक्ति धुरीहरूको टकरावमा मध्यपूर्व
२० फागुन २०८२फागुन २१ को संघार : नयाँ संसदको संवैधानिक परीक्षा
२० फागुन २०८२निर्वाचन : डिजिटल युगमा लोकतन्त्रको परीक्षण
१७ फागुन २०८२बार र बेञ्च
विश्व शक्ति धुरीहरूको टकरावमा मध्यपूर्व
२० फागुन २०८२फागुन २१ को संघार : नयाँ संसदको संवैधानिक परीक्षा
२० फागुन २०८२निर्वाचन : डिजिटल युगमा लोकतन्त्रको परीक्षण
१७ फागुन २०८२काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको मुद्दामा तोकिएको सुनुवाइ आज स्थगित भएको छ। उच्च अदालत बुटवलको ३ नम्बर इजलासमा सुनुवाइको मिति तोकिए पनि निवेदक पक्षका कानुन व्यवसायीका तर्फबाट स्थगित गरिएकाले थप प्रक्रिया अघि बढ्न नसकेको अदालतले जनाएको छ।
न्यायाधीश मिलनकुमार राई र सानुमाया डंगोलको संयुक्त इजलासमा मुद्दा पेश भए पनि वकिल अनुपस्थित रहेपछि अदालतले अर्को मितिका लागि पेसी सार्ने निर्णय गरेको हो।
यसअघि अदालतले दुवै प्रतिवादीको मुद्दा एउटै इजलासमा सुन्न आदेश दिएको थियो। सहकारी ठगी र संगठित अपराध आरोपमा थुनामा रहेका लामिछाने र जोशी दुवैजनाको मुद्दा लामो समयदेखि उच्च अदालतमा विचाराधीन छ।
नयाँ पेसीको मिति अदालतले पछि तोक्ने जनाएको छ।
