पेसी तोकिएका ३८ प्रतिशत मुद्दाको मिसिल नष्ट

३ मंसिर २०८२

पेसी तोकिएका ३८ प्रतिशत मुद्दाको मिसिल नष्ट
काठमाडौं ।  भदौ २४ गतेको घटनाले खरानी भएको सर्वोच्च अदालत लयमा फर्कन थालेको छ । यद्यपि अदालतसँगै अधिकांश मुद्दाका मिसिल जलेर नष्ट भएका छन् । त्यसको  प्रत्यक्ष प्रभाव सुनुवाइमा परेको  छ ।
बुधबार सर्वोच्च अदालतमा पेशी तोकिएका १८६ मुद्दा मध्ये ७१ वटा मुद्दाको मिसिल नष्ट भएको सर्वोच्च अदालतले जनकारी दिएको छ । यो संख्या बुधबारको जम्मा पेसी ३८ दशमलव १७ प्रतिशत हुन आउँछ । मिसिल जले पनि अदालतले सुनुवाइ जारी राखेको छ ।
सर्वोच्चका अनुसार बुधबार मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासमा पेसी तोकिएका ५२ मध्ये २३ मुद्दाका मिसिल नष्ट भएका छन् ।
त्यस्तै टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासका ५३ मध्ये १६, सुनील कुमार पोखरेल र नृपध्वज निरौलाको संयुक्त इजलासका ४६ मध्ये १७ मुद्दाको मिसिल नष्ट भएका छन् ।  बुधबारका लागि पेसी तोकिएको  संवैधानिक इजलासमा १५ मध्ये १५ वटै मुद्दाका मिसिल नष्ट भएको पाइएको छ ।
यसरी मिसिल नै नष्ट भएका मुद्दामा सुनुवाइ वा फैसला कसरी हुन्छ भन्ने सेवाग्राहीमा अन्योल देखिएको छ । सर्वोच्चले कार्यविधि नै बनाएर मिसिल संकलन तथा प्रमाणित गर्ने कामसमेत गरिरहेको छ ।
सर्वोच्च अदालतका उपरजिस्ट्रार तथा सूचना अधिकारी निराजन पाण्डेले मुद्दाका बादी र प्रतिवादी दुवै पक्षसँग भएका फायलहरू मगाउने कार्य भइरहेको बताउँदै जस नेपालसँग भने ‘दुवै पक्षको विवरण मिलेमा त्यसलाई प्रमाणित गर्ने काम भइरहेको छ ।’
बुधबारका लागि पेसी तोकिएका तर मिसिल नै नष्ट भएका मुद्दाको सुनुवाइ कसरी हुन्छ भन्ने प्रश्नमा प्रवक्ता पाण्डेले भने ‘त्यस्तो अवस्थामा आवश्यक कागजात जाँच्ने र नष्ट भएका प्रमाण मगाउने आदेश दिइन्छ ।’
अदालतले जेनजी आन्दोलनमा जलेका मिसिलको डमी खडा गरेर सुनुवाइ अगाडि बढाइरहेको छ ।
यसअघि ११ वटा इजलास चल्दै आएकोमा अहिले ६ वटा मात्र सञ्चालनमा छन् । अदालतले मुद्दाको सुनुवाई प्रक्रियासँगै जलेका मिसिलहरुको प्रतिलिपि संकलन कार्यलाई समेत जारी राखेको छ । आफ्नो मुद्दाका मिसिलहरु ६० दिनभित्र उपलब्ध गराउने सर्वोच्चले भनेको छ ।

सम्बन्धित खवर

देशले नयाँ प्रधानमन्त्रीसँगै नयाँ प्रधानन्यायाधीश पाउने

देशले नयाँ प्रधानमन्त्रीसँगै नयाँ प्रधानन्यायाधीश पाउने

काठमाडौँ । आगामी चैत दोस्रो साताभित्र देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । प्रतिनिधिसभा चुनावमा भारी...

प्रत्यक्षतर्फ एकै सिट नजितेको दलले पनि समानुपातिक सिट पाउने

प्रत्यक्षतर्फ एकै सिट नजितेको दलले पनि समानुपातिक सिट पाउने

काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना सकिएसँगै समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत...

प्रतिनिधि सभा निर्वाचन २०८२ : यी हुन् प्रत्यक्षतर्फका १६५ सांसद्

प्रतिनिधि सभा निर्वाचन २०८२ : यी हुन् प्रत्यक्षतर्फका १६५ सांसद्

काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गते शान्तिपूर्णरुपमा सकिएको छ । विगतको भन्दा यसपालिको...

सकियो समानुपातिकतर्फको मतगणना

सकियो समानुपातिकतर्फको मतगणना

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना...