खण्डहर बन्यो सर्वोच्च अदालत

जस नेपाल

१२ कार्तिक २०८२

खण्डहर बन्यो सर्वोच्च अदालत

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको चपेटामा परेपछि देशको न्यायिक सर्वोच्च निकाय सर्वोच्च अदालत खण्डहरमा परिणत भएको छ। आइतबार स्थलगत रूपमा पुग्दा अदालतको भवनको बाहिरी संरचना बाहेक भित्री भाग पूरै जलेर नष्ट भएको देखिन्थ्यो।

अदालतभित्र रहेका महत्वपूर्ण कागजात, अभिलेख, पुस्तकालय, फर्निचर, फाइल र प्रविधियुक्त सामग्री सबै जलेर खरानी भएका छन्। भवनसँगै अदालत परिसरमा पार्क गरिएका सवारीसाधनहरू पनि पूर्ण रूपमा जलेर ध्वस्त भएका छन्।

आगोले न्यायिक गतिविधि नै अवरुद्ध पारेको छ भने कर्मचारीदेखि कानुन व्यवसायी र सेवाग्राहीसम्म स्तब्ध बनेका छन्। सरकार पक्षले क्षतिको विस्तृत विवरण संकलन भइरहेको बताएको छ भने सुरक्षाप्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।

सर्वोच्च अदालत देशको न्यायिक विश्वास र आशाको केन्द्र मानिँदै आएको संस्थान भएकाले यसमा भएको विध्वंसले राजनीतिक नेतृत्व, कानुन व्यवसायी र आम नागरिकलाई समेत ठूलो आघात पुर्‍याएको छ ।

भिडियो

सम्बन्धित खवर

निर्वाचनको मुखमा कांग्रेस फुट्दा कानूनी सकस, फागुन २१ को चुनाव नसरे एउटा पक्षले स्वतन्त्र उम्मेदवार उठाउनुपर्ने

निर्वाचनको मुखमा कांग्रेस फुट्दा कानूनी सकस, फागुन २१ को चुनाव नसरे एउटा पक्षले स्वतन्त्र उम्मेदवार उठाउनुपर्ने

काठमाडौँ । अन्तिम घडीमा आएर कुनै जादुमय सहमति जुटेन भने अब नेपाली कांग्रेस लगभग...

रविलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने गृहकार्य

रविलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने गृहकार्य

काठमाडौँ । रवि लामिछानेविरुद्ध विभिन्न अदालतमा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाहरु फिर्ता...

संस्थापनले गगन र विश्वप्रकाशलाई निष्काशन गरेपछि काङ्ग्रेस विभाजित

संस्थापनले गगन र विश्वप्रकाशलाई निष्काशन गरेपछि काङ्ग्रेस विभाजित

काठमाडौँ । विशेष महाधिवेशन आयोजना गरेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई संस्थापन पक्षले निष्काशन...

आधार र मतदाता परिचयपत्र जन्म मितिको ठोस प्रमाण होइन : मध्य प्रदेश उच्च अदालत

आधार र मतदाता परिचयपत्र जन्म मितिको ठोस प्रमाण होइन : मध्य प्रदेश उच्च अदालत

भारत । भारतको मध्यप्रदेश उच्च अदालतले एउटा महत्त्वपूर्ण फैसला सुनाउँदै सेवासम्बन्धी मामिलाहरूमा आधार कार्ड...