संसद भवनको भग्नावशेष निरीक्षणपछि ऊर्जा मन्त्रीले भने – चुनावअघि नै नयाँ भवन तयार हुन्छ

जस नेपाल

१२ कार्तिक २०८२

संसद भवनको भग्नावशेष निरीक्षणपछि ऊर्जा मन्त्रीले भने – चुनावअघि नै नयाँ भवन तयार हुन्छ

काठमाडौं । फागुन २१ को निर्वाचनबाट चुनिएर आउने  संघीय संसदको बैठक  नवनिर्मित  भवनमा बस्ने भएको छ । जेनजी आन्दोलनका क्रममा आगजनीबाट पुरानो संसद भवन ध्वस्त भएपछि सरकारले सिंहदरबार परिसरमै निर्माणाधीन नयाँ भवनलाई बैठक स्थलको रूपमा प्रयोग गर्ने तयारी गरेको हो।

सोमबार अन्तरिम सरकारका ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबारभित्रको भवन पुस महिनाभित्र तयार हुने जानकारी दिएका छन् । उनका अनुसार आगामी निर्वाचनपछि आउने सांसदहरूले त्यही भवनबाट आफ्नो कार्य प्रारम्भ गर्नेछन्।

घिसिङले जलेर क्षतिग्रस्त भएको नयाँ बानेश्वरको भवन भने पुरानै स्वरूपमा पुनर्निर्माण गरिने बताए। उनले तत्काल सरसफाइ अभियान सुरु गरेर विस्तृत डिजाइनमा आधारित दीर्घकालीन पुनर्निर्माण प्रक्रिया अघि बढाइने उल्लेख गरे।

संसद भवनको निरीक्षणमा घिसिङसँगै अर्थमन्त्री रामेश्वर खनाल र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए। भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा संसद भवनलाई मुख्य निशाना बनाइएको थियो, जसका कारण भवन पूर्णरूपमा जलेर ध्वस्त भएको हो।

भिडियोमा हेर्नुहोस् :

सम्बन्धित खवर

निर्वाचनको मुखमा कांग्रेस फुट्दा कानूनी सकस, फागुन २१ को चुनाव नसरे एउटा पक्षले स्वतन्त्र उम्मेदवार उठाउनुपर्ने

निर्वाचनको मुखमा कांग्रेस फुट्दा कानूनी सकस, फागुन २१ को चुनाव नसरे एउटा पक्षले स्वतन्त्र उम्मेदवार उठाउनुपर्ने

काठमाडौँ । अन्तिम घडीमा आएर कुनै जादुमय सहमति जुटेन भने अब नेपाली कांग्रेस लगभग...

रविलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने गृहकार्य

रविलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने गृहकार्य

काठमाडौँ । रवि लामिछानेविरुद्ध विभिन्न अदालतमा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाहरु फिर्ता...

संस्थापनले गगन र विश्वप्रकाशलाई निष्काशन गरेपछि काङ्ग्रेस विभाजित

संस्थापनले गगन र विश्वप्रकाशलाई निष्काशन गरेपछि काङ्ग्रेस विभाजित

काठमाडौँ । विशेष महाधिवेशन आयोजना गरेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई संस्थापन पक्षले निष्काशन...

आधार र मतदाता परिचयपत्र जन्म मितिको ठोस प्रमाण होइन : मध्य प्रदेश उच्च अदालत

आधार र मतदाता परिचयपत्र जन्म मितिको ठोस प्रमाण होइन : मध्य प्रदेश उच्च अदालत

भारत । भारतको मध्यप्रदेश उच्च अदालतले एउटा महत्त्वपूर्ण फैसला सुनाउँदै सेवासम्बन्धी मामिलाहरूमा आधार कार्ड...