रवि र छविको मुद्दामा थप मिसिल झिकाउने आदेश

२७ कार्तिक २०८२

रवि र छविको मुद्दामा थप मिसिल झिकाउने आदेश

काठमाडाैं । सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा उच्च अदालत बुटवलले थप मिसिल झिकाउने आदेश दिएको छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासमा न्यायाधीशद्वय ओमप्रकाश अर्याल र बासुदेव आचार्यको संयुक्त इजलासले बिहीबार थप प्रमाण आवश्यक रहेको भन्दै मिसिल झिकाउन आदेश दिएको हो । अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार आज सो मुद्दाको पेशी तोकिएकै दिन अदालतले थप मिसिल माग्ने आदेश दिएको हो ।

यसअघि गत २० कात्तिकमा सोही इजलासले ‘सुरु मिसिल’ मगाउने आदेश दिएको थियो । सुरु मिसिल प्राप्त भएपछि आजका लागि मुद्दा पेशी तोकिएको भए पनि इजलासले थप मिसिल आवश्यक ठहर गर्दै नयाँ आदेश जारी गरेको हो ।

लामिछाने र जोशीविरुद्ध दायर मुद्दा एकै प्रकृतिको भएकाले यसअघि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले दुवै मुद्दा एकैसाथ राख्न आदेश दिएको थियो ।

बिगो बमोजिमको रकम बुझाएर थुनाबाहिर रहँदै मुद्दा लड्न माग गरेपछि अदालतले दुवै प्रतिवादीको फाइल एकैपटक पेस गर्न निर्देशन दिएको थियो ।

यसअघि अदालतले लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन समेत माग गरेको थियो ।

जेनजी प्रदर्शनका क्रममा उच्च अदालत परिसरमा भएको आगजनी र तोडफोडका घटनाबाट लामिछाने र जोशीको मुद्दासम्बन्धी फाइल भने सुरक्षित रहेको अदालतले जनाएको छ ।

सम्बन्धित खवर

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ ।  सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न आदेश दिएको छ । मंगलबार...

अदालतको तराजुमा सहकारी पीडितलाई न्याय

अदालतको तराजुमा सहकारी पीडितलाई न्याय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जीबी राईसहित करिब ५० जनाविरुद्ध...

डिजेल घोटाला मुद्दामा निगमका प्रदेश प्रमुखसहित तीन जना दोषी ठहर

डिजेल घोटाला मुद्दामा निगमका प्रदेश प्रमुखसहित तीन जना दोषी ठहर

काठमाडौँ । पेट्रोल पम्पलाई स्वीकृत अर्डरभन्दा बढी डिजेल पठाएर रकम घोटाला गरेको अभियोगमा विशेष...

कानून व्यवसायी महिलाहरूको ३२औं राष्ट्रिय सम्मेलन चैत ६ र ७ मा, कार्यपत्र आह्वान

कानून व्यवसायी महिलाहरूको ३२औं राष्ट्रिय सम्मेलन चैत ६ र ७ मा, कार्यपत्र आह्वान

फाइल फोटो । काठमाडौँ । नेपालका कानून व्यवसायी महिलाहरूको ३२ औं राष्ट्रिय सम्मेलन आउँदो...