चुनाव प्रयोजनका लागि दल दर्ता आह्वान

२८ कार्तिक २०८२

चुनाव प्रयोजनका लागि दल दर्ता आह्वान

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि दल दर्ता आह्वान गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै आयोगले मंसिर १ देखि १० गतेसम्म चुनावमा भाग लिने दलहरुले दल दर्ता गरिसक्नुपर्ने समय सीमा तोकेको छ ।

चुनावमा भाग लिन चाहने दलहरुले वार्षिक लेखा परीक्षणको प्रतिवेदन लगायतका कागजात पेश गर्नुपर्ने आयोगले भनेको छ ।

त्यसैगरी दुई वा दुई भन्दा बढी दलले एउटै चुनाव चिन्ह प्रयोग गरेर निर्वाचनमा भाग लिन चाहेमा सो विषय पनि खुलाउनुपर्ने भनिएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभाका साथै आगामी माघ १ गते हुने राष्ट्रियसभा निर्वाचनको प्रयोजनका लागि समेत दल दर्ताको निवेदन दिन सूचना जारी गरेको छ ।

हेर्नुहोस् प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्तासम्बन्धी सूचना–

 

 

सम्बन्धित खवर

पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा…

पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा…

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पाङ्गे्रका मतदातालाई १० किलोमिटर हिँडेर मतदानस्थल पुग्नुपर्ने बाध्यता...

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

काठमाडौँ । नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरूद्ध ‘शून्य सहनशीलता’को नीतिलाई राष्ट्रिय सहकारी नियमन...

उम्मेदवारलाई प्रचारप्रसारमा अवरोध गरे ३ वर्ष कैद, २ लाख जरिवाना

उम्मेदवारलाई प्रचारप्रसारमा अवरोध गरे ३ वर्ष कैद, २ लाख जरिवाना

काठमाडौँ । फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए  दुई...

टेकुमा अपहरण : पीडितको सकुशल उद्धार, तीन जना पक्राउ

टेकुमा अपहरण : पीडितको सकुशल उद्धार, तीन जना पक्राउ

काठमाडौँ । अपहरण गरी काठमाडौँको टेकुस्थित रोडलाइन खाल्से होटलमा राखिएका एक व्यक्तिलाई प्रहरीले सकुशल...