जक अभियोगमा थुनामा रहेका पूर्वप्रदेश प्रमुखको मुद्दामा मिसिल झिकाउने आदेश

जस नेपाल

२८ कार्तिक २०८२

जक अभियोगमा थुनामा रहेका पूर्वप्रदेश प्रमुखको मुद्दामा मिसिल झिकाउने आदेश

काठमाडाैं । जबर्जस्ती करणीसम्बन्धी अभियोगमा थुनामा रहेका मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजको मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ।

शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले अहिराजले दफा ७३ बमोजिम दर्ता गरेको थुनामुक्ति सम्बन्धी निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै मिसिल झिकाउन आदेश गरेको हो।

अहिराजलाई गत साउन १४ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनी डिल्लीबजार कारागारमा छन्। जिल्ला अदालतको उक्त आदेशविरुद्ध उनी उच्च अदालत पाटन पुगेका थिए।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश खडानन्द तिवारीको संयुक्त इजलासले  गत भदौ १२ गते जिल्ला अदालतको आदेश कायम राख्दै पुर्पक्ष थुनाको फैसला सदर गरेको थियो। उक्त निर्णयविरुद्ध अहिराज सर्वोच्च अदालत पुगेका हुन्। अब मिसिल आएपछि सर्वोच्चमा उनकाे थुनामुक्ति निवेदनबारे थप सुनुवाइ अघि बढ्नेछ।

सम्बन्धित खवर

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ ।  सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न आदेश दिएको छ । मंगलबार...

अदालतको तराजुमा सहकारी पीडितलाई न्याय

अदालतको तराजुमा सहकारी पीडितलाई न्याय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जीबी राईसहित करिब ५० जनाविरुद्ध...

डिजेल घोटाला मुद्दामा निगमका प्रदेश प्रमुखसहित तीन जना दोषी ठहर

डिजेल घोटाला मुद्दामा निगमका प्रदेश प्रमुखसहित तीन जना दोषी ठहर

काठमाडौँ । पेट्रोल पम्पलाई स्वीकृत अर्डरभन्दा बढी डिजेल पठाएर रकम घोटाला गरेको अभियोगमा विशेष...

कानून व्यवसायी महिलाहरूको ३२औं राष्ट्रिय सम्मेलन चैत ६ र ७ मा, कार्यपत्र आह्वान

कानून व्यवसायी महिलाहरूको ३२औं राष्ट्रिय सम्मेलन चैत ६ र ७ मा, कार्यपत्र आह्वान

फाइल फोटो । काठमाडौँ । नेपालका कानून व्यवसायी महिलाहरूको ३२ औं राष्ट्रिय सम्मेलन आउँदो...