मधेश सरकार गठन विवाद : सर्वोच्चले सोमबारका लागि सुनुवाइ तोक्यो

३० कार्तिक २०८२

मधेश सरकार गठन विवाद : सर्वोच्चले सोमबारका लागि सुनुवाइ तोक्यो

काठमाडाैं । मधेश प्रदेशको सरकार गठनसम्बन्धी विवादमा सर्वोच्च अदालतले सोमबार (भोलि) सुनुवाइ गर्ने भएको छ। प्रदेश प्रमुखका तर्फबाट आवश्यक कानुनी बहस प्रस्तुत नहुँदा सर्वोच्चले महान्यायाधिवक्ता कार्यालयलाई सूचना दिन आदेश दिएको र त्यसैअनुसार नयाँ मिति तोकिएको हो।

न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासले प्रदेश प्रमुखसम्बन्धी मुद्दामा महान्यायाधिवक्ता कार्यालयले नै लिखित जवाफ र बहस प्रस्तुत गर्नुपर्ने प्रावधान रहेको उल्लेख गर्दै त्यसअनुरूप प्रतिनिधि पठाउन निर्देशन दिएको छ। अन्य विपक्षी पक्षहरूलाई भने मधेश प्रदेश प्रमुखन्यायाधिवक्ता कार्यालयमार्फत जानकारी गराउन भनिएको छ।

संविधानअनुसार प्रदेश सरकारका कामकारबाहीमा कानुनी प्रतिरक्षा मुख्यन्यायाधिवक्ता कार्यालयले गर्ने गर्छ। तर राष्ट्रपति प्रतिनिधित्‍व गर्ने प्रदेश प्रमुखको हकमा भने महान्यायाधिवक्ता कार्यालय नै जिम्मेवार रहने व्यवस्था छ।

मधेश प्रदेशकी तत्कालीन प्रमुख सुमित्रा सुवेदी भण्डारीद्वारा सरोज यादवलाई गरिएको मुख्यमन्त्री नियुक्तिलाई लिएर विवाद उत्पन्न भएपछि एमाले बाहेकका दलका ७४ सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्चले यसअघि नै मुख्यमन्त्री यादवलाई दीर्घकालीन असर पार्ने कुनै निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरिसकेको छ।

सम्बन्धित खवर

बाल अदालत : नेपालमा कस्तो छ बाल न्याय प्रणाली ?

बाल अदालत : नेपालमा कस्तो छ बाल न्याय प्रणाली ?

काठमाडौँ । नेपालको न्याय प्रणाली मौलिक अधिकारको संरक्षण र संवर्द्धनतर्फ केन्द्रित छ । यस...

अदालतप्रति जनतामा भरोसा, ढीलासुस्तीमा गुनासो

अदालतप्रति जनतामा भरोसा, ढीलासुस्तीमा गुनासो

काठमाडौँ । पछिल्लो समय न्यायपालिकाप्रति जनविश्वास गुम्दै गएको र यही कारण अदालत र न्यायाधीशहरुमाथि...

जलेको अदालत, नजलेको न्याय…

जलेको अदालत, नजलेको न्याय…

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत र अन्य कयौं अदालतहरु...

बारको १४ बुँदे वक्तव्य : अदालतमाथि आक्रमण हुँदा सरकार मूकदर्शक

बारको १४ बुँदे वक्तव्य : अदालतमाथि आक्रमण हुँदा सरकार मूकदर्शक

काठमाडौं । समग्र न्याय प्रणालीमाथि नै भ्रामक र कपोलकल्पित आरोप लगाएर न्याय क्षेत्रको तेजोबध...