जस नेपालको प्रधान सम्पादकमा अरुण बराल नियुक्त

१ मंसिर २०८२

जस नेपालको प्रधान सम्पादकमा अरुण बराल नियुक्त

काठमाडौं । जस नेपाल प्रा. लिद्वारा सञ्चालित जस नेपाल डटकमको प्रधान सम्पादकमा पत्रकार अरुण बराल नियुक्त भएका छन्।

जस नेपाल प्रालिको सञ्चालक समिति बैठकले पत्रकार बराललाई मंसिर १ गतेदेखि प्रधान सम्पादकमा नियुक्ति गरेको हो। जस नेपालको प्रधान कार्यालय बुद्धनगरमा सोमबार आयोजित स्वागत कार्यक्रममा बराललाई जस नेपालका प्रबन्ध निर्देशक अधिवक्ता हरिप्रसाद मैनालीले स्वागत गरे।

प्रधान सम्पादक बराललाई स्वागत गर्दै जस नेपालका प्रबन्ध निर्देशक मैनालीले बरालको नेतृत्वमा जस नेपाल थप उचाइमा जाने विश्वास व्यक्त गरे। निर्देशक मैनालीले भने, ‘हामीले कानून बिटको अनलाइन जर्नल जस नेपाल डटकम शूरु गरेका छौं । कानून र न्याय क्षेत्रको चौथो अंगका रुपमा शुरु गरिएको डिजिटल लिगल जर्नलले न्याय क्षेत्रका समस्या र विकृतिको चिरफार गर्दै लोकतन्त्र र कानूनी शासन स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।’

प्रबन्ध निर्देशक मैनालीले अगाडि भने, ‘अनलाइन पत्रकारितामा स्थापित पत्रकार अधिवक्ता अरुण बराललाई यस पत्रिकाको संस्थापक प्रधान सम्पादकको जिम्मेवारी प्रदान गर्न पाउँदा न्यायिक सुशासन र कानूनको शासन स्थापित गर्ने उद्देश्य प्राप्तिमा जसनेपाल डटकम प्रभावकारी हुनेमा विश्वस्त छु, सफल कार्यकालको शुभकामना ।’

प्रधान सम्पादक बरालले नेपालको पत्रकारितामा कानूनी रिपोर्टिङको पाटो कमजोर रहेकाले उक्त आवश्यकता परिपूर्ति गर्न जस नेपाल कोशेढुंगा बन्ने विश्वास व्यक्त गरे । समाजमा न्याय स्थापित गर्न र लोकतन्त्रलाई बलियो बनाउन अदालतको भूमिका महत्वपूर्ण हुने भएता पनि न्यायिक स्वतन्त्रता र अदालतप्रतिको जनविश्वास अभिवृद्धिका लागि मिडिया र नागरिक समाजको पनि भूमिका आवश्यक पर्ने बताए ।

उनले भने, ‘मैले अहिलेसम्म राजनीतिक पत्रकारितालाई नै मुख्य बिट बनाएर काम गरेँ । अब विधिशास्त्र, न्याय र कानूनको क्षेत्रबाट पत्रकारिताको सेवा गर्ने छु ।

नवनियुक्त प्रधान सम्पादक बरालले यसअघि अनलाइनखबर, रातोपाटी, नेपालखबर, कान्तिपुर टेलिभिजन र खबरहबमा सम्पादकीय भूमिकामा काम गरिसकेका छन् । उनीसँग नयाँ पत्रिका दैनिक र जनआस्था साप्ताहिकमा पनि सम्पादकीय टिममा रहेर काम गरेको अनुभव छ । बरालले धरानस्थित ब्लास्ट टाइम्स राष्ट्रिय दैनिकबाट पत्रकारिता थालेका हुन्।

कानून, राजनीतिशास्त्र र पत्रकारिता पढेका प्रधानसम्पादक बराल अधिवक्तासमेत हुन् ।

सम्बन्धित खवर

निर्वाचनको मुखमा कांग्रेस फुट्दा कानूनी सकस, फागुन २१ को चुनाव नसरे एउटा पक्षले स्वतन्त्र उम्मेदवार उठाउनुपर्ने

निर्वाचनको मुखमा कांग्रेस फुट्दा कानूनी सकस, फागुन २१ को चुनाव नसरे एउटा पक्षले स्वतन्त्र उम्मेदवार उठाउनुपर्ने

काठमाडौँ । अन्तिम घडीमा आएर कुनै जादुमय सहमति जुटेन भने अब नेपाली कांग्रेस लगभग...

रविलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने गृहकार्य

रविलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने गृहकार्य

काठमाडौँ । रवि लामिछानेविरुद्ध विभिन्न अदालतमा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाहरु फिर्ता...

संस्थापनले गगन र विश्वप्रकाशलाई निष्काशन गरेपछि काङ्ग्रेस विभाजित

संस्थापनले गगन र विश्वप्रकाशलाई निष्काशन गरेपछि काङ्ग्रेस विभाजित

काठमाडौँ । विशेष महाधिवेशन आयोजना गरेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई संस्थापन पक्षले निष्काशन...

आधार र मतदाता परिचयपत्र जन्म मितिको ठोस प्रमाण होइन : मध्य प्रदेश उच्च अदालत

आधार र मतदाता परिचयपत्र जन्म मितिको ठोस प्रमाण होइन : मध्य प्रदेश उच्च अदालत

भारत । भारतको मध्यप्रदेश उच्च अदालतले एउटा महत्त्वपूर्ण फैसला सुनाउँदै सेवासम्बन्धी मामिलाहरूमा आधार कार्ड...