लामिछाने–जोशी मुद्दाको सुनुवाइ स्थगित

४ मंसिर २०८२

लामिछाने–जोशी मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको मुद्दामा तोकिएको सुनुवाइ आज स्थगित भएको छ। उच्च अदालत बुटवलको ३ नम्बर इजलासमा सुनुवाइको मिति तोकिए पनि निवेदक पक्षका कानुन व्यवसायीका तर्फबाट स्थगित गरिएकाले थप प्रक्रिया अघि बढ्न नसकेको अदालतले जनाएको छ।

न्यायाधीश मिलनकुमार राई र सानुमाया डंगोलको संयुक्त इजलासमा मुद्दा पेश भए पनि वकिल अनुपस्थित रहेपछि अदालतले अर्को मितिका लागि पेसी सार्ने निर्णय गरेको हो।

यसअघि अदालतले दुवै प्रतिवादीको मुद्दा एउटै इजलासमा सुन्न आदेश दिएको थियो। सहकारी ठगी र संगठित अपराध आरोपमा थुनामा रहेका लामिछाने र जोशी दुवैजनाको मुद्दा लामो समयदेखि उच्च अदालतमा विचाराधीन छ।

नयाँ पेसीको मिति अदालतले पछि तोक्ने जनाएको छ।

 

सम्बन्धित खवर

बाल अदालत : नेपालमा कस्तो छ बाल न्याय प्रणाली ?

बाल अदालत : नेपालमा कस्तो छ बाल न्याय प्रणाली ?

काठमाडौँ । नेपालको न्याय प्रणाली मौलिक अधिकारको संरक्षण र संवर्द्धनतर्फ केन्द्रित छ । यस...

अदालतप्रति जनतामा भरोसा, ढीलासुस्तीमा गुनासो

अदालतप्रति जनतामा भरोसा, ढीलासुस्तीमा गुनासो

काठमाडौँ । पछिल्लो समय न्यायपालिकाप्रति जनविश्वास गुम्दै गएको र यही कारण अदालत र न्यायाधीशहरुमाथि...

जलेको अदालत, नजलेको न्याय…

जलेको अदालत, नजलेको न्याय…

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत र अन्य कयौं अदालतहरु...

बारको १४ बुँदे वक्तव्य : अदालतमाथि आक्रमण हुँदा सरकार मूकदर्शक

बारको १४ बुँदे वक्तव्य : अदालतमाथि आक्रमण हुँदा सरकार मूकदर्शक

काठमाडौं । समग्र न्याय प्रणालीमाथि नै भ्रामक र कपोलकल्पित आरोप लगाएर न्याय क्षेत्रको तेजोबध...