लामिछाने–जोशी मुद्दाको सुनुवाइ स्थगित

४ मंसिर २०८२

लामिछाने–जोशी मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको मुद्दामा तोकिएको सुनुवाइ आज स्थगित भएको छ। उच्च अदालत बुटवलको ३ नम्बर इजलासमा सुनुवाइको मिति तोकिए पनि निवेदक पक्षका कानुन व्यवसायीका तर्फबाट स्थगित गरिएकाले थप प्रक्रिया अघि बढ्न नसकेको अदालतले जनाएको छ।

न्यायाधीश मिलनकुमार राई र सानुमाया डंगोलको संयुक्त इजलासमा मुद्दा पेश भए पनि वकिल अनुपस्थित रहेपछि अदालतले अर्को मितिका लागि पेसी सार्ने निर्णय गरेको हो।

यसअघि अदालतले दुवै प्रतिवादीको मुद्दा एउटै इजलासमा सुन्न आदेश दिएको थियो। सहकारी ठगी र संगठित अपराध आरोपमा थुनामा रहेका लामिछाने र जोशी दुवैजनाको मुद्दा लामो समयदेखि उच्च अदालतमा विचाराधीन छ।

नयाँ पेसीको मिति अदालतले पछि तोक्ने जनाएको छ।

 

सम्बन्धित खवर

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ ।  सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न आदेश दिएको छ । मंगलबार...

अदालतको तराजुमा सहकारी पीडितलाई न्याय

अदालतको तराजुमा सहकारी पीडितलाई न्याय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जीबी राईसहित करिब ५० जनाविरुद्ध...

डिजेल घोटाला मुद्दामा निगमका प्रदेश प्रमुखसहित तीन जना दोषी ठहर

डिजेल घोटाला मुद्दामा निगमका प्रदेश प्रमुखसहित तीन जना दोषी ठहर

काठमाडौँ । पेट्रोल पम्पलाई स्वीकृत अर्डरभन्दा बढी डिजेल पठाएर रकम घोटाला गरेको अभियोगमा विशेष...

कानून व्यवसायी महिलाहरूको ३२औं राष्ट्रिय सम्मेलन चैत ६ र ७ मा, कार्यपत्र आह्वान

कानून व्यवसायी महिलाहरूको ३२औं राष्ट्रिय सम्मेलन चैत ६ र ७ मा, कार्यपत्र आह्वान

फाइल फोटो । काठमाडौँ । नेपालका कानून व्यवसायी महिलाहरूको ३२ औं राष्ट्रिय सम्मेलन आउँदो...