रवि लामिछाने र छविलाल जोशीकाे मुद्दाको सुनुवाइ आज पनि स्थगित

११ मंसिर २०८२

रवि लामिछाने र छविलाल जोशीकाे मुद्दाको सुनुवाइ आज पनि स्थगित

काठमाडाैं ।  बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व डीआइजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा बिहीबार पनि स्थगित भएकाे छ ।

न्यायाधीश मिलनकुमार राई र न्यायाधीश सानुमाया डंगोलको संयोजित इजलासमा पेश भएको मुद्दा लामिछाने पक्षका कानुन व्यवसायीले सुनुवाइ स्थगित गर्न माग गरेपछि स्थगित गरिएको उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । यस अघि मंसिर ४ गते पनि रविका कानून व्यवसायीकै अनुराेधमा सुनुवाइ स्थगित गरिएकाे थियाे ।

सुप्रिम सहकारीमा भएको ठगी र अपचलन प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफूसम्बन्धी बिगो रकम दाखिला गरे पनि साउन २६ गते जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाले थुनामुक्त गर्न अस्वीकार गरेका थिए।
त्यसका विरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए। यता, जोशीसम्बन्धी मुद्दा पनि सोही प्रकरणसँग प्रत्यक्ष जोडिएको भन्दै उच्च अदालतले दुवै मुद्दा एउटै इजलासमा एकसाथ हेर्न निर्देश दिएको छ।

सम्बन्धित खवर

निर्वाचनको मुखमा कांग्रेस फुट्दा कानूनी सकस, फागुन २१ को चुनाव नसरे एउटा पक्षले स्वतन्त्र उम्मेदवार उठाउनुपर्ने

निर्वाचनको मुखमा कांग्रेस फुट्दा कानूनी सकस, फागुन २१ को चुनाव नसरे एउटा पक्षले स्वतन्त्र उम्मेदवार उठाउनुपर्ने

काठमाडौँ । अन्तिम घडीमा आएर कुनै जादुमय सहमति जुटेन भने अब नेपाली कांग्रेस लगभग...

रविलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने गृहकार्य

रविलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने गृहकार्य

काठमाडौँ । रवि लामिछानेविरुद्ध विभिन्न अदालतमा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाहरु फिर्ता...

संस्थापनले गगन र विश्वप्रकाशलाई निष्काशन गरेपछि काङ्ग्रेस विभाजित

संस्थापनले गगन र विश्वप्रकाशलाई निष्काशन गरेपछि काङ्ग्रेस विभाजित

काठमाडौँ । विशेष महाधिवेशन आयोजना गरेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई संस्थापन पक्षले निष्काशन...

आधार र मतदाता परिचयपत्र जन्म मितिको ठोस प्रमाण होइन : मध्य प्रदेश उच्च अदालत

आधार र मतदाता परिचयपत्र जन्म मितिको ठोस प्रमाण होइन : मध्य प्रदेश उच्च अदालत

भारत । भारतको मध्यप्रदेश उच्च अदालतले एउटा महत्त्वपूर्ण फैसला सुनाउँदै सेवासम्बन्धी मामिलाहरूमा आधार कार्ड...